चैतन्य जागृति समुह

चैतन्य जागृति समुह

०७४ सालमा यस संस्थाले  शिबसति न.पा.का बाढी पिडितलाई जिल्ला रेडक्रसको सहकार्यमा खाद्यान्न, त्रिपाल ,भाडाबर्तन बितरणका साथै प्रतिष्ठानसंगको समन्वयमा चैतन्य जागृति समुहले सामुदायिक बिद्यालयमा अध्यनरत ४० जना दुर्गम स्थानका बिद्यार्थीहरुलाई हरेक बर्ष कलम, कापी, ज्याकेट, स्कूले झोला,प्रति बिद्यार्थी २ जोर स्कूल पोशाक तथा जुत्ता प्रदान गरी शैक्षिक जगतमा सानो तर महत्वपुर्ण प्रयासको थालनी गरेको छ । ऊक्त समुहले  अनाथ बालबालिका तथा बृद्धाहरुको हेरचाह,कृतिम हात वितरण, ,स्वास्थ उपचार एवं खाद्यन्न सामाग्रीको वितरण गर्दै आएको छ । ज्ञानप्रकाश नारायण सेवा समाजको सहयोगमा चैतन्य जागृति समुहले २०७५ साल देखि थप १० जना बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

चैतन्य जागृति समुहले देश बिदेशमा रहेका शुभचिन्तक एवम समुहका सदस्यहरुको सौजन्यमा चन्द्रागिरी कारगारमा  खाद्यान्न सामग्री र झूल बितरण,आर्थिक अवस्था कमजोरलाई सहयोग,न्यू नेपाल सोसाईटी बानेश्वरलाई खाद्यान्न सामग्री बितरण,भीमसेनगोलाकी जानुका नेपाललाई कृतिम हात तथा आर्थिक सहयोग,पशुपति,गुहेश्वरी, जोरपाटीका सडकमा आश्रित बृद्घबृद्घाहरुलाई जाडोयाममा कम्बल बितरण,आर्किड गार्डन नेपालमा आश्रित २०० बालबालिकालाई भोजन,बुढानिल्कण्ठस्थित मानव सेवा आश्रममा कम्बल, खाद्यन्न र मोजा बितरण,श्रीकृष्ण प्रणमी युबा परिषद् सर्लाहीलाई कम्बल बितरण गरेको छ ।

यसैगरी चैतन्य जागृति समुहले नुवाकोट लिखुका असहाय गरीब परिवारलाई कम्बल बितरण तथा आर्थिक सहयोग,चुहान डाँडाका २२ गरीब बालबालिकालाई दशैको बेला लुगा बितरण, ,तेह्रथुमकी बालिका सुश्मिता लिम्बुलाई आर्थिक सहयोगका साथै खगेन्द्र नवजीबन केन्द्र जारेपाटीलाई खाद्यान्न सामग्री र टेलिभिजन सेट प्रदान गरेको छ भने कान्ति बाल अस्पतालको मेडिकल तथा क्यान्सर वार्डका विरामीहरुलाई फलफूल तथा कम्बल बितरण गरेको छ ।