श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

परम पूजनीय पिताजी श्री श्रीप्रसाद ओलीज्यू शारीरिक अस्वस्थताका कारण कञ्चनजंघा हस्पिटल बिर्तामोडमा उपचारको क्रममा हामी र हाम्रो परिवार, कुल–कुटुम्ब, नाता–गोता, ईष्टमित्र, छरछिमेकी, बन्धु–वान्धव, हितैषी–शुभेच्छुक तथा सहयोद्धाहरु समेतलाई छाडी मिति २०६८ माघ २० गते शुक्रबार बिहान ९–५० बजे स्वर्गवास गमन गर्नु भएको क्षणले जन्माएको यस बिछोडको घडीमा भावविभोर भएका हामी “जीवन र जगत” लाई निहाल्दै आत्माको बारेमा  ” न जन्म यो लिन्छ, न नासिने हो न यो अघि भो, न पछि हुने हो–पुराण आत्मा आज, नित्य नै हो, यो देह मारी न त मारिने हो ।”भन्ने लाग्छ ,

तथापि

       पिताजीले हामीलाई छाडेर जानुभएको यस दुःखको बेला हामीलाई स्तब्ध र दुःखी बनाएको छ, यसै दुःखी क्षणको अवस्थाबाटै हाम्रा परमपूजनीय पिताजीको आत्माले चीर शान्ति पाओस् भनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ ।

जेठो छोरा बुहारीः–    गंगाप्रसाद ओली, शारदादेवी ओली
माइलो छोरा बुहारीः– तुलसीराम ओली, कल्याणी ओली
साँइलो छोरा बुहारीः– यज्ञराज (गोपाल) ओली, तुलसा ओली
काँइलो छोरा बुहारीः– नारायणप्रसाद ओली, उर्मिला ओली
कान्छो छोरा बुहारीः– बद्रीप्रसाद ओली, लक्ष्मी ओली
छोरी, ज्वाँइः–    कल्पना ओली (आचार्य), हीरालाल आचार्य

समस्त नाति, नातिना, पनाति, पनातिना, बुहारी, भान्जा, भान्जी, दिदी बहिनी लगायत शोकाकुल ओली परिवार ।