चौंथो राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत दीर्घकालीन सोचको आत्मसात गर्दै व्यक्तिगत तथ संस्थागत तहमा भएका अनुकरणीय कार्यहरूको पहिचान र प्रवद्र्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने ध्येय बोकेर रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा मिति २०७४ वैशाख ४ गते सोमबारका दिन ओली वंश भवन विर्तामोड झापामा चौंथो राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरिएकोछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती श्री गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यता, आमन्त्रित आतिथिद्वय नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठान का पुर्ब कुलपति श्री बैरागी काईलाज्यू र माननिय सामान्य प्रसासन मंत्री केसव कुमार बुढाथोकीज्यूको विशिष्ट आतिथ्यता, विषेश आतिथिगण प्रतिनिधिसभामा प्रतिनिधि गर्ने माननिय सांसदज्यूहरु, संम्मानित ब्यक्तित्वज्यूहरु,पुर्बसंम्मानित ब्यक्तित्वज्यूहरु, जिल्ला स्थित सरकारी कार्यालय प्रमुखज्यूहरु एवं राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ट महानुभावज्यूहरुको आतिथ्यतामा एवं प्रतिष्ठानका उपाध्यक्ष श्री रितुराज भण्डारीज्यूको स्वागत मन्तव्य, पूर्व प्रधानमन्त्री माननीय के.पी.शर्मा ओलीज्यूको प्रतिष्ठानका संस्थापक उपाध्यक्ष श्री तुलसीराम ओलीज्यूबाट शुभकामना मन्तव्य वाचन रहेको कार्यक्रमको  साभाध्यक्षको गरिमामय भूमिका रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओलीज्यूले निर्वाह गर्नु भएकोछ ।

चौंथो राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा श्री महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड गौरादह महारानीझोडा लाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१६, श्री मानव सेवा आश्रम हेटौडालाई गौरादेवी ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार–२०१६, झापाका वरिष्ट पत्रकार श्री चन्द्र भण्डारीज्यूलाई अम्बिकादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१६ र काठमाण्डौंकी बहुप्रतिभाशाली श्री सृष्टि मर्हजनलाई देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१६ वितरण गरिएको छ ।

सोहि कार्याक्रममा विशिष्ट अतिथि माननिय सामान्य प्रसासन मंत्री केसव कुमार बुढाथोकीज्यूको हातबाट बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका कार्यालय झापाबाट प्राप्त अनुदान रकम महिला सशक्तीकरण सहयोगी कार्यक्रम सञ्चालन गर्न श्री ब्रम्हाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि। बाहुन्डागीलाई शारीरिक अशक्त भएका महिलाहरुको सशक्तीकरणका लागि पानी तान्ने सबमरसिवल पंप, एच।डि।पि।  ३०० मिटर पाईप, कम्प्युटर, प्रिन्टरर, पयाकेजिङ्ग मेसिन थान २, ३० केजि क्षमताका डिजिटल वइङ्ग मेसिन थान २ र सामान राख्ने ५ केजिका ४ थान ट्रे संस्थालाई प्रदान गरिएको छ ।

श्रीप्रसाद ओली साहित्यिक पुरस्कार गणतन्त्र नेपालको प्रदेश नं.१ र प्रवासमा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरुको सम्मान र नेपाली साहित्यको विकासकालागि सम्मान र पुरस्कृत गर्ने हेतु कवि शिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुर स्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथजयन्तीको वार्षिक कार्यक्रमको अवसरमा हरेक वर्ष रु.५१,१११।- (अक्षरेपि एकाउन्न हजार एकसय एक रुपैंया) को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार स्थापना गरि सोका लागि प्रत्येक वर्षको रु.६०,१११।- (अक्षरेपि साठीहजार एकसय एघार रुपैंया) लेखनाथ पुस्तकालयलाई उपलब्ध गराइने घोषण समेत सो कार्याक्रममा गरिएको छ ।

 सो कार्यक्रमा नेपाल पत्रकार भलाई कोषका लागि रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका तर्फ बाट प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओली ज्यूले नेपाल पत्रकार महासंघ झापालाई रु.२०,१११।- (अक्षरेपी बीस हजार एक सय एघार रुपैंया) हस्तान्तरण गर्नु भएको छ ।

प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ (ओली) ले अमेरिकाको टेक्सास स्थित नर्थ टेक्सास युनिभर्सिटीमा हरेक बर्ष अमेरिकी डलर १,५००।- (अक्षरेपी एस हजार पाँच सय अमेरिकी डलर) बराबरको ‘अन्तराष्ट्रिय गंगा-शारदा ओली पुरस्कार’ को स्थापना गर्नु भएकोमा उहाँहरुको उक्तकार्यको प्रशंसा गर्दै यो वर्ष अर्थ शास्त्रमा दक्षिण कोरियाली विद्यार्थी श्री सांगजिनलि ज्यूले पुरस्कार प्राप्त गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई समेत ज्ञापन गरिएको छ ।

कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तृतीका साथै साहित्यकार श्री कोमलप्रसाद पोखरेलज्यूले प्रतिष्ठानका संरक्षक, प्रणेता श्रद्धेय परमधामबासी श्रीप्रसाद ओली ज्यूबारे छन्दकविता श्रद्धाञ्जी वाचन, प्रतिष्ठानका सदस्य श्री भानु ओलीज्यूले लोकभाका गायनकला प्रस्तुत गर्नुभएको छ ।

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा आयोजित चौंथो राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुका साथै, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१५बाट सम्मानित व्यक्तित्व एवं कृषि वैज्ञानिक श्री भोलामान बस्नेतज्यू, विशिष्ट अतिथिद्वय माननिय सामान्य प्रसासन मंत्री केसव कुमार बुढाथोकीज्यू र नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काईलाज्यू एवं प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती श्री गंगाप्रसाद उप्रेतीज्यूको मन्तव्य रहेको कार्याक्रममा कंचनजंगा एफ.एम.का श्री केशब भट्टराईज्यूले उद्घोषण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *