
रुद्र–गौरी, श्री–अम्बीका ओली प्रतिष्ठान २०६८
प्रतिष्ठानको रणनीति, धेय, उद्देश्य तथा निर्देशक सिद्धान्तहरु
ज्ञान र सीप तथा तीनको मौलिक र नविन प्रयोग समाजको उत्पादकत्व बढाउन तथा दिगो विकास हाँसिल गर्न विश्वभरिनै स्वीकार गरिएका महत्वपूर्ण पक्ष हुन । विगत र वर्तमानमा देखिएका आर्थिक, खाद्य तथा उर्जा संकट, वातावरणीय प्रकोप तथा तीनबाट निश्रित निरन्तरको पारस्पारिक द्वन्द्व अहिलेको समाजका लागि पेचिला चुनौतिहरु हुन । यो अवस्था सबै देश, सरकार, अर्थतन्त्र तथा अन्तत्वगत्वा मानव समाजकै लागि घातक हुने कुरालाई वेलैमा विचार गरी अघि बढ्न नसकेको खण्डमा हामीले निकट भविश्यमा विश्मयकारी परिस्थितिको सामना गर्नु पर्ने सम्भावना रहेको छ । यस्तो भयावह परिस्थितिको अन्त्यका लागि हरेक व्यत्तिफ् तथा संस्थाले आ–आपफ््नो स्थानबाट प्रयास गर्नु अनिवार्य छ । यही अनिवार्य जिम्मेवारीलाई मनन गरी यस प्रतिष्ठानले सामजिक र पारस्पारिक भावनाको अभिवृद्धिका लागि एउटा सानो तर महत्वपूर्ण प्रयास थाल्ने जमर्को गरेको छ ।