प्रेस-विज्ञप्ती | मिति:२०७२/१/१८

प्रेस विज्ञप्ती on 2 May , 2015

प्रेस-विज्ञप्ती
मिति:२०७२/१/१८

गत २०७२ बैशाख १२ गते शनिवार देखि पटक पटक गरी गएको प्रलयकारी महाभुकम्पले विश्व सम्पदा सूचीमा रहेका नेपालका राष्ट्रिय सम्पदाहरुको साथै नेपाली तथा विदेशी हजारौंको संख्यामा नागरिकहरुको जनधनको क्षति हुन गई राष्ट्र महाविपत्तिको संघारमा उभिएको यस संकटको घडीमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान (RUGSAOF) भद्रपुर, झापा अत्यन्तै स्तब्ध र दुःखी अवस्थामा छ ।
यस्तो दुःखद परिस्थितिमा दिवंगत हुनु भएका समस्त स्वदेशी तथा विदेशी नागरिकहरुको आत्माहरुले चिर शान्ति पाओस भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनाका साथ धन–जन गुमाएर शोकको पिडाले छटपटाइ रहनु भएका समस्त महानुभावहरुमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्तीको लागि ईश्वरसँग प्रार्थना गर्दै आवश्यक राहत तथा सहयोग पु¥याउन सबै सँग विनम्र अनुरोध गर्दछौं ।

साथै, यो राष्ट्रिय महाविपत्तिको अवस्थामा यस प्रतिष्ठानले गर्ने पूर्व घोषित कार्यक्रम अन्र्तगत आगामि २०७२ वैशाख २५ गते हुने भनिएको सम्मान तथा पुरस्कार वितरण कार्य अर्को सूचनाद्वारा अवगत गराउने गरी हाललाई स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराउदछौं ।

pressmeet-regarding-earthquake-consequences-in-nepal-2015

Leave a Reply

Your email address will not be published. Required fields are marked *