पुरस्कारहरु

रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार

१९६७/०५/१५ मा छातेढुङ्गा–६, आठराई, होडा, तेह्रथुममा पिता लक्ष्मीप्रसाद ओली र माता हिमादेवी ओलीबाट जन्म भै १९९५/११/१४ मा स्वर्गीय हुनु भएका रुद्रप्रसाद ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ ।

यसको राशी १,०१,१११ (एक लाख एक हजार एक सय एधार रुपैयाँ रहेको छ ।

 पुरस्कार स्थापनाका उद्देश्य

  • कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषक, विशेषज्ञ, कृषि उद्यमी तथा यस क्षेत्रसंग सम्बन्धि संघ/संस्थाहरुलाई प्रेरित गर्ने।
  •  स्थानीय प्रविधि, ज्ञान र सीपहरुलाई आदान प्रदान गर्न कृषकहरुलाई प्रेरित गर्ने।
  • अमानवीय, अस्वस्थ्य, अनुवांशीक, अजैविक जस्ता कृषि उत्पादनलाई हतोत्साहित गर्ने ज्ञानलाई प्रेरित गर्ने ।

गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार :

१९७३/०२/१३मा छातेढुङ्गा–४, आठराई इवामा (तेह्रथुम) मा पिता धरणिदास उप्रेती माता चन्द्रकला उप्रेतीबाट जन्म भै २०४४/०२/०३ स्वर्गीय हुनु भएकी गौरादेबि ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ।

यसको राशी १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ ।

पुरस्कार स्थापनाका उद्देश्य

  • महिला र पुरुषबीचको सामाजिक विषमता अन्त्यका लागि परिवारिक तथा समुदायिक वातावरण अनुकुल बनाउन महिलाहरुलाई सम्मान गर्ने
  • महिलाहरुको मनोवल विकास गरी महिला तथा बालबालिकाको शैक्षिक, सामाजिक, आर्थिक, प्राविधिक तथा स्वास्थको क्षेत्रमा अनुकरणीय योगदान पुर्याउन प्रोत्साहन गर्ने।

अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य पुरस्कार :

१९८१/०९/१६ मा सिनाम गा.वि.स. पाँचथरमा पिता नन्दीकेशर खरेल माता भद्रमाया खरेलबाट जन्म भै २०६५/०१/०४ स्वर्गीय हुनु भएका अम्बिकादेवी ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ।

यसको राशी १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ ।

पुरस्कार स्थापनाका उद्देश्य

पत्रकारिता तर्फ

  • पत्रकारिताको माध्यमबाट समाज परिबर्त्रन गर्न,सामाजिक सद्भाव तथा सहिष्णुता बढाउने कार्यमा कृयाशिल पत्रकारहरुलाई सम्मान गर्ने।
  • ग्रामीण समुदाय, पछाडि पारिएको वर्ग तथा लिंगलाई सञ्चारको माध्यमबाट सशक्तीकरण गर्न पत्रकारहरुलाई क्रियाशील गराउने।
  • जनताको सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धनका लागि पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्ने।
  • खोज पत्रकारतिाको उत्थानकालागि काम गर्ने पत्रकारलाई सम्मान गर्ने।

साहित्य तर्फ

  • साहित्यमार्फत समाजलाई समयानुकूल, समुन्नत र सभ्य बनाउन काम गर्ने साहित्यकारलाइ सन्मान गर्ने।
  • मानवको सिर्जनात्मक क्षमताको पूर्ण उपयोग गर्नका लागि स्रष्टाहरुलाई प्रेरणा दिने।
  • समाजका कुनै लिंग, वर्ग वा जातजातिलाई तुच्छ, घृणित/यौनवस्तुका रुपमा चित्रित गर्ने र उनीहरुका बीचमा भेदभाव गर्नेसाहित्य लेखनलाई हतोत्साहित गर्दै असल साहित्य निर्माण गर्न सर्जकहरुलाई उत्पेरित गर्ने।
  • महिलालाई साहित्य सिर्जनामा लाग्न प्रेरित गर्ने।

 देवी ओली स्मृति बाल पुरस्कार

२००७ मंसिर छातेढुङ्गा–४, आठराई इवा, तेह्रथुममा पिता श्रीप्रसाद ओली माता अम्बिकादेवी ओलीबाट जन्म भै २०१२ सालमा स्वर्गीय हुनु भएकी देवी ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ।

यसको राशी ५१,१११ (एकाउन्न हजार एक सय एघार रुपियाँ) रहेको छ ।

 पुरस्कार स्थापनाका उद्देश्य

  •  मौलिक तथा सिर्जनशील बाल पुस्ता निर्माणमा महत्वपूर्ण योगदान दिने।
  • बाल/किशोरहरुलाई समाज परिवर्तनका लागि सिर्जनशील भुमीका निर्वाह गर्न हौसला प्रदान गर्ने।
  • सक्षम, आत्मविश्वासी तथा जागरुक नयाँ पुस्ता निर्माण गर्न क्रियाशील गराउने।