Speech made by patronage




रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान
केन्द्रीय कार्यालय–झापाको पत्रकार सम्मेलन एवं घोषणा सभामा प्रस्तुत

संरक्षकको तर्फबाट विज्ञप्ति

यस गरिमामय सभामा उपस्थित आदरणीय पत्रकार तथा आमन्त्रित महानुभावज्यूहरू,
सर्वप्रथमतः हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस घोषणा सभा तथा पत्रकार सम्मेलनमा आफ्नो कार्यव्यस्तताका वावजुद उपस्थित भई हामीलाई अनुगृहित गर्नुभएकोमा म यहाँहरू सबैको हृदयदेखि नै स्वागत अभिभावन गर्दछु । साथै यहाँहरु सबैप्रति नववर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपालमा जीवनका विविध पक्षमा महत्वपूर्ण काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने, पुरस्कृत गर्ने, अभिनन्दन गर्ने, कदर गर्ने कामको थालनी भएको इतिहास त्यति लामो छैन । नेपालको इतिहासलाई पल्टाउँदा स्व. जगदम्बादेवीले उनका स्व. पति मदन शम्शेरको स्मृतिमा वि.सं. २०१२ असोज १० गते मदन पुरस्कार गुठीको स्थापना गरी वि.सं. २०१३ बाट वितरण गर्न थालिएको मदन पुरस्कारको आफ्नो एउटा छुट्टै महत्व रहेको छ । त्यसै गरी वि.सं. २०४९ मा सीताराम प्रतिष्ठानद्वारा सीताराम प्रसाईले स्थापना गरेको सीताराम पुरस्कार तथा वि.सं. २०५२ मा स्व. भूपालमान सिंह कार्कीले स्थापना गरेको भूपालमानसिंह प्रज्ञा पुरस्कार र अन्य पुरस्कारहरूको आ–आफ्नो क्षेत्रमा आफ्नै महत्व छ । केही वर्षदेखि गोपाल बस्नेतद्वारा सञ्चालित जय नेपाल प्रतिभा प्रतिष्ठानले झापा र इलामका राष्ट्रिय जीवनका विविध पक्षमा काम गर्ने व्यक्तिहरूलाई दिने गरेको पुरस्कार सम्मानको पनि आफ्नै महत्व छ । त्यस अतिरिक्त झापा जिल्लामा विभिन्न महत्वपूर्ण साहित्यिक र पत्रकारिता पुरस्कारहरू पनि प्रदान गर्ने गरिएको छ ।

यही परिप्रेक्षमा गैर सरकारी तवरबाट व्यक्तिगत रुपमा म झापा जिल्ला सुरुङ्गा गा.वि.स. वार्ड नं. ५ निवासी श्रीप्रसाद ओली तथा मेरा छोराबुहारीहरू र छोरीको पूर्ण सहयोगबाट रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान नामक एक गैर सरकारी संस्था स्थापना गरी जिल्ला प्रशासन कार्यालय झापामा मिति २०६७ साल चैत्र १७ गते दर्ता भई दर्ता प्रमाणपत्रसमेत प्राप्त भैसकेको छ । यस संस्थाको कोषमा एक मुष्ठ १,००,०००,००।– अक्षरेपि रु. एक करोड राखेको कुरा उपस्थित पत्रकार मित्रहरू लगायत महिला दिदी बहिनी तथा दाजुभाई हरूमा सहर्ष जानकारी गराउँन चाहन्छु । यो कोषको आम्दानीबाट प्राप्त हुने रकमबाट वर्षेनी विभिन्न क्षेत्रमा राष्ट्रियस्तरमा योगदान पु¥याउँने व्यक्तित्वहरूलाई अभिनन्दनका साथ पुरस्कारद्वारा सम्मानित गरिने छ ।

म ७ वर्षको छँदा मेरा पिताज्यूको स्वर्गबास भएको हो । पिताज्यूको स्वर्गबास पछि आइपरेका कहाली लाग्दा पारिवारिक जिम्मेवारी तथा सामाजिक चुनौतीहरूलाई हरतरहले सामना गर्दै, आफ्नो सतित्वमा रहेर, दुःख, कष्ट, चोट पीडाहरू सहन गर्दै हामीलाई हुर्काइ, बढाइ युग अनुसारको शिक्षादीक्षाको समेत उचित व्यवस्था मेरी ममतामयी माताले गर्नु भयो । उनै ममतामयी माता स्व. गौरादेवी ओलीले देखाउनु भएको जीवनको मार्गचित्र र आदर्शलाई आत्मसात गर्दै नेपाली समाजका विविध क्षेत्रमा विशिष्ट र प्रेरणादायी कार्य गर्ने सीर्जनशील व्यक्तित्वहरूलाई पुरस्कृत गरी उनीहरूलाई समाज तथा राष्ट्र उत्थानमा लागिरहन अभिप्रेरित गर्ने पवित्र उद्देश्य राखेर यो रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको स्थापना गरिएको हो । यस संस्थाको कार्यक्षेत्र नेपाल अधिराज्यभर हुनेछ । यसको अस्तित्व एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर नाफामूलक, गैर राजनीतिक, गैर सरकारी सामाजिक संस्था सरह हुनेछ ।
यसका उद्देश्यहरू विधानमा उल्लेख भए अनुसारका छन् र समयसमयमा परिस्थिति सुहाउदा बनाउँदै लगिने छ ।

हाललाई पुरस्कारहरू निम्न अनुसार रहेका छन्ः

१. रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार
२. गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार
३. अम्बिकादेवी स्मृति पत्रकारिता र साहित्यिक पुरस्कार
४. देवी ओली स्मृति बाल पुरस्कार

अन्य पुरस्कारहरू कार्य समितिको निर्णय अनुसार हुनेछन् ।

उपर्युक्त पुरस्कारहरू वि.सं. आज २०६८ वैशाक ४ गते स्थापना गरिएको कुरा केही समयपछि तपाईंहरुमाझ संस्थाको तर्पmबाट धोषणा हुने कुरा म यस संस्थाको संरक्षकको हैसियतले यहाँहरूसमक्ष जानकारी गराउँछु । यो रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले विभिन्न विधाको पुरस्कारको चयन गर्दा विभिन्न विषयका विज्ञहरूको सिफारिसमा यस संस्थाका अध्यक्ष र सचिव रहेको प्रतिभा छनौट समितिले छानेका योग्य व्यक्तिहरूलाई प्रतिष्ठानको बैठकले पारित गरी प्रत्येक वर्षको वैशाक ४ गते सर्वसाधारण जनतादेखि राष्ट्रका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा एक विशेष समारोहको आयोजना गरी वितरण गरिने कुराको समेत जानकारी गराउँछु ।

अन्त्यमा, यो रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको स्थापना गर्ने मेरो उद्देशय पूरा गर्न सहर्ष स्वीकार गर्ने मेरा प्यारा छोराहरू, असल बुहारीहरू, आज्ञाकारी छोरीज्वाँइ, नाति–नातिनीहरू सबैलाई हृदयदेखि नै शुभ आशीर्वाद दिन्छु । यस पुनित कार्यमा कानुनी एवं व्यावहारिक सल्लाह, विचार–विमर्श, छलफलमा बसेर उपयुक्त सल्लाह दिनु हुने सबै मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्तामा सहयोग पु¥याउँने प्रशासनिक निकायका असल मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस रुद्र–गौरी श्री–अम्बिका प्रतिष्ठानको स्थापना गरेको घोषणा सभामा उपस्थित सबैमा आभार व्यक्त गर्दछु । हामी सदैव बुद्धिजीवि वर्ग र विद्वत् वर्गको उचित राय, सल्लाह र सुझावको अपेक्षा गर्दछौं । यहाँ उपस्थित झापामा रहेका रेडियो, (एफ.एम.), टेलिभिजनका प्रतिनिधि मित्रहरू र पत्रकार बन्धुहरूले आ–आफ्नो क्षेत्रबाट गर्नुहने कार्यक्रममा यो यथार्थ कुरालाई प्रशारण तथा प्रकाशन गरिदिनु भई आजको यो सन्देश जनसमक्ष पु¥याउँन महत्वपूर्ण सहयोग गरिदिनुहुने छ भन्ने पूर्ण आशा राख्दछु ।

धन्यवाद !

(श्रीप्रसाद ओली)
संरक्षक
रुद्र–गौरी श्री–अम्बिका ओली स्मृति प्रतिष्ठान
सुरुङ्गा–५, झापा

मितिः २०६८/०१/०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *