RUGSAOF अवार्ड २०१४ वितरण कार्यक्रम सम्पन्न

RUGSAOF अवार्ड २०१४ वितरण कार्यक्रम सम्पन्न

मिति २०७२ साल फाल्गूण २२ गते,शनिबार झापाको विर्तामोड स्थिति वलीवंंश भवनमा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले तेस्रो राष्ट्रिय RUGSAOF अवार्ड २०१४ वितरण कार्यक्रम सम्पन्न गरेको छ । उप प्रधान एवं महिला,बाल बालिका तथा समाज कल्याण मन्त्री माननीय चन्द्र प्रकाश मैनालीज्यूको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीज्यूको विशिष्ठ आतिथ्यमा रहेको उक्त पुरस्कार समर्पण तथा सम्मान कार्यक्रमको अध्यक्षता रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरका अध्यक्ष श्री गंगाप्रसाद ओली ज्यूले गर्नुभएको थियो भने कार्यक्रम संचालन RUGSAOF  बाल-प्रतिभा अवार्ड २०१२ र १३ का सम्मानित प्रतिभाद्वय श्री यज्जु श्रेष्ठ र श्री शुभसन्देश गौतमले गर्नुभएको थियो ।

उक्त पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम गत २०७२ वैशाख २५ वितरण गर्ने घोषर्णा भएकोमा वैशाक १२ गतेको भुकम्प र सृजित महाविनाश पश्चात मुलुकले व्यहोरेको राजनैतिक अस्थिरता र अघोषित नाकाबन्दील पुरस्कार वितरण कार्यक्रम बाध्यतावस अनुकुल परिस्थितिको प्रतिक्षामा केहि समय स्थगित गर्नु परेको थियो ।

प्रत्येक वर्ष राष्ट्रिय स्तरको चारवटा पुरस्कार प्रदान गरिने निर्णयानुसार संस्थाको पुरस्कार वितरण निर्देशिका बमोजिम सम्बन्धित विषयमा ३/३ जना विज्ञहरुको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिसका आधारमा निम्न देहायका महानुभावहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

(क) काठमाण्डौंका कृषि वैज्ञानिक श्री भोलामान सिंह बस्नेतज्यूलाई धान बाली उत्पादन बढाउन वायु मण्डलबाट नाईट्रोजन स्थिरिकरण गर्ने प्रविधिको विकास गरी कृषि क्षेत्रमा पु¥याउनु भएको उल्लेखनीय योगदानका लागि रु. १,०१,१११।– राशीको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार ,
(ख) अछामकी श्री मथुरादेवी कुंवरज्यूलाई एच.आई.भि/एड्स संक्रमित महिलाहरुको सशक्तिकरणमा पु¥याउनु भएको उल्लेखनीय योगदानका लागि रु. १,०१,१११।– राशीको गौरादेवी स्मृति आदर्श आमा पुरस्कार,
(ग) कीर्तिपुरका प्रा.मोहन राज शर्माज्यूलाई नेपाली साहित्य समालोचना क्षेत्रमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानका लागि रु. १,०१,१११।– राशीको अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार र
(घ) बाग्लुङ्गका श्री रिवाज श्रेष्ठज्यूले तेह्र वर्षको उमेरमा यान्त्रिक उपकरण निर्माण गरी सफल प्रयोग समेत गर्नु भएको कार्यको कदर गर्दै रु. ५१,१११।– राशीको देवी ओली स्मृति बाल पुरस्कार ।

सो कार्यक्रममा प्रतिष्ठानका संस्थापक स्व.श्रीप्रसाद ओली र वहाँकी धर्मपत्नी स्व.अम्बिका देवी ओलीज्यूको अर्धकद शालिक अनावरण पनि गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares