RUGSAOF Award 2012

गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार-२०१२ बाट सम्मानित श्री सीता पोखरेल

सीता पोखरेल पूर्वी नेपालकै अग्रणी समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । २५ वर्ष अगाडि सडक गल्लीमा अलपत्र असहाय वालवालिकाहरुका लागि गर्नु भएको अटुट सेवा र समर्पणले उहाँलाई जन्मस्थान संखुवासभाको चैनपुर, कर्मथलो धरान र इटहरीमा मात्र  सीमित राखेन । उहाँ राष्ट्रिय व्यक्तित्वका रुपमा स्थापित हुनुभयो । उहाँले २०४३ देखि असहाय बालबालिकाहरुलाई दिन थाल्नु भएको संरक्षणले आज १०० जनाको विशाल परिवारको रुप धारण गरेको छ ।

व्यक्तिगत दृढसंकल्पबाट शुरु भएको उहाँको अभियान हिजोआज संस्थागत भएको छ । उहाँले सञ्चालन गरेको अनाथआश्रमका नाममा विराटनगरमा २ विगाहभन्दा वढी जग्गा छ, झण्डै छ महिनालाई पुग्ने खाद्य सामग्री गोदाममा टुट्दैन, सहयोगी र दाताहरुको मन साँगुरो भएको छैन । तर शुरुका दिन यति सहज थिएनन् । आजको प्रगति र हँसीखुसी बालबालिकाको वारेमा कुरा उठाउँदा सीता पोखरेल एकाएक २०४३ मा विराटनगर १ पोखरीयामा डेरामा वस्दा घटेको घटना सम्झनु हुन्छ । एका विहानै एउटी १२ वर्षजतिकी बालिका घरमा आएर भनिन् आमा मलाई संरक्षण दिनुहोस, म काम गर्छू, तपाईले काममा राखिदिनु भएन भने मेरो विहा गरिदिन्छन् । यतिवेला सम्म विरामी परेका र वाटोघाटोमा अलपत्र परेका मानिसहरुलाई ठेगानमा पु¥याईदिने र विरामीको उपचारमा जुट्ने उहाँले बालिकाले आमा भनेको सुनेपछि आफुलाई थाम्नै सक्नु भएन । सोही बालिकालाई अँगालो हाल्नुभयो। ती बालिका सुम्निमा भगतले सीताको आश्रय पाएपछि अरु तीनचार बालबालिका सीताको घरमा लिएर आइन् । सुम्निमा भगत अहिले सरकरी वकिल वनेर काम गरिरहेकी छन् । सुम्निमा आफूलाई पूर्वाञ्चल अनाथ आश्रमको जेठी छोरी मान्छिन् ।

अहिले यहाँ १०० जनाको संयुक्त परिवार छ । यिनमा ९० बालबालिका सहित उनीहरुको हेरचाह गर्नेहरु रहेका छन् । पूर्वाञ्चल अनाथआश्रम बालसेवा गृहवाट आफूलाई सक्षम वनाएर आफ्नो भविष्य वनाउनेहरुको संख्या यो भन्दा दशौं गुणा वढी छ ।

अहिले त्यही वाल सेवा गृह पूर्वाञ्चल अनाथ आश्रम बालसेवा गृहका नामले पूर्वी नेपालभरि लोकप्रिय वाल सेवा गृहको रुपमा रहेको छ । हाल यो वाल गृहमा ३२ जना वृद्धवृद्धा समेत आश्रय लिएर बसेका छन । २००६ सालमा जन्मीनुभएकी सीता यस वाहेक विभिन्न सामाजिक, साँस्कृतिक, शैक्षिक तथा साहित्यक प्रतिष्ठानहरुमा समेत सक्रिय रुपमा सम्लग्न हुनु हुन्छ । उहाँ विभिन्न राष्ट्रिय तथा स्थानीय पुरस्कार तथा पदकबाट यसअघि नै सम्मानित भइसक्नु भएको छ ।


रुद्र प्रसाद ओली स्मृति कृषि पुरस्कार -२०१२ बाट सम्मानित श्री सन्तबहादुर गुरुङ

चालिस वर्षदेखि बागवानी पेशामा क्रियाशील सन्तबहादुर गुरुङ अहिले नेपाली किसानका लागि उदाहरणीय व्यक्तित्व बन्नु भएको छ । माध्यमिक तहसम्मको पढाइ पछि ४० वर्षदेखि लगातार बागवानी पेशामा क्रियाशील गुरुङ २०१२ सालमा तनहुँको धरमपानी गाविस, काफलसेरामा जन्मनु भएको हो ।

प्राङ्गारिक खेती नै सबभन्दा उत्तम हुने विश्वासका साथ सुन्तोला खोतीमा लाग्नु भएका गुरुङ कृषि क्षेत्रमा थप अनुसन्धानको आवश्यकता महशुस गर्नुहुन्छ । कृषकहरुलाई आफ्नै गाउँठाउँमा सफलता हाँसिल गर्न उत्प्रेरणा दिनु हुने गुरुङको सक्रियतामा किसानलाई तालिम दिने उद्देश्यले सहकारी संस्था समेत खुलेको छ । यस संस्थामार्फत वर्षेनी सहकारीता, व्यावसायिक खेती लगायतका तालिम आयोजना गर्ने गरिएको छ । युवाहरु पैसा कमाउनका लागि विदेशीने क्रम तिव्र बनेका वेला गुरुङको सफलताले देशभित्रै आम्दानीका प्रसस्त संभावनाहरु छन भन्ने सकारात्मक संदेश समेत दिएको छ ।

उहाँले सञ्चालन गरेको बाग्वानीमा तीनसय बोट सुन्तोला छन् । जसबाट वार्षिक पाँच लाख रुपयाँ भन्दा बढी आम्दानी हुन्छ । गुरुङले चालिस वर्षअधि त्यसभेगमा व्यवसायिक रुपमा सुन्तोला खेती थाल्दा उहाँ पहिलो किसान हुनु  हुन्थ्यो । उहाँको सफलता पछि यस भेगमा हाल दुई सयभन्दा बढी किसानहरुले व्यावसायिक सुन्तोला खेती गरिरहेका छन । उहाँ किसानका साथै सामजिक कार्यकताका रुपमा समेत गाउँमा क्रियाशील हुनुहुन्छ । उहाँको सक्रियतामा घरघरमा खानेपानी वितरण परियोजना सफलता पूर्वक लागुभएको छ । विश्व खाद्य संगठनले किसानलाई उत्साहित गर्न वितरण गर्दै आएको ३२ औं खाद्य दिवस पुरस्कार २०६८ बाट पनि गुरुङ सम्मानित समेत भइसक्नु भएको छ ।


अम्बिका देवि ओली स्मृति  साहित्य तथा पत्रकारिता पुरस्कार-२०१२ बाट सम्मानित श्री नारायण ढकाल

नारायण ढकाल नेपाली साहित्य र पत्रकारितामा सिद्वहस्त नाम हो । उमेरले साठी वर्षमा हिडिरहेका ढकाल समकालिन नेपाली कथा, निबन्ध र उपन्यास विधाका शक्तिशाली रचनाकार हुन् । कथाकारका रुपमा उनको उदय विक्रमको तेस्रो दशकको शुरुमै भयो । त्यति बेला उनले ‘जुत्ता’, ‘कछुबाको ढाड’ र ‘धुवाँ’ जस्ता कथाबाट आफ्नो बलियो पहिचान स्थापित गरेका थिए ।

बि.स. २०३० को दशकका शुरुमा केहि वर्ष नारायण ढकालले युवा मनस्थिति यथास्थितिको सिर्जनात्मक विद्रोह गर्न विश्व साहित्यकारहरुले चलाएको अभियान हंग्री जेनेरेशनसँग नजिकियो । उनि नेपाली पत्रकारितामा २०३५/२०३६ देखि नै सामेल भए । साहित्य सिर्जना उनको अभियान थियो । उनो कथा को भाषा प्राञ्जाल र सघन पनि छ । उनका कथाका पात्रहरु को भाषा स्थानिय स्वादको हुनुको साथै द्वन्द्वलाई प्रकट गर्न स्वाभाविकताका साथ प्रवाहित हुन्छ । आफ्ना समयको समाजमा व्याप्त असमानता र त्यसले सिर्जना गरेको द्वन्द्व एंव राजनितिस विसंगति जस्ता पक्षलाई उनका कथाले गहिराईमा पुगेर सम्बोधन गरेका हुन्छन् । समाजलाई नजिकबाट बुझ्‌ने र त्यसको अन्तरसम्म पुगेर कथ्य र चरित्रहरुको छनोट गर्ने उनको क्षमताले उनका कथाहरुको संरचना र विश्वसनीयतामा ठूलो महत्व राख्तछ । ‘शहर यन्त्र’ र ‘इरफान अली’ जस्ता कथा संग्रहमा नारायण ढकालले सामाजिक, आर्थिक र राजनीतिक सम्बन्धहरु र हाम्रो सामाजिक एंव मानसिक संरचना तिनले पारेको प्रभावहरुको चिरफार गरेका छन् ।

उपन्यासकारका रुपमा ‘पीत संवाद’, ‘दुर्भिक्ष’ र ‘प्रेतकल्प’मा नारायण ढकालले आफ्नै बेग्लै सामर्थ्य देखाएका छन् । पत्रकारिता र राजनीति जस्ता संगठित क्षेत्रमा व्याप्त गलत र अमानवीय मान्यता एंव व्यवहारलाई कथ्य र चरित्रका माध्यमबाट प्रस्तुत गरी पाठकलाई सजग र संवेदित तुल्याउँछन् उनी । समतामुलक र मानवीय समाजको अग्रगतिका लागि अनिवार्य नैतिक मूल्यहरुको विघटन, आदर्शको स्खलन र स्वप्नहरुको हत्यालाई उनले आफ्नो रचनाको नाभिस्थलमा राखेका छन् ।

निबन्धकारका रुपमा नारायण ढकालको परिचय अझै फराकिलो छ । जीवन यात्रा र स्मृतिको सहारा तथा आफ्ना अनुभवहरु अलोकमा उनले सामयिक यथार्थसँग साक्षात्कार गराएका हुन्छन् । ‘तीन सम्वत्सर’ र ‘शोकमग्न यात्रीहरु’ उनका बहुप्रशंसित निबन्ध संग्रह हुन् ।

अर्थशास्त्रमा स्नाकोतर ढकाल काठमाडौं मुलपानीका स्थायी बासिन्दा हुन । उनका हालसम्म चार बटा कथा संग्रह, तीनवटा उपन्यास, दुइटा निबन्ध र दुइटा बालकथा प्रकाशित छन् । मैनाली पुरस्कार, साझा पुरस्कार जस्ता सम्मानित पुरस्कारबाट सम्मानित भइसकेका ढकालको उपस्थिति विना नेपाली आख्यान र निबन्ध विधाको चर्चा अपुरो रहन्छ ।


देवि ओली स्मृति बाल पुरस्कार- २०१२ बाट सम्मानित श्री यज्यू श्रेष्ठ

 देवि ओली स्मृति बाल पुरस्कार- २०१२ बाट सम्मानित  श्रेष्ठ बि.सं. २०५५ सालमा काठमाडौंको साँखुमा जन्मनु भएको हो । उहाँ हाल सेन्ट पल इन्टरनेशनल स्कुलमा कक्षामा ९ मा अध्ययनरत हुनुहुन्छ । अत्यन्त तिक्ष्ण बुद्धिका यज्यू अध्ययनमा आफ्नो कक्षामा सधैँ उत्कृष्ट हुनुहुन्छ । अध्ययनका साथै विभिन्न क्षेत्रमा सक्रिय तथा उत्कृष्ट प्रतिभा हुनु हुन्छ । यज्यूले ११ बर्षकै उमेरमा Cheers For Life नामक उपन्यास लेख्नु भएको छ ।

उहाँ नृत्य, कोरियोग्राफी, अति अनुशासित बिद्यार्थी, वक्तृत्वकला, जादुगरी जस्ता विधामा उत्‍तिकै प्रतिभाशाली हुनुहुन्छ । यज्यूले देशका विभिन्न ३० वटा स्थानमा नृत्य प्रस्तुत गरीसक्नु भएको छ । यसका साथै उहाँ नेपाल टेलिभिजनको बाल कार्यक्रम ‘हिंड्‍दाहिंड्‍दै’ का प्रस्तोता समेत हुनु हुन्छ ।  उहा नाटक लेखन र मञ्चनमा पनि सक्रिय रहनु भएको छ । बुवा रामेश्वर श्रेष्ठ र आमा विद्यालक्ष्मी श्रेष्ठका छोरा यज्यू बहुप्रतिभाका धनी हुनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *