RUGSAOF Award 2013

गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार-२०१३ बाट सम्मानित श्री भद्र कुमारी घले

श्री भद्रा कुमारी घले, जन्म वि.सं. १९८८, काठमाण्डौं
प्रसिद्ध प्रवल गोरखा दक्षिण बाहु सम्मानित, पैत्रिक सम्पत्तिबाट जम्मा पारेको धनराशीले भद्रकुमारी घले सेवा सदन स्थापना गरी सो सदनको मातहत शिक्षा सदन, बहुमुखी क्याम्पस, शिशुस्याहार, नारी प्रौण कक्षा, पुस्तकालय, संगा्रहलय, आर्ट ग्यालेरी तथा विभिन्न विधामा वार्षिक पुरस्कार प्रदान गर्नु हुने साहित्य र कलामा क्रियाशिल, महिला अधिकारवादी तथा सामाजसेवी श्री भद्रा कुमारी घले सन् २०१३ को गौरादेवी स्मृति आदर्श आमा पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।


रुद्र प्रसाद ओली स्मृति कृषि पुरस्कार -२०१३ बाट सम्मानित श्री कृष्ण बहादुर घिमिरे

श्री कृष्ण बहादुर घिमिरे, जन्म वि.सं. २०१२, सल्यानटार, ललितपुर
आधुनिक विधि एवं प्रविधिबाट कृषिमा संलग्न रही धान, मकै, आलु, गहुँबालीको बीउ र ताजा तरकारी उत्पादकन तथा उत्पाकदत्व बढाउने कृषि विकास कार्यालयको अभियान अमुल्य योगदान पुर्‌याउदै स्थानीय जडिबुटी, अदुवा, लसुन, पीना, गहूँत आदिको मिश्रणबाट बन्ने जैविक मल (झोलमोल) का आविष्कारक र राष्ट्रिय कृषि उत्पादन प्रतियोगिताहरुमा समेत पुरस्कृत श्री कृष्ण बहादुर घिमिरे सन् २०१३ को
रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।


अम्बिका देवि ओली स्मृति  साहित्य तथा पत्रकारिता पुरस्कार-२०१३  बाट सम्मानित श्री भैरव रिसाल

श्री भैरव रिसाल, जन्म वि.सं. १९८५, गुण्डु, भक्तपुर
विगत साठी वर्ष देखि पत्रकारिताको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षा, वातावरणको संरक्षण एवं सम्बद्र्धन, सामुदायिक रेडियो विस्तारक तथा सेवाभाव प्रतिको लगन र पेशाप्रतिको निरन्तरता मार्फत विशिष्ट योगदान पुर्याउनु हुने समाजसेवी एवं वरिष्ठ पत्रकार श्री भैरव रिसाल सन् २०१३ को गौरादेवी स्मृति आदर्श आमा पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।


देवि ओली स्मृति बाल पुरस्कार- २०१३ बाट सम्मानित श्री शुभसन्देश गौतम

श्री शुभसन्देश गौतम, जन्म वि.सं. २०५६, रुकुमकोट, रुकुम
बाल्यकालको आरम्भ देखि नै साहित्य, उद्घोषणकला मार्फत आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल मध्यपश्चिमका उदयीमान प्रतिभाशाली बालकवि तथा रेडियोकर्मी श्री शुमसन्देश गौतमसन् २०१२ को देवीओली स्मृति बाल पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *