पुरस्कार घोषणा सम्बन्धी प्रेस विज्ञप्ती २०७३/१२/५ गते

प्रेस विज्ञप्ती on 19 Mar , 2017

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान
भद्रपुर–११, झापा

प्रेस विज्ञप्ती
मिति २०७३/१२/०५गते

समाजमा भएका अनुकरणीय कार्यहरु गर्ने उत्कृष्ट व्यक्ति, संघ तथा संस्थाहरुको प्रतिभा र कार्यहरुको संरक्षण, प्रबर्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले श्रद्धेय अभिभावक स्वं.श्रीप्रसाद ओलीद्वारा आर्जित धनमध्ये एक करोड रुपैंयाँको अक्षयकोष खडा गरी गैरसरकारी, गैरराजनीतिक र गैरनाफामूलक सामाजिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय–झापामा मिति २०६७ साल चैत्र १७ गते दर्ता भई अविछिन्न रुपमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान, भद्रपुर–११, झापा क्रियाशील रहेको अवगत गराउन चाहन्छौं ।

सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाजनिर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबर्धनका लागि सम्मान तथा पुस्कृत गर्ने उद्देश्यका साथ यसअघि राष्ट्रिय स्तरका तीनपटक सम्मान र पुरस्कार वितरण सम्पन्न गरी सकेको प्रतिष्ठानले सामाजिक र पारस्परिक भावनाको अभिवृद्धिका लागि सानो तथा महत्वपूर्ण प्रयासको थालनी गर्न सकेको छ भन्ने विश्वास लिएको छ ।

प्रतिष्ठानका अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष राष्ट्रिय स्तरको चार (४) वटा पुरस्कार प्रदान गरिने निर्णय अनुसार प्रतिष्ठानको पुरस्कार वितरण निर्देशिका बमोजिम सम्बन्धित विषयमा तीन–तीन जना विज्ञहरुको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिसका आधारमा चौथौं पटक सन् २०१६ (वि.सं.२०७३) का लागि आगामी वि.सं.२०७४ साल बैशाख ०४ गते सोमबारका दिन पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम बिर्तामोडस्थित ओलीवंश भवन आदर्श टोलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यमा देहाय अनुसारका महानुभावहरुलाई तपसिल बमोजिमका पुरस्कारहरुद्वारा सम्मानित गरिने कुरा यहाँहरु समक्ष अवगत गराउँदछु ।

तपसिलः

१) रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारः
श्री महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड, झापाले सहकारीकरणको सिध्दान्त अनुरुप १,८४५ जना महिलाहरु संगठित गराई कृषि क्षेत्रको विकासमा ८० बिघा जमिनमा एकीकृत पध्दतिद्वारा चक्लाबन्दीको सुरुवात गरी आधुनिक कृषि प्रविधि प्रयोग गर्दै व्यवस्थित सिंचाइ तथा बीमा गरी धान, मकै, गहुँ, आदि उत्पादन र सोको बीउ भण्डारण, प्रशाोधन उद्योग, अचार उद्योग, दुग्ध संकलन, तरकारी खेती, बागबानी, मत्स्यपालन, पशुपालन, चरनखेती, कृषि(वन, युवापलायन, खेतीयोग्य जमिनको खण्डीकरण तथा बाँंझोपन रहने जस्ता राष्ट्रिय समस्याको समाधानका लागि नमूना एकीकृत सहकारी खेती कार्यान्वयन, सहकारी पसल, प्रशिक्षण, सामाजिक सेवा आदि गरी कृषि क्षेत्रमा नवीनतम प्रयोगका साथै यान्त्रिकरण, आधुनिकीकरण, व्यावसायीकरण गरेर राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषक सदस्यहरुलाई प्रविधि हस्तान्तरणका लागि अवलोकन भ्रमण तथाउत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गर्ने समेतको अनुकरणीय योगदान गरे बापत रु.१,०१,१११।– (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैंयाँ मात्र) राशीको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१६ प्रदानगरिने छ ।

२) गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारः
“बसुधैव कुटुम्बकम् को मान्यतालाई व्यवहारमा प्रयोगमा ल्याउन “सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन” को सिद्धान्तमा अग्रसर हुँदै वि.सं.२०८२ सालभित्र कसैले पनि (शारीरिक अशक्त, मानसिक असन्तुलित, बेसहारा सडक मानवहरु) बाध्यात्मक रुपमा खुला आकाशमुनि कष्टकर जीवन यापन गर्न नपर्ने स्थितिको सृजना गर्ने लक्ष्यका साथ मानव सेवा आश्रम हेटौंडाबाट संरक्षण, पुनःस्थापना र पुनर्मिलनलाई महाअभियानकै रुपमा आरम्भ गरी देशभित्र विभिन्न शाखाहरु स्थापना गरी मानवीय योगदानका पु¥याए बापत मानव सेवा आश्रम (मुख्य कार्यालय हेटौंडा)ले आर्दश आमाको भूमिका निर्वाह गरेकोले उक्त संस्थालाई रु.१,०१,१११।– (अक्षरेपि एक लाख एक हजार एक सय एघार रुपैंया मात्र) राशीको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१६ प्रदान गरिनेछ ।

३) अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारः
मेची अञ्चल झापा जिल्ला अन्तर्गत धुलाबारीका पत्रकार श्री चन्द्र भण्डारीज्यूलाई मोफसलमा रहेर राष्ट्रको चौंथो अङ्गको रुपमा रहेको प्रतिष्ठित सञ्चार क्षेत्रमा विगत लामो समयदेखि पत्रकारिता जस्तो गरिमामय र महान कार्यमा कुशलतापूर्वक आफ्नो जिम्मेबारी निर्वाह गर्र्दै देश र जनताका लागि निर्धक्क साथ आफ्ना विचार र भावनाहरुलाई निरन्तर प्रबाह गर्दै पूर्वाञ्चलमा सर्वप्रथम विद्युतीय सञ्चार माध्यमका रुपमा सञ्चालित कञ्चनजङ्घा एफ.एम. स्थापन गरी प्रबन्धक निर्देशकका रुपमा कार्यरत हुनुका साथै पत्रकार महासंघको संस्थापक महासचिव समेत बनी पत्रकारिता क्षेत्र मार्पmत राष्ट्रमा पु¥याएको योगदानबापतरु.१,०१,१११।– (अक्षरेपि एक लाख एक हजार एक सय एघार रुपैंयाँ मात्र) राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१६ प्रदान गरिनेछ ।

४) देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार ः
चःमती, काठमाडौं निवासी श्री सृष्टि महर्जनज्यूले सन् २०१२ मा टर्कीमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भई नेपाली कलासंस्कृतिलाई प्रबद्र्धन गर्नुका साथै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय प्रतिभा प्रतियोगिताहरुमा गहन तथा उच्च उपाधि प्राप्त गर्न सफल हुनु भएबापत रु.५१,१११।– (अक्षरेपि एकाउन्न हजार एक सय एघार रुपैंयाँ मात्र) राशीको देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१६ प्रदान गरिनेछ ।

यस आ.ब.मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका कार्यालय झापाबाट प्राप्त अनुदान रकम महिला सशक्तीकरण सहयोगी कार्यक्रम सञ्चालन गर्न श्री ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि.बाहुन्डागी लाई शारीरिक अशक्त भएका महिलाहरुको सशक्तीकरणका लागि खर्च गरिनेछ ।

५) श्रीप्रसाद ओली साहित्यिक पुरस्कार ः
गणतन्त्र नेपालको प्रदेश नं.१ र प्रवासमा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरुको सम्मान र नेपाली साहित्यको विकासका लागि सम्मान र पुरस्कृत गर्ने हेतुले कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं.श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रमको अवसरमा हरेक वर्ष रु.५१,००१÷– (अक्षरेपि एकाउन्न हजार एक रुपैंयाँ मात्र) को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्रदान गरिनेछ । यस कार्यको व्यवस्थापनका लागि लेखनाथ पुस्तकालयलाई थप रु.९,०००÷–(अक्षरेपि नौ हजार रुपैंयाँ मात्र) प्रत्येक वर्षको कार्यक्रम गर्नु भन्दा दुई महिना अगावै तोकिएको पुरस्कार समेततमा थप गरी एकमुष्ट रु.६०,०००÷–(अक्षरेपि साठी हजार रुपैंयाँ मात्र) प्रदान गरिनेछ । यस प्रतिष्ठानको सहमतिमा स्रष्टाछनोट, स्रष्टासम्मान लगायतका कार्यहरु लेखनाथ पुस्तकालयकोे रहने छ ।
अमेरिका स्थित मिसन रिबिल्ड नेपालको सहकार्यमा सिन्धुपालचोक जिल्लाको सिपापोखरेमा महाविनासकारी भूकम्पबाट घरबारविहीन भई पीडित भएकाहरुलाई आश्रय दिन प्रतिष्ठानले पारिवारिक स्रोत जुटाई यस वर्ष ११ वटा भवन निर्माणका लागि रु.५,००,०००।०० (अक्षरेपि पाँच लाख रुपैंयाँ मात्र) सहयोग गरेको छ । मिसन रिबिल्ड नेपालद्वारा उक्त स्थानमा ८५० घरहरु निर्माण कार्य सम्पन्न भइसकेका छन् । यस्तो महान् कार्यमा सहभागी हुनपाउने नेपालको एक मात्र साझेदार हुन पाएको गौरवान्वित हुँदै मिसन रिबिल्ड नेपाल, अमेरिकालाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ (ओली) ले अमेरिकाको टेक्सास स्थित नर्थ टेक्सास युनिभर्सिटीमा अमेरिकी डलर १५००।०० बराबरको अन्तरराष्ट्रिय ’गंगा–शारदा ओली पुरस्कार’ को स्थापना गर्नु भएकोमा उहाँहरुको उक्त कार्यको प्रशंसा गर्दै यो वर्ष अर्थशास्त्रमा दक्षिण कोरियाली विद्यार्थी सांगजिनलिले पुरस्कार प्राप्त गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई दिन चाहन्छु ।

अन्तमा श्रद्धेय स्व.श्रीप्रसाद ओलीको महान् वाणी “हामीले पानी खाएका धारा, पँधेरा, हिटी, कुवा अरुले बनाइदिएका थिए । हामीले शीतल तापेका चौतारा अरुले नै निर्माण गरिदिएका थिए । हामी हिंडेको बाटो अरुले नै बनाइदिएका थिए । हामीले तरेका पुल अरुले नै बनाइदिएका थिए । हामीले पढेका धुले स्कुलहरु अरुले नै खोलिदिएका थिए । यो हामीले बिर्सनु हुँदैन । यसको के अर्थ लाग्दो रहेछ भने हामीले अरुका लागि धारा, पँधेरा, हिटी, कुवा बनाइदिनु पर्ने रहेछ । चौतारी, पाटीपौवा र पुल बनाइदिनु पर्ने रहेछ । स्कुल, पाठशाला, कलेज खोलिदिनु पर्ने रहेछ । अर्थात् आफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनु पर्ने रहेछ ।’’ उहाँको मार्गदर्शनमा अघि बढन परिवारका सदस्यहरुबाट पाएको सहयोगका लागि रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–११, झापा कृतज्ञता प्रकट गर्दछ र प्रतिष्ठानबाट आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको बारे जानकारी गराउने उद्देश्यले आज पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले प्रदान गर्न लागेको राष्ट्रिय पुरस्कार वितरण सम्बन्धी घोषणा कार्यक्रममा हाम्रो निम्तो स्वीकार गरी पाल्नुहुने आदरणीय संचारकर्मीज्यूहरुप्रति प्रतिष्ठान परिवारको तर्पmबाट हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछु । आगामी २०७४ वैशाख ४ गतेको पुरस्कार समर्पण कार्यक्रममा यहाँहरु सबै पत्रकार मित्रहरुलाई हार्दिक आमन्त्रण गर्दछु । साथै आफ्नो अमूल्य सुझाव, समय र विचारहरु प्रदान गर्नु हुने सल्लाहकारज्यूहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीज्यूहरु, विभिन्न विधाका निर्णायक मण्डलका संयोजक तथा सदस्यज्यूहरु लगायत अतिथिज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ।

गंगाप्रसाद ओली
अध्यक्ष
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान, भद्रपुर, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *