RUGSAOF Award 2014

रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार-२०१४ बाट सम्मानित श्री भोलामान सिंह बस्नेत

१९ जुन, १९४९ मा बत्तिसपुतली काठमाण्डौंमा पिता गोविन्द मान सिंह बस्नेत र माता कृष्णकुमारी बस्नेतको पहिलो पुत्ररत्नको रुपमा जन्मनु भएका भोलामान सिंह बस्नेतले २०४० मा फिलिपिन्सबाट धानबालीमा स्नाकोत्तर गर्न भएको छ । भारतको पन्तनगर कृषि विश्वविद्यालयबाट कृषिमा स्नातक श्री बस्नेतले वि.सं.२०२८ सालमा सरकारी सेवामा प्रवेश गर्नु भएको थियो ।

सेवाको क्रमा व्यवस्थापकको रुपमा जनकपुरको कृषि फार्ममा कार्यरत रहँदा धानबालीमा अनुसन्धान गरी यसको उत्पादन दोब्बर गर्नु सफल हुनु भएको थियो । गुणस्तरीय बीउले मात्र पनि कुल उत्पादनमा १५ देखि २० प्रतिशत योगदान गर्न सक्ने भएकाले यसका लागि वहाँले स्थानीयस्तरमा प्रयोग गर्न सकिने व्यवहारिक उपायहरुको खोजी तथा प्रयोग गर्नु भएको छ । धान उत्पादन बढाउन वायुमण्डलको नाइट्रोजन स्थिरिकरण गर्न सक्ने Sesbania Rostrata नामक हरियोमल (ढैचा), सूर्यको प्रयोग लगायतका प्रयोग गर्नु भएको छ ।
श्री बस्नेतका २०० भन्दा बढी धान बाली सम्बन्धी अनुसन्धानात्मक कृति तथा लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित छन । सरकारी सेवाबाट निवृत्त उपरान्त पनि वहाँको यस क्षेत्रमा सक्रियरुपमा क्रियाशील निरन्तरता रहेको छ ।
कृषिको आधुनिकीकरण तथा व्यवसयीकरणमा धानबालीको उत्पादन बढाउन कृषिमा भएका अनुसन्धानहरुको संचार माध्यमबाट प्रचार प्रसार गरी कृषि क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै वहाँलाई रोनाष्ट पुरस्कार, नार्क पुरस्कार, कृषि बैज्ञानिक समाज नेपाल अवार्ड र अन्य निकायहरुबाट प्रशंसा पत्र र सम्मान गरिएको छ ।

गौरादेवी ओली स्मृति आर्दश आमा पुरस्कार-२०१४ बाट सम्मानित श्री मथुरादेवी कुँवर

मथुरादेवी कुँवरको जन्म वि.सं.२००८ साल बैशाख २८ गते बुवा बजिर सिंह र आमा कोईली रावलकी जेठी सुपुत्रीको रुपमा चण्डिका गा.वि.स., भागेस्वर–१, आछाममा भएको थियो । कलिलै उमेरमै बिहेवारी बन्धनमा पर्नु भएकी श्री कुँवर सामान्य साक्षर हुनु हुन्छ ।

वि.सं. २०३६ देखि एच.आई.भी.एड्सको क्षेत्रमा समाजिक कार्यकर्ताको रुपमा कार्यरत कुँवर, कामका लागि भारत गएका श्रीमान मार्पmत आपूm सोहीबाट संक्रमित भएको सम्बन्धमा भने वि.सं. २०५५ सालमा पहिलो पटक थाहा भएको थियो ।
रोजगारीको सिलसिलामा भारतमा जाने प्रचलन अत्याधिक भएको अछाम जिल्लामा आफ्नो जस्तै अवस्थामा अन्य महिलहरु भएको हुन सक्ने अनुमान गरी , आपूm संक्रमित भएको सार्वजनिक गरी थालनी गरेको वहाँको अनौपचारिक अभियानले विभिन्न लाञ्छना र अवरोधलाई चिर्दै संक्रमित महिलाहरुलाई संगठीतगरी होसला प्रदान गर्न र सम्मानित रुपमा बाच्न प्रेरणा दिने उद्देश्यका साथ अछामको वयलपाटालमा २०६३ सालमा सुनौलो विहानी समाजको नाममा औपचारिकता प्राप्त ग¥यो ।

सकृय कुँवर २०६४ सालमा राष्ट्रिय एच.आई.भी. एड्स महासंघको उपाध्यक्ष र २०७० सालदेखि एच.आई.भी. संक्रमित तथा प्रभावित महिलाहरुको संस्थाहरुको राष्ट्रिय महासंघको अध्यक्षको हैसियतमा अभियानलाई नेतृत्व प्रदान गरी रहनु भएको छ ।
कुसल नेतृत्वका लागि करिब २० वटा भन्दा बढी कदर पत्र र सम्मानबाट विभूषित श्री कँवर ग्रामीण र शिक्षाबाट बञ्चित महिलाहरुको लागि साहास, प्रेरणा र धैर्यताको स्रोत हुनु हुन्छ ।

अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार-२०१४ बाट सम्मानित प्रा.मोहनराज शर्मा

वि.सं.१९९४ कात्र्तिक २५ मा धर्मस्थली, काठमाण्डौंमा पिता रुद्र प्रसाद शर्मा र माता तारा शर्माको कोखबाट जन्मिनु भएका मोहनराज शर्माले इतिहास र नेपाली गरी दुई विषयमा स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गर्नुभएको छ । साहित्यका निबन्ध, नाटक, कथा, समालोचना जस्ता विधाका उत्कृष्ट कृतिहरुका स्रजक वहाँले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय प्राध्यापन साथै विद्यावारिधि सोधका निर्देशन समेत गर्नु भएको छ ।

शर्माका कथा सङ्ग्रह च्याँखेधर्मा (२०२४) लगायतका पाँच, नाटक र एकाङ्की सङ्ग्रहतर्फ जेमन्त÷यमा (२०४१) लगायतका चार निबन्ध सङ्ग्रहहरुमा पुछारको पातो (२०४०) लगायतका चार साथै समालोचना तर्फ नेपालीका केही आधुनिक साहित्यकार (२०२६) लगायत ९ वटा गरी २२ वटा कृतिहरु प्रकाशित छन । यस अतिरिक्त वहाँले भाषाविज्ञान र व्याकरणका धेरै पुस्तकहरुका साथै विद्यालयतह देखि विश्वविद्यालय तहसम्मका प्रशस्त पाठ्यपुस्तक पनि लेख्नु भएको छ ।

नेपाली नाटक, कथा र उपन्यासमा उहाँले सर्वप्रथम स्वैर कल्पनाको प्रयोग गरेर त्यसलाई विस्तार एवं उचाइमा पु¥याने काम पनि उहाँले गर्नु भएको छ । नेपाली नाटक, कथा र उपन्यासमा स्वैरकल्पनाको प्रयोग उहाँका नाटक र कथामा यो सर्वाधिक शक्तिशाली छ ।
मैनाली कथा पुरस्कार (२०४०), मदन पुरस्कार (२०४२), शिक्षा पुरस्कार (२०४४), सर्वश्रेष्ठ भिडियो पटकथा पुरस्कार (२०४७), प्रतिभा पुरस्कार (२०४८), त्रि.वि.दीर्घसेवा पदक (२०५३), वासुदेव हास्यव्यङ्य पुरस्कार (२०६८) का विजेता नेपाली साहित्यको प्रखर स्रष्टा मोहनराज शर्मालाई विभिन्न संघसंस्थाहरुद्वारा समेत सम्मान गरिएको छ ।

देवीओली स्मृति बाल पुरस्कार-२०१४ बाट सम्मानित श्री रिवाज श्रेष्ठ

बागलुङ न.पा.२ मा पिता राजुकुमार श्रेष्ठ र माता विमला श्रेष्टको कोखबाट वि.सं.२०५८ साल वैशाख ५ गते जन्मनु भएका रिवाज श्रेष्ठ पश्चिमाञ्चलका उदीयमान प्रतिभाशाली विद्यार्थी हुनुहुन्छ । सिद्धार्थ शिक्षा सदन आ.मा.वि.बागलुङ्ग कक्षा ८ मा अध्ययनरत श्रेष्ठले भविष्यमा इलेक्ट्रोनिक इन्जिनियर बन्ने उद्देश्य लिनु भएको छ ।

बैज्ञानिक क्षेत्रमा अत्यन्तै अभिरुचि राख्ने उहाँले हालसम्म जुका जस्तै गरी हिड्ने रोबोट, डार्क तथा हिट सेन्सर, मिनि हाइड्रो पावर, सोलार तथा इलेक्ट्रिक कार, सोलार हट फ्यान बनाइ सक्नु भएको छ भने २०७१ माघ ११ गते आफुले आविष्कार गरेको क्वाडकोप्टर (हेलिकोप्टर) आकाशमा उडाएर प्रदर्शन गर्नु भएको थियो । आफ्नो क्षमताको पहिचान गरी निरन्तर अगाडी बढ्न सके सफल हुने विचार राख्नुहुने १३ वर्षिय श्रेष्ठ, परिवार तथा स्कुलको सहयोगले गर्दा आफुलाई नयाँ सृजना गर्न हौसला मिलेको बताउनु हुन्छ । हाल नमुना जहाज बनाउने क्रममा रहनु भएको उहाँ सफल परिक्षणको तयारीमा हुनुहुन्छ ।

सिर्जनात्मक अन्वेषण, पठन–पाठन अतिरिक्त जुनियर रेडक्रस सर्कल, छुनुमुनु बाल क्लब, सिद्धार्थ बाल क्लब आदिमा आबद्ध हुँदै आउनुभएका उहाँ युवा एक हौऔं, दुर्व्यसनी विरुद्ध लडौँ नामक सामाजिक कार्यक्रममा समेत सकृय हुनु हुन्छ । श्रेष्ठको प्रतिभालाई कदर गर्दै उहाँ अध्ययनरत स्कुल, जिल्ला शिक्षा कार्यालय, अमेरिकी राजदुतावास लगायत संघसंस्थाहरुबाट सम्मानित भइ सक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *