RUGSAOF Award 2017

रुद्र प्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार -२०१७ बाट सम्मानित
श्री मदनराज भट्ट

वि.सं.२०१२ फागुन २८ मा देहिमांडौँ–६, बैतडीमा पिता श्री परमानन्द भट्ट र माता तुलसी देवी भट्टबाट कनिष्ठ पुत्ररत्नको रुपमा जन्मनु भएका मदनराज भट्टले सन् १९९२ मा फिलिपिन्सको लस वान्योस स्थित विश्वविद्यालयबाट बाली प्रजनन बिषयमा स्नातकोत्तर गर्नु भएको छ भने सन् १९७९ मा भारतको पन्तनगरस्थित गोबिन्दबल्लभ पन्त कृषि एबं प्रौद्योगिक विश्वविद्यालयबाट कृषिमा स्नातक डिग्री हासिल गर्नु भएकोछ । वि.सं.२०३६ देखि राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाको सरकारी सेवामा प्रवेश गर्नु भई वि.सं.२०६६ सम्म अनवरत रुपमा गहुँबाली प्रजनन्कर्ता तथा राष्ट्रिय संयोजकको रुपमा कार्यरत रहनु भएको थियो भने वि.सं. २०६७ देखि २०७२ सम्म राष्ट्रिय आनुवंशिक बैंक खुमलटारमा प्रमुखको भूमिका निर्वाह गर्नु भएको थियो ।

तीन दशकसम्म राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको मुख्य प्रजननकर्ता तथा संयोजकको रुपमा कार्यरत रही १६ वटा (विजय, भृकुटी, बी.एल. १०२२, बी.एल. ११३५, बी.एल. १४७३, गौतम, आदित्य, रोहिनी, अच्युत, एन.एल.९७१, गौरा, धवलागिरी, कान्ति, एन.एल. २५१, अन्नपूर्ण–४ र डाँफे गहुँका बढी उत्पादन, रोग–किरा अवरोधी, तथा प्रतिकूल अवस्था सहन सक्ने क्षमता भएका नयाँ जातहरु (बिउ) विकास गरि राष्ट्रिय बिउ बिजन समितिबाट शिफारिस गराई विभिन्न माध्यमद्वारा कृषकहरु समक्ष पुर्याई गहुँको राष्ट्रिय उत्पादकत्व तथा उत्पादन बृध्दिमा उल्लेखनीय योगदान गर्नु भएको छ । यस बाहेक श्री भट्टले विकाश गरेका तिन वटा गहुँका बिउहरु (विजोय, गौरव, र प्रोदिप) नामले बंगलादेश र हालसालै सिफारिश गरेको युजी–९९ अवरोधी जात “डाँफे” भुटानमा समेत लोकप्रिय भएका छन् ।

सन् २०१५ मा सरकारी सेवाबाट अवकास प्राप्त भइसकेपछि श्री भट्ट अन्तराष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्र (CIMMYT) खाद्य तथा कृषि सङ्गठन (FAO) संग आवद्ध रही गहुँमा हालसालै देखा परेको ब्लास्ट रोग अवरोधी जात Borlaug 100-F2014 र जिंक तथा आइरन युक्त गहुँका जातहरु पोषण सुरक्षाको लागि बिभिन्न निजी बीउ कंपनीहरु र कृषकहरुसँग समन्वय गरी अनुसन्धान कार्यमा संलग्न रहदै आउनु भएको छ ।

नेपाल सरकार र नेपाल कृषि अनुसन्धान परिषद्ले वि.सं. २०७० मा गहुँको कालो सिन्दुरे रोग अवरोधी विजय नामक जात विकाश गरे वापत २९ देसका ३५ जना प्रतिस्पर्धी कृषि वैज्ञानिकहरुलाई उछिन्दै श्री भट्टको नेतृत्वलाई नगद रु २००,००० सहित कदर पत्र प्रदान गरेको थियो । सोही कार्यको लागि सन् २०१२ मा First Borlaug Global Rust Initiative Gene Stewardship Award (हरितक्रान्तिका प्रवर्तक तथा नोवेल शान्ति पुरस्कार बिजेता Dr. Norman Ernest Borlaug को नाममा स्थापित) श्री भट्ट लगायत ५ जना नेपाली टोलिलाई प्रदान गरिएको थियो । गहुँ वाली अनुसन्धानमा अनवरत ३० वर्ष सेवा तथा गहुँको उत्पादन तथा उत्पादकत्व वृद्धिमा उल्लेखनीय योगदान पु¥याए वापत Society of Agriculture Scientists – Nepal (SAS-N) ले पनि श्री भट्ट लाई सन् २०१२ मा रु ५००० नगद सहित Award of Excellence प्रदान गरेको थियो ।

श्री भट्टले बी.सं. २०५३ मा कृषि अनुसन्धानमा उत्कृष्ठ कार्य गरे वापत प्रबल गोरखा दक्षिण बाहु, पुर्व कृषि मन्त्रीबाट कदरपत्रसमेत प्राप्त गरेका छन भने Association of Food and Agriculture Cooperation Initiative, AFACI दक्षिण कोरियाले सन २०१५ मा अमेरिकन डलर ६०० सहित Most Outstanding International Award को कदर पत्र प्रदान गरेको थियो ।

श्री भट्टले विकास गर्नु भएका गहुंको जातहरुले नेपालमा खेतीहुने कुल गहुंबाली जमिनको करिव ६० प्रतिशत भूभाग ओगटेको छ । श्री भट्टले हाल सम्म १०८ भन्दा बढी लेखहरु बिभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जर्नल र proceedings मा प्रकाशित गरेका छन् भने ३० भन्दा बढी अन्तरास्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी जनाउनु भएको छ । गहुँबाली अनुसन्धानकै सिलसिलामा चीन, भारत, अमेरिका, बेलायत, इटली, फ्रान्स, रसिया, जर्मनी लगायत १७ वटा विभिन्न देशहरुको अवलोकन भ्रमण तथा भिजिटिङ वैज्ञानिकको रुपमा कार्य गर्नु भएको छ ।


गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार—२०१७ बाट सम्मानित
श्री बालकुमारी जि.सी

वि.सं. २०३२ मंसिर ०७ मा गुल्मी जिल्लाको छापहिले गा.बि.स. मा पिता बमबहादुर जि.सी. र माता शशी जि.सी.को कोखबाट चौथो सन्तानको रुपमा जन्मनु भएकी बालकुमारी जि.सी.ले तत्कालिन समाजमा छोरा र छोरी बीचको बिभेदकै बीच काम गर्दै फुर्सदको समय निकाली घरभन्दा धेरै टाढा डोल्पाबाट १७ वर्षको उमेरमा प्रवेशिका उत्तीर्ण गरेता पनि कक्षा १२ सम्मको अध्ययनको लागि भने थप २५ वर्ष कुर्नु परेको थियो ।

आफू सुत्केरी अवस्थामै जनयुद्धको दौरानमा आफ्नो पति बेपत्ता भएपछि बेसाहरा बन्नपुगेकी उनी जीविकोपार्जनको लागि विदेशिने क्रमको दुख र भोगाइलाई बुझेर स्वदेश नै फर्की समाज परिबर्तन गर्न जरुरी छ भन्ने सम्झी स्वदेश फर्कनु भयो । नवलपरासीलाई आफ्नो कार्यक्षेत्र बनाई रेयुकाई नामक संस्थाबाट आयआर्जनको सीप सिकी समाजिक क्षेत्रमा आफ्नो संलग्नता बढाउन थाल्नु भएकी जिसीको नेतृत्वविकास गर्दै सुरु गर्नु भएको यात्रा ज्योतिकुञ्ज सामुदायिक वन समिति, नवज्योति ऋण तथा बचत सहकारी संस्था, द्वन्द्वप्रभावितको हकमा नगरपालिका स्तरीय शान्ति समिति तथा शान्तिका लागि संवाद भन्ने कार्यक्रम मार्फत द्वन्द्वपीडितहरुको लागि काम गर्दै आफ्नो अनुभवलाई निर्खानु भयो ।

यसै गरी सामुदायिक प्रहरी र रेडक्रसँग मिलेर बाढीपिडीतहरुका लागि राहत तथा पुनस्र्थापनामा सहभागी, नवलपरासी स्थित हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ), कानूनी सहायता तथा अनसु न्धान कन्े द(्र लार्क , वडा नागरिक मञ्च, शिवालय टोल सुधार समिति, सगरमाथा महिला कृषि समूह, सयपत्री महिला वचत समूह सहित अन्य संघ सस्थामा समेत जि.सी.ले आफ्नो सकृयता सहितको संग्लनता रहेको छ ।

सडकनाटक, द्वन्द्वपभ्रावित महिलाका लागि नते नेतृत्व विकास, यौनिक तथा लैगिंकता अधारित महिला हिंसा विरुद्ध, प्राथमिक उपचार, कृषिशत्रु जीव व्यवस्थापन, तनाव व्यवस्थापन, विभिन्न आयआर्जनयुक्त सीपहरु (आधारभूत सिलाईकटाई, झोलाबुनाई, फेव्रिक पेन्टिङ, फूल बनाउने आदि) अभिवृद्धि सम्बन्धी क्रियाकलापमा जि.सी.ले सहजीकरण गरी महिलाहरुलाई सशक्तीकरण गराउदै आउनु भएको छ ।

हाल हेल्भेटासको सुरक्षित आप्रबासन परियोजनामा रहेर वैदेशिक रोजगारलाई सरु क्षित र मर्यदित बनाउन अवलम्बन गनर्पुने उपायहरुका सम्बन्धमा आफ्नो अनभुवलाई यस क्षेत्रमा जानचाहने साथै आमरुपमा समाजका अन्य नागरिकलाई सचेतना अभिवृद्धि, वैदेशिक रोजगारीको लागि आधारभूत सीप र जानकारी दिदै आउनु भएको छ । यसका साथै विशेषगरी गलत बाटोबाट वैदेशिक रोजगारीमा हिडेका र जोखिमयुक्त स्थितिमा रहेका महिलाहरुलाई स्वदेशमा फर्काउन अभिभावकीय भूमिकामा सक्रिय रहदै आउनु भएको छ ।


अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार—२०१७ बाट सम्मानित
श्री मेघराज शर्मा मञ्जुल

मेघराज शर्मा नेपालको जन्म ई.सं. १९४७ मार्च २ तारिख भोजपुरमा बुवा टिकाबल्लभ नेपाल र आमा जम्बकुमारी(जानुका) नेपाल को कोखबाट भएको हो । नेपाली भाषा तथा साहित्यमा स्नातकत्तोर गर्नु भएका उहाँ मञ्जुल उपनाम बाट चिरपरिचित हुनुहुन्छ ।

नेपाली साहित्य आकाशमा सन् १९६२ देखि आफ्नो उपस्थिति जनाउँदै आउनु भएतापनि छेकोडोल्मा” उपन्यास बाट आफ्नो चिनारी सुरु गर्नु भएका उहाँको गायक यात्री लगायत दर्जनौ अन्य कविता तथा गीति संग्रह प्रकाशित छन् । सम्झनाका पाइलाहरु लगायत अन्य ३ ओटा नियात्रा प्रकाशित गर्नु भएका मञ्जुलका पहाड जस्तो बाटोजस्तो र कहिले आकाशमा कहिले धर्तिमा संस्मरण कृतिहरु हुन् । त्यस बाहेक उहांले गोधुली रङका शब्दहरु लगायत नग्न (जापानी कविताहरु) र उज्यालो प्रशंशामा (चिनिया कविताहरु)को नेपालीमा अनुबाद गर्नु भएको छ ।

२०२३ सालमा तत्कालिन राजनैतिक व्यवस्थाका बिरुद्ध आफ्नै प्रकारको बिद्रोहको स्वर उचाल्न राल्फा आन्दोलनबाट नेपालको राजनैतिक, साहित्यिक र सांंिगतिक क्षेत्रमा प्रबेश गरी आफ्ना बिद्रोहका स्वर देश बिदेशमा उराल्दै हिड्नु भएका जनबादी कवि तथा गायक मञ्जुलले फिनल्याण्ड, फ्रान्स, जापान, चीन, भारत, स्कटल्याण्ड, स्पेन, स्विडेन, थाइल्याण्ड, यूएई, बाङ्गलादेश, पाकिस्तान लगायतका मुलुकहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरी सक्नु भएको छ ।

दुइ दर्जनभन्दा बढी पुस्तकका रचयिता मञ्जुलले सन् १९८५ देखि सन् २०१० सम्म बिश्व भाषा क्याम्पसमा सह–प्राध्यपक को भूमिका निभाउनु भएको थियो भने ‘Music-Modernity and the Communication of National Identity in Nepal’ बिषयमा लिंकोपिङ्ग युनिभर्सिटी, स्विडेनबाट सन् १९८७ मा खोजमूलक अनुसन्धान गर्नु भएको थियो । सन् १९६६ मा भएको कविता उत्सवमा पुरस्कृत भएपछि मञ्जुल हालसम्म व्यथित काव्य पुरस्कार, उत्तम पुरस्कार, सिद्धिचरण काव्य पुरस्कार, मानश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, सयपत्री राष्ट्रिय सम्मान, देवकोटा काव्य पुरस्कार, भोजपुर प्रतिभा सम्मान लगायत दर्जनौ संघ सस्थाहरुबाट पुरस्कृत तथा सम्मानित हुनुहुन्छ । सन् १९९६ को त्रि. बि. वर्ष शिक्षक (शिक्षा पुरस्कार) बाट पुरस्कृत् मञ्जुलको ‘मृत्यु’ कविता संग्रहले सन् १९९८ मा साझा पुरस्कार एवम् प्रतिभा पुरस्कार हात पारेको थियो ।


देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार —२०१७ बाट सम्मानित
श्री समुदायमा आधारित पुनस्र्थापना संस्था (सि.बि.आर. – भक्तपुर)

समुदायमा आधारित पुनस्र्थापना संस्था, (सि.बि.आर) भक्तपुर, सबै प्रकारका अपांगता भएका बालबालिकालाई समुदायमा नै गुणस्तरीय र सम्मानजनक पुनस्र्थापना गर्ने उद्देश्यले भक्तपुर जेसिज्को पहलमा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा भक्तपुरको खौमाटोलमा सन् १९८५ मा स्थापित संस्था हो ।

नेपालमै पहिलो समुदायमा आधारित पुनस्र्थापन कार्यक्रम संचालन गर्दै आएको यस संस्था मार्फत अपांगता भएका बालबालिकाको समग्र विकासको पक्षलाई ध्यानमा राखेर रोकथाममूलक सेवा, औषधी उपचार, शिक्षा, गृहभेट, सहायक सामग्री, पुनस्र्थापनका विविध सेवाहरु एवं उनीहरुको हक अधिकारको लागि पैरबी, सरोकारवाला वर्गहरुको सशक्तीकरण र व्यापक रुपमा जनचेतना कार्यक्रम संचालन भएको छ । जसको फलस्वरुप अपांगता भएका बालबालिका/ व्यक्तिहरुप्रति सकारात्मक भावनाको विकास हुँदै समुदायमा उनीहरुको समान सहभागिता र समान अवसर प्राप्त गर्ने सम्भावना र अवसरहरु क्रमशः बढ्दै गएको छ ।

३२ बर्ष देखि निरन्तर समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमहरु संचालन गर्दै आएको यस संस्थाले भक्तपुर जिल्लाका करिव ३००० बालबालिका र युवाहरु विभिन्न पुनस्र्थापनाजन्य सेवाहरु प्रदान गरिसकेको छ भने ३०००० भन्दा बढी बालबालिका र युवाहरु रोकथाममूलक स्वास्थ्य सेवाबाट लाभान्वित भइसकेका छन् । यहि सफलता र उपलव्धिका आधारमा र यस संस्थाको पैरबीको फलस्वरुप नेपाल सरकारले नेपालको ७५ वटै जिल्लाहरुमा सि.बि.आर. कार्यक्रमको विस्तार गरेको अवस्था छ ।

यस संस्थाकै पहलमा आधारभूत सी.बी.आर.तालिमको विकास र आयोजना गरी २०० भन्दा बढी सामुदायिक पुनस्र्थापना कार्यकर्ताहरुलाई २ महिने आवासीय तालिम पनि प्रदान गरेको छ । यसक्रममा भक्तपुर सि.बि.आर.को पहलमा सन् १९९४ मा सि.बि.आर. राष्ट्रिय संजालको गठन र संचालन भई दक्षिण एशियाको सि.बि.आर.संजालको प्रतिनिधित्व गरेका थिए ।

यस संस्था र यसको कामलाई सी.बी.आर.को ५ वटै कार्यक्षेत्रमा (स्वास्थ्य, शिक्षा, जीवननिर्वाह, सामाजिक विकास र सशक्तीकरण) कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको नमुना दिगो सि.बि.आर. कार्यक्रमका रुपमा लिने गरिएको छ भने स्थानीय सरकारका विभिन्न तह र निकायहरु विशेष गरेर जिल्ला विकास समिति, नगर र गाउँपालिकाहरु, महिला बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय र जनस्वास्थ्य कार्यालय र विभिन्न व्यक्ति र संस्थाहरुको सेवा, साधन र स्रोतहरुको परिचालन गरी संस्थाका समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमहरु दिगो रुपमा संचालन गर्दै आएको छ ।

२०७१ सालको महाभूकम्प पश्चात विशेष गरी अपाङ्गता भएका बालबालिका, व्यक्तिहरुको जीवनमा थप जटिलता आएको अवस्थामा पनि भक्तपुर जिल्लामा भूकम्प प्रभावित ५६१ अपाङ्गता भएका बालबालिका व्यक्तिहरुको लगत संकलन गरी आवश्यक नगद रकम सहयोग, खाद्यान्न, किचेन सामाग्रीहरु, पाल, म्याट, झूल, रेडियो, सोलार बत्ती, लुगा र जाडो महिनामा न्यानो बाक्लो सिरक साथ बालबालिकाको लागि बाक्लो ज्याकेट र सहायक समाग्रीहरु वितरण एवं सहजीकरण गरिएको थियो । ३६७ अपाङ्गता भएका परिवारलाई अस्थायी टहराको लागि जस्ताहरु वितरण एवं टहराहरु बनाइदिएको थियो । भूकम्पको त्रासबाट आएको मनोसामाजिक समस्याहरु समाधान गर्न आवश्यकताअनुसार ती अपाङ्गता भएका बालबालिका र परिवारहरुलाई मनोसामाजिक परामर्श एवं अन्तक्र्रिया, अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *