पुरस्कार घोषणा सम्बन्धी प्रेस विज्ञप्ति २०७२/१२/१५

प्रेस विज्ञप्ती on 27 Feb , 2016

पुरस्कार घोषणा सम्बन्धी प्रेश विज्ञप्ति

(२०७२ फाल्गूण १५)

समाजमा भएका अनुकरणीय कार्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले श्रद्धेय श्री श्रीप्रसाद ओलीज्यूबाट एक करोड रुपयाँको अक्षयकोष सहित झापा जिल्ला प्रशासन कार्यालयमा २०६७ चैत्र १७ गते दर्ता भएको रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान एक गैरनाफामूलक, गैरराजनीतिक र गैरसरकारी सामाजिक संस्था हो । सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसाथ गर्दै व्यक्तिगत तथा संस्थागततहमा भएका अनुकरणीय कार्यहरूको पहिचान र प्रवद्र्धनकालागि सम्मान तथा पुरस्कृत गर्ने ध्येय बोकेर यस प्रतिष्ठानले सामाजिक र पारस्परिक भावनाको अभिवृद्धिका लागि एउटा सानो तर महत्वपूर्ण प्रयासको थालनी गरेको छ ।

प्रतिष्ठानको कोषको व्याजबाट प्रत्येक वर्ष राष्ट्रिय स्तरको चारवटा पुरस्कार प्रदान गरिने निर्णयानुसार संस्थाको पुरस्कार वितरण निर्देशिका बमोजिम सम्बन्धित विषयमा ३/३ जना विज्ञहरुको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिसका आधारमा तेस्रो पल्ट सन् २०१४ (वि.संं २०७१) का लागि यस अघिनै देहायका महानुभावहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

(क) काठमाण्डौंका कृषि वैज्ञानिक श्री भोलामान सिंह बस्नेतज्यूलाई धान बाली उत्पादन बढाउन वायु मण्डलबाट नाईट्रोजन स्थिरिकरण गर्ने प्रविधिको विकास गरी कृषि क्षेत्रमा पु¥याउनु भएको उल्लेखनीय योगदानका लागि रु. १,०१,१११।– राशीको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार ,
(ख) अछामकी श्री मथुरादेवी कुंवरज्यूलाई एच.आई.भि/एड्स संक्रमित महिलाहरुको सशक्तिकरणमा पु¥याउनु भएको उल्लेखनीय योगदानका लागि रु. १,०१,१११।– राशीको गौरादेवी स्मृति आदर्श आमा पुरस्कार,
(ग) कीर्तिपुरका प्रा.मोहन राज शर्माज्यूलाई नेपाली साहित्य समालोचना क्षेत्रमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानका लागि रु. १,०१,१११।– राशीको अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार र
(घ) बाग्लुङ्गका श्री रिवाज श्रेष्ठज्यूले तेह्र वर्षको उमेरमा यान्त्रिक उपकरण निर्माण गरी सफल प्रयोग समेत गर्नु भएको कार्यको कदर गर्दै रु. ५१,१११।– राशीको देवी ओली स्मृति बाल पुरस्कार ।

उक्त पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम गत २०७२ वैशाख २५ वितरण गर्ने घोषर्णा भएकोमा वैशाक १२ गतेको भुकम्प र सृजित महाविनाश पश्चात मुलुकले व्यहोरेको राजनैतिक अस्थिरता र अघोषित नाकाबन्दील पुरस्कार वितरण कार्यक्रम बाध्यतावस अनुकुल परिस्थितिको प्रतिक्षामा केहि समय स्थगित गर्नु परेको उक्त पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम झापाको विर्तामोड स्थिति वलीवंंश भवनमा मिति २०७२ साल फाल्गूण २२ गते,शनिबारका दिन उप प्रधान एवं महिला,बाल बालिका तथा समाज कल्याण मन्त्री माननीय चन्द्र प्रकाश मैनालीज्यूको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीज्यूको विशिष्ठ आतिथ्यमा हुने जानकारी गराउन पाउदा खुसि लागेको छ । प्रतिष्ठानका संस्थापक स्व.श्रीप्रसाद ओली र वहाँकी धर्मपत्नी स्व.अम्बिका देवी ओलीज्यूको अर्धकद शालिक अनावरण सहितको आयोजना गरिने उक्त राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा यहाँहरुको उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछु ।

अन्तमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर—११, झापाद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको बारे जानकारी गराउन उद्देश्यले आयोजना गरीएको पत्रकार सम्मेलनमा पाल्नुहुने संस्थाका सल्लाहकारज्यूहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीज्यूहरु तथा मिडियाका मित्रहरु, तथा अतिथिहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद ।

गंगाप्रसाद ओली
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *