पुरस्कारहरु

पुरस्कारहरु

१९६७/०५/१५ मा छातेढुङ्गा–६, आठराई, होडा, तेह्रथुममा पिता लक्ष्मीप्रसाद ओली र माता हिमादेवी ओलीबाट जन्म भै १९९५/११/१४ मा स्वर्गीय हुनु भएका रुद्रप्रसाद ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ ।

यसको राशी १,०१,१११ (एक लाख एक हजार एक सय एधार रुपैयाँ रहेको छ ।

 पुरस्कार स्थापनाका उद्देश्य

  • कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषक, विशेषज्ञ, कृषि उद्यमी तथा यस क्षेत्रसंग सम्बन्धि संघ/संस्थाहरुलाई प्रेरित गर्ने।
  •  स्थानीय प्रविधि, ज्ञान र सीपहरुलाई आदान प्रदान गर्न कृषकहरुलाई प्रेरित गर्ने।
  • अमानवीय, अस्वस्थ्य, अनुवांशीक, अजैविक जस्ता कृषि उत्पादनलाई हतोत्साहित गर्ने ज्ञानलाई प्रेरित गर्ने ।

१९७३/०२/१३मा छातेढुङ्गा–४, आठराई इवामा (तेह्रथुम) मा पिता धरणिदास उप्रेती माता चन्द्रकला उप्रेतीबाट जन्म भै २०४४/०२/०३ स्वर्गीय हुनु भएकी गौरादेबि ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ।

यसको राशी १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ ।

पुरस्कार स्थापनाका उद्देश्य

  • महिला र पुरुषबीचको सामाजिक विषमता अन्त्यका लागि परिवारिक तथा समुदायिक वातावरण अनुकुल बनाउन महिलाहरुलाई सम्मान गर्ने
  • महिलाहरुको मनोवल विकास गरी महिला तथा बालबालिकाको शैक्षिक, सामाजिक, आर्थिक, प्राविधिक तथा स्वास्थको क्षेत्रमा अनुकरणीय योगदान पुर्याउन प्रोत्साहन गर्ने।

१९८१/०९/१६ मा सिनाम गा.वि.स. पाँचथरमा पिता नन्दीकेशर खरेल माता भद्रमाया खरेलबाट जन्म भै २०६५/०१/०४ स्वर्गीय हुनु भएका अम्बिकादेवी ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ।

यसको राशी १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ ।

पुरस्कार स्थापनाका उद्देश्य

पत्रकारिता तर्फ

  • पत्रकारिताको माध्यमबाट समाज परिबर्त्रन गर्न,सामाजिक सद्भाव तथा सहिष्णुता बढाउने कार्यमा कृयाशिल पत्रकारहरुलाई सम्मान गर्ने।
  • ग्रामीण समुदाय, पछाडि पारिएको वर्ग तथा लिंगलाई सञ्चारको माध्यमबाट सशक्तीकरण गर्न पत्रकारहरुलाई क्रियाशील गराउने।
  • जनताको सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धनका लागि पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्ने।
  • खोज पत्रकारतिाको उत्थानकालागि काम गर्ने पत्रकारलाई सम्मान गर्ने।

साहित्य तर्फ

  • साहित्यमार्फत समाजलाई समयानुकूल, समुन्नत र सभ्य बनाउन काम गर्ने साहित्यकारलाइ सन्मान गर्ने।
  • मानवको सिर्जनात्मक क्षमताको पूर्ण उपयोग गर्नका लागि स्रष्टाहरुलाई प्रेरणा दिने।
  • समाजका कुनै लिंग, वर्ग वा जातजातिलाई तुच्छ, घृणित/यौनवस्तुका रुपमा चित्रित गर्ने र उनीहरुका बीचमा भेदभाव गर्नेसाहित्य लेखनलाई हतोत्साहित गर्दै असल साहित्य निर्माण गर्न सर्जकहरुलाई उत्पेरित गर्ने।
  • महिलालाई साहित्य सिर्जनामा लाग्न प्रेरित गर्ने।

२००७ मंसिर छातेढुङ्गा–४, आठराई इवा, तेह्रथुममा पिता श्रीप्रसाद ओली माता अम्बिकादेवी ओलीबाट जन्म भै २०१२ सालमा स्वर्गीय हुनु भएकी देवी ओलीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ।

यसको राशी ५१,१११ (एकाउन्न हजार एक सय एघार रुपियाँ) रहेको छ ।

 पुरस्कार स्थापनाका उद्देश्य

  •  मौलिक तथा सिर्जनशील बाल पुस्ता निर्माणमा महत्वपूर्ण योगदान दिने।
  • बाल/किशोरहरुलाई समाज परिवर्तनका लागि सिर्जनशील भुमीका निर्वाह गर्न हौसला प्रदान गर्ने।
  • सक्षम, आत्मविश्वासी तथा जागरुक नयाँ पुस्ता निर्माण गर्न क्रियाशील गराउने।

गणतन्त्र नेपालको प्रदेश नं.१ र मुलुक बाहिर रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरु,संघ,संस्थाको सम्मान र नेपाली साहित्यको विकासका लागिसम्मान र पुरस्कृत गर्ने हेतुले २०७४ साल देखि क्विशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिककार्यक्रमको अवसरमाहरेक वर्ष रु.५१,१११/- मात्र(अक्षरेपि एकाउन्न हजार एक सय एघार रुपैंयाँ मात्र)
को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्रदान गरिने भएकोमा यस वर्ष झापा जिल्ला सुरुंगा निवासी साहित्यकार श्री मित्रप्रसाद दाहालज्यू सम्मानित र पुरस्कृत हुनुभएकोले उहाँ लगायत यस कार्यमासहयोग पु¥याउने लेखनाथ पुस्तकालय परिवारका साथै निर्णायक मन्डललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ (ओली) ले सन् २०१७मा अमेरिकाको टेक्सासस्थित नर्थ टेक्सास युनिभर्सिटीमा अमेरिकी डलर १५००/- बराबरको अन्तर्रािष्ट्रय ‘गगां–शारदा ओली परुस्कारको स्थापना गनर्भुएकामो सन् २०१८ को लागि इरानकी इलाहे बोस्कावादीले गंगा–शारदा ओली पुरस्कार २०१८ प्राप्त गर्नुभएको छ । यस कार्यमा सहयोग पुयाउने नथटेक्सास यनिभर्सिटि Department या Economics लाई हार्दिक बधाई ज्ञापन गर्दछौ ।

पुरस्कार-मनोनयन-प्रकृया

नेपाल भित्र रहेर तोकिएका विधामा नयाँ आविस्कार वा अनुकरणीय कामको डिजाइन तथा कार्यान्वयन गरी जीवनस्तर उकास्न मौलिक अभ्यास गरेका व्यक्ति तथा संस्थाहरु पुरस्कार पाउनका लागि ग्राह्य/योग्य  हुनेछन। निम्न मापदण्डहरुभित्र रहेर निर्णायक मण्डलले पुरस्कार विजेता छनोटका लागि विस्तृत मापदण्ड तथा मुल्यांकन विधि निर्धारण गर्नेछ :

• योगदानको मौलिक तथा नौलोपना

• योगदानको सफलता र प्रभावकारिता

• योगदानको गुणस्तर

• उपलव्ध स्रोतहरुको प्रभावकारी उपयोग

• आविस्कारलाई आम अभ्यासमा ल्याउनसक्ने संभावना

• सम्वन्धित विधामो निरन्तरता तथा प्रतिवद्धता

• योगदानकर्ताको सार्वजनिक छवि

पुरस्कार सिफारिसका लागि हरेक वर्षको पुस समान्तसम्म म्याद कायम हुनेछ,

तत्कालको वा विगत पाँच वर्षभित्र गरिएको उल्लेख्य गतिविधिहरुका आधारमा पुरस्कारका लागि  सिफारिस माग गरिने छ,

पुरस्कृत गरिने कार्य नेपाल भित्र रहेर सम्पादन गरिएको हुनुपर्नेछ,

समय समयमा संचारमाध्यम तथा संस्थाको वेवसाइटमा आवेदन आह्वान गरिनेछ,

पुरस्कार स्थापनाको विधागत उद्देश्यहरु सार्वजनिक रुपमा (वेवसाइट, लिफलेट) उपलब्ध गराइने छ,

सिफारिस हरेक वर्षको पुष मसान्तभित्र हुलाक वा इमेल मार्फत संस्थाको सचिवालयको ठेगानामा आइपुग्नु पर्नेछ :

पुरस्कार वितरणका हिसावले वर्ष गणना विक्रम सम्वतका आधारमा गरिनेछ।

संस्थाको कार्यसमितिले निर्णायक मण्डलबाट प्राप्त मुल्यांकन तथा सिफारिसका आधारमा पुरस्कृत व्यक्तिको छनोट गर्नेछ।

संस्थाको कार्यसमितिले निर्णायक मण्डलबाट प्राप्त सिफारिसमा आवश्यक छलफल गर्नु पर्ने ठानेमा निर्णायक मण्डल, संस्थाको सल्लाहकार समित र कार्यसमितिको संयुक्त वैठक डाक्न सक्नेछ।

कार्यसमितिले सामानयतया प्रत्येक वर्षको वैशाख ४ गते अघिल्लो वर्षको पुरस्कृत व्यक्तिहरुको नाम सार्वजनिक गर्नेछ।

संस्थाको कार्यसमितिले पुरस्कृतलाई सम्मान गर्नका लागि सार्वजनिक कार्यक्रम तय गर्नेछ।

पुरस्कार वितरण समारोह सामान्यतया पुरस्कार घोषणा भएको एक महिना भित्रमा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *