महाभुकम्प र पराकम्पनद्वारा क्षतिग्रस्त बिद्दालयहरु पुन:निर्माणमा १०० वंडल जस्तापाता सहयोग

मिति २०७२/२/२० गते रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले महाभुकम्प र यस्का पराकम्पनद्वारा क्षतिग्रस्त सार्वजनिक बिद्दालयहरु पुन:निर्माणमा करिब ६लाख मूल्य बराबरको १०० वंडल जस्तापाता सहयोग बितरण तथा हस्तान्तर गरेको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला शिल्ला शिक्षा कार्यालय दोलखाको सहयोग र समन्वयमा संचालित कार्यक्रममा दोलखा स्थित विभिन्न विद्यालय लाई सहयोग वितरण गरिएको थियो भने स्थानीय स्रोत, सीप, जनशक्ति तयार गरी भविष्यमा भुकम्पनिरोध भवन निर्माण गर्ने कार्यमा उक्त जस्तापाता प्रयोग गरिने लक्ष्य रहेको छ ।

कार्यक्रममा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाका अध्यक्ष श्री गंगाप्रसाद ओलीज्यूबाट दोलखा स्थित देवीथान प्रा.वि. सुनखानीलाई ५वंडल, क्षमावती उच्च मा.वि. शुस्माक्षमावतीलाई १५वंडल, तामाकोशी नि.मा.वि. सुन्द्रावतीलाई ५वंडल, लामनागी नि.मा.वि. शुस्माक्षमावतीलाई ५वंडल, कालिका उच्च मा.वि. सुन्द्रवतीलाई ३०वंडल, नारायणी नि.मा.वि. लादुक लाई १५वंडल, गुँरासे प्रा.वि. सुन्द्रावतीलाई ५वंडल, जागरण भिमेश्वर प्रा.वि. सुन्द्रावती लाई ५वंडल, हिमखण्ड मा.वि. चिलङ्खालाई ५वंडल र हिमालय मा.वि. लाई १० वंडल जस्तापाता वितरण गरिएको थियो ।

IMG_0070 copy IMG_0073 copy IMG_0077 copy IMG_0078 copy IMG_0083 copy                                                          IMG_0092 copy

new doc 50_1 copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *