प्रतिष्ठानका बारेमा

समाजमा भएका अनुकरणीय कार्यको प्रवर्द्धन गर्ने उद्देश्यले श्रद्धेय श्री श्रीप्रसाद ओलीज्यू तथा उहाँका सन्तानहरूबाट रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान स्थापित गरिएको हो। झापा जिल्ला प्रशासन कार्यालमा दर्ता भएको यो प्रतिष्ठान गैरनाफामूलक, गैरराजनीतिक र गैरसरकारी सामाजिक संस्था हो। विगत र वर्तमानका आर्थिक, खाद्य तथा ऊर्जा सङ्कट, वातावरणीय प्रकोप तथा तिनबाट निश्रित निरन्तरको पारस्पारिक द्वन्द्व अहिलेको समाजका लागि पेचिला चुनौतीहरू हुन्। यो अवस्था मानव समाजकै लागि घातक हुने  सम्भावना छ। यस्तो परिस्थिति आउन नदिनका लागि हरेक व्यक्ति तथा संस्थाले आ–आफ्नो स्थानबाट प्रयास गर्नु अनिवार्य भएकाले यस प्रतिष्ठानले सामाजिक र पारस्पारिक भावनाको अभिवृद्धिका लागि एउटा सानो तर महत्वपूर्ण प्रयास थाल्ने जमर्को गरेको छ।

दीर्घकालीन सोच

सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने ।

 ध्येय

व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरूको पहिचान र प्रवर्द्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने र सामाजिक आर्थिक विकासका लागि समान अवधारणा भएका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाहरूसँग समन्वयात्मक ढङ्गले क्रियाशील रहने।

 उद्देश्य

समाजमा भएका परम्परागत ज्ञान, सीप र पद्धतिहरूलाई प्रोत्साहन तथा महत्व दिने, परम्परागत ज्ञान, सीप र पद्धतिको नवीन प्रयोगबाट समाजको जीवनस्तर उकास्न हौसला प्रदान गर्ने, आधुनिक ज्ञानको दिगोपनका लागि गरिएका मौलिक अभ्यासलाई प्रेरित गर्ने, र पारस्पारिक तथा सहयोगात्मक भावनाको विकास गर्दै व्यक्ति तथा संस्थाहरूले समाजमा दिएको योगदानलाई कदर एवं प्रोत्साहित गर्ने ।

2 thoughts on “प्रतिष्ठानका बारेमा

  1. Tara Baral says:

    It is an enthusiastic effort . Appreciate the establishment of RUGSDAOF.
    I wish all the best for its success.

  2. Tilak B. Bhandari says:

    That is great job.
    Thank you for formed unique Corporation in Jhapa, Nepal.
    It create a positive environment where everyone matters.
    Best wishes,
    Tilak Bhandari
    McKinney, Texas, USA

Leave a Reply to Tilak B. Bhandari Cancel reply

Your email address will not be published. Required fields are marked *