प्रमुख दाता तथा पुरस्कार संस्थापक

श्रीप्रसाद ओली​

संक्षिप्त परिचय

कर्मवीर श्रीप्रसाद ओलीका जन्म वि.स. १९८८ श्रावण १६ गते शुक्रबारका दिन कोशी अञ्चलको तेह्रथुम जिल्ला आठराई, छातेढुङ्गा गा.वि.स. वार्ड नं. ६, होडागाउँमा भएका थिया । पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्ररत्नको रूपमा जन्मनु भएका श्रीप्रसाद ओलीज्यू ७ वर्षको नाबालिग भएकै बेला उहाँका पिता दिवंगत हुन पुग्नुभयो । पति वियोगको पीडाले ८ वर्षसम्म आवाज बिहीन बन्न पुगेकी आमा र दुईवर्षे भाइ टीकाप्रसादका स्याहारको साथ जगतबारे व्यावहारिक ज्ञान हासिल गर्दै परिस्थितिवश आफै जन्मेको गाउँहोडालाई छोडेर छातेढुङ्गा गा.वि.स. इवालाई आफनो पहिला कर्मथलो बनाउनु भयो । उँहालाई नियतिले तीन पल्टसम्म बेहुला बन्न बाध्य गरायो । उँहाको पहिलो विवाह वि.स. १९९६ सालमा महेश्वरा पर्साइका साथमा र दोस्रो विवाह वि.सं.२००२ सालमा गौरादेवी विमलीको साथमा सम्पन्न भएको थियो । उँहाको उक्त दुवै पत्नीको असामयिक निधन भयो । वि.सं. २००४ सालमा उँहाको तेस्रो विवाह पाचँथर, सिनाम निवासी नन्दीकेशर खरेलकी ज्येष्ठ सुपुत्री अम्बिकादेवी खरेलको साथमा भयो । अम्बिकादेवीको कोखबाट छोराहरु क्रमश गंगाप्रसाद, तुल्सीराम, यज्ञराज(गोपाल), नारायणप्रसाद, बद्रीप्रसाद र छोरीहरु देवी र कल्पनाको जन्म भयो । उहाँ आफनो बालबच्चाको स्याहारसुसार, लालनपालन, शिक्षादीक्षा प्रदान गर्ने क्रममा पहाड बाट मधेसतर्फ लाग्नु भयो । मधेसमा मनसापुर, घैलाडुब्बा, भद्रपुर र शिवगञ्ज हुर्दै अन्तमा सरूङ्गालाई आफनो कर्मथलो बनाउनु भयो । 

पारिवारिक अवस्थाको कारण औपचारिक शिक्षा हासिल गर्न नसके पनि शिक्षाको महत्वलाई बुझेर उँहाले वि.स.२०१६ सालमा छातेढुगां स्थित पोखरी हाई स्कुलको संस्थापक भई आर्थिक सहयोग गर्नु भयो भने कन्काई मा.वि. सुरूङ्गा, कन्काई क्याम्पस सरूङ्गा, भगवती मा.वि. ब्याङडाडा र अन्य धेरै शिक्षण संस्थाहरुमा आर्थिक सहयोग पु¥याउनु भयो । समाजसेवाको भावना सानै उमेर देखिनै जागृत भएको श्रीप्रसादले वि.स. २०२९ देखि २०३४ सम्म तत्कालिन सरूङ्गा गाउँ पञ्चायतको उप प्रधानपञच रहेर कार्य गर्नुभयो । आफनो कार्यकालमा उहाले बाटोघाटो, स्कुल, पुलपुलेसा निर्माणमा सहयोग गर्नुभयो । कुशल व्यवसायी समेत रहेका उहाँले सुरूङ्गामा धान, तेल, कुटानी (पिसानीको मिल) समेत स्थापना गर्नुभएको थियो ।

रुद्र—गौरी, श्री—अम्बिका ओली प्रतिष्ठानको विधिवत् उद्घाटन, वि.सं. २०६८
Scroll to Top