झापाली विश्वि कीर्तिमानी श्री अर्पण शर्मालाई अभिनन्दन तथा सम्मान

मिति २०७२ श्रावण १० गते आईतवारका दिन मंगल सेवा समिति भद्रपुर र रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान (RUGSAOF) भद्रपुर झापाको संयूक्त आयोजनामा भद्रपुर स्थित जिल्ला विकास समितिको सभाकक्षमा लङ्गेस्ट कलर सिक्वेन्स् मेमोराईज्ड र लङ्गेस्ट सिक्वेन्स अफ अवजेक्टस् मेमोराईज्ड ईन वन मिनेट स्मरण विधा सम्बन्धी दुई विश्व कीर्तिमानहरु कायम गरी राष्ट्रलाई अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन सफल भद्रपुर ८ का विश्वि कीर्तिमानी श्री अपर्ण शर्मा कट्टेललाई अभिनन्दन तथा सम्मान गरिएको छ ।

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान (RUGSAOF) भद्रपुर झापाले विश्वि कीर्तिमानी श्री शर्मा नगद रु.१५५५५।– (अक्षरेपी पन्ध्र हजार पाँच सय पचपन्न मात्र) का साथ सम्मान–पत्र र दोसल्ला द्वारा सम्मान गरेको छ । साथै‍ मंगल सेवा समिति भद्रपुर तथा अन्य भद्रपुरका संघ–संस्थाहरुले पनि उहाँलाई सम्मान गरेका छ ।
कार्यक्रममा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाका सम्बन्धमा संक्षिप्त परिचय तथा कार्यक्रमको महत्वको बारेमा प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओलीले प्रकाश पार्नुका साथै सचिव श्री यज्ञराज (गोपाल)ओलीले सम्मान पत्र वाचन गर्नु भएको थियो ।

विश्वि कीर्तिमानी श्री अर्पण शर्मा कट्टेलले कार्यक्रममा आफ्नो स्मरणशक्ति कला सम्बन्धी प्रयोगात्मक प्रतिभा प्रर्दशन गरिएकोे कार्यक्रममा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान (RUGSAOF) भद्रपुर झापाका संस्थापक सदस्य श्री शारदा देवी ओलीद्वारा शारीरिक रुपमा दुई अपाङ्गहरुलाई विह्ल चियर पनि विरण गरिएको थियो भने आयोजक समितिले एस.एल.सी परिक्षामा प्रथम श्रेणीमा उतिर्ण शारिरीक रुपमा दृष्टि विहिन झापाली विद्यार्थीहरुलाई समेत नगद पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

Arpan Sharma Kattel Samman Karyakram Shrawan 10-2072

Arpan Sharma Kattel Samman Karyakram Shrawan 10-2072.2 Arpan Sharma Kattel Samman Karyakram Shrawan 10-2072.3

Arpan Sharma Kattel Samman Karyakram Shrawan 10-2072.4

Arpan Sharma Kattel Samman Karyakram Shrawan 10-2072.5

Leave a Reply

Your email address will not be published. Required fields are marked *