क) श्रीप्रसाद ओली साहित्यिक पुरस्कार
गणतन्त्र नेपालको प्रदेश नं.१ र मुलुक बाहिर रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरु,संघ,संस्थाको सम्मान र नेपाली साहित्यको विकासका लागिसम्मान र पुरस्कृत गर्ने हेतुले २०७४ साल देखि क्विशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिककार्यक्रमको अवसरमाहरेक वर्ष रु.५१,१११/- मात्र(अक्षरेपि एकाउन्न हजार एक सय एघार रुपैंयाँ मात्र)
को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्रदान गरिने भएकोमा यस वर्ष झापा जिल्ला सुरुंगा निवासी साहित्यकार श्री मित्रप्रसाद दाहालज्यू सम्मानित र पुरस्कृत हुनुभएकोले उहाँ लगायत यस कार्यमासहयोग पु¥याउने लेखनाथ पुस्तकालय परिवारका साथै निर्णायक मन्डललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
ख) गंगा–शारदा ओली पुरस्कारः
प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ (ओली) ले सन् २०१७मा अमेरिकाको टेक्सासस्थित नर्थ टेक्सास युनिभर्सिटीमा अमेरिकी डलर १५००/- बराबरको अन्तर्रािष्ट्रय ‘गगां–शारदा ओली परुस्कारको स्थापना गनर्भुएकामो सन् २०१८ को लागि इरानकी इलाहे बोस्कावादीले गंगा–शारदा ओली पुरस्कार २०१८ प्राप्त गर्नुभएको छ । यस कार्यमा सहयोग पुयाउने नथटेक्सास यनिभर्सिटि Department या Economics लाई हार्दिक बधाई ज्ञापन गर्दछौ ।
ग) सामाजिक कार्यः
रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले स्थापनायता आ.व. २०७१ सम्ममा प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद, शारदादेवी ओलीबाट रू.२९२३११/- सचिव श्री यज्ञराज तुलसादेवी ओलीका परिवारका तर्पmबाट रू.३३५७३३/- र प्रतिष्ठानबाट थपगरी रू. १०३५४४०/- रूपैया बराबरको स्वास्थ्य सेवी महिला अधिवेशन झापा, महिला संजाल शिवसतासी, कन्काई प्रवाह भानु विशेषाङ्क प्रकाशन, आइन्द्र योङहाङ्ग(आगलागी सहयोग), जागृती क्याम्पस, कालीनाग मन्दिर जिर्णोद्धार सहयोग, कम्बल वितरण कार्यक्रम (३१ थान), स्वीटर वितरण कार्यक्रम(२८ थान), भौतिक अनुदान (तोशिबा ल्यापटप–१ थान, एक्सटर्नल हार्डडिक्स–१ थान, साउण्ड स्पीकर–१थान), श्री कृष्ण द्धैपायन वेद विद्याश्रम अक्षयकोष भद्रपुर, जागृती क्याम्पस गोलधाप, कृष्ण द्वैपायन गुरुकुल भद्रपुर, व्हील चियर वितरण, साईको साईबर नेटिक्स स्पोंटिङ्ग क्लब, शिवसतासी, दुर्गा मन्दिर निर्माण कार्यमा सहयोग, साई मन्दिर सुरुङ्गा, जुही लोकार्पण, चेतना मा.वि. छात्रवृत्ति, (१९ जना विद्यार्थी.), भगवती उच्च मा.वि पुस्तकालयलाई पुस्तक खरिद, हेल्प नेपाल गै.स.संस्था काठमाण्डौं र अन्य संघसंस्थाहरू तथा सामाजिक कार्यमा खर्च गरेको छ ।
घ) खानेपानीमा श्री प्रसाद
श्रद्धेय स्व. श्रीप्रसाद ओलीको महान् वाणी “हामीले पानी खाएका धारा, पँधेरा,
हिटी, कुवा अरुले बनाइदिएका थिए, । हामीले शीतल तापेका चौतारा अरुले नै निर्माण गरिदिएका थिए । हामी हि“डेको बाटो अरुले नै बनाइदिएका थिए । हामीले तरेका पुल अरुले नै बनाइदिएका थिए । हामीले पढेका धुले स्कुलहरु अरुले नै खोलिदिएका थिए ।यो हामीले बिर्सनु हुदैन ।यसको के अर्थ लाग्दो रहेछ भने हामीले अरुका लागि धारा, पँधेरा, हिटी, कुवा बनाइदिनु पर्ने रहेछ । चौतारी, पाटीपौवा र पुल बनाइदिनु पर्ने रहेछ । स्कुल, पाठशाला, कलेज खोलिदिनुपर्ने रहेछ । अर्थात् आफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनुपर्ने रहेछ ।’’ यस्ता कर्मवीरको स्मृतिमा ऊहाँका सन्तानहरुद्वारा पौराणिक महत्व बोकेको शंकराचार्य पिठ वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार
अर्जुनधारा–१ विद्यालयको प्रागंणमा करिब ०७५ सालभित्र एक लाख लिटर क्षमताको पानी टेंकी निर्माण गरी बिद्यालयलाइ हस्तान्तरण गरिने छ ।
ड.) चैतन्य जागृति समुह
०७४ सालमा यस संस्थाले शिवसति न.पा.का बाढीपीडितलाई जिल्ला रेडक्रसको
सहकार्यमा खाद्यान्न, त्रिपाल, भाडाबर्तन वितरणका साथै प्रतिष्ठानसगको समन्वयमा दुर्गम स्थानका सामुदायिक विद्यालयमा अध्यनरत ४० जना विद्यार्थीहरुलाई हरेक वर्ष, सालभरीका लागी कलम, कापी, ज्याकेट, स्कुले झोला, २ जोर स्कुल पोसाक तथा जुत्ता प्रदान गरी शैक्षिक जगतमा महत्वपूर्ण प्रयासको थालनी गरेको छ । उक्त समूहले अनाथ बालबालिका तथा वृद्धाहरुको हेरचाह, कृतिम हात वितरण, स्वास्थ उपचार एवं खाद्यान्न सामग्रीको वितरण गर्दै आएको छ । ज्ञानप्रकाश नारायण सेवा समाजको सहयोगमा चैतन्य जागृति समूहले २०७५ सालदेखि थप १० जना बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
चतैन्य जागृित समहूल देश विदेहमा समहूका सदस्यहरुको सौजन्यमा चन्द्रागिरी कारागारमा खाद्यान्न सामग्री र झुल वितरण, सहयोग, न्यू नेपाल सोसाईटी बानेश्वरलाई खाद्यान्न सामग्री वितरण, भीमसेनगोलाकी जानुका नपोललाई कृितम हात तथा आर्थिक सहयोगमा , पशपुति, गहुश्ेवरी, जोरपाटीका सडकमा आश्रित वृद्धवृद्धाहरुलाई जाडोयाममा कम्बल वितरण, आर्किड गार्डन नेपालमा आश्रित २०० बालबालिकालाई भोजन, बुढानील्कण्ठस्थित मानव सेवा आश्रममा कम्बल, खाद्यान्न र मोजा वितरण, श्रीकृष्ण प्रणामी युबा परिषद् सर्लाहीलाई कम्बल वितरण गरेको छ । यसैगरी नुवाकोट लिखुका असहाय गरिब परिवारलाई कम्बल वितरण तथा आर्थिक सहयोग, चुहानडाँडाका २२ गरिब बालबालिकालाई दशैंमा लुगा तेह्रथुमकी बालिका सुस्मिता लिम्बूलाई आर्थिक सहयोगका साथै खगेन्द्र नवजीवन केन्द्र जोरेपाटीलाई खाद्यान्न सामग्री र टेलिभिजन सेट प्रदान गर्नुका साथै कान्ति बाल अस्पतालको मेडिकल तथा क्यान्सर वार्डका बिरामीहरुलाई फलफूल तथा कम्बल वितरण गरेको छ ।