रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित व्यक्तित्वहरू (2012-2018)

श्री सन्तबहादुर गुरूङ 

जन्मःवि.सं. २०१२, काफलसेरा, तनहुँ 

चालीस वर्षदेखि बागबानी पेसामा क्रियाशील, नेपाली किसानका लागि उदाहरणीय व्यक्तित्व बन्नुभएका श्री गुरूङ रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१२ बाट सम्मानित हुनुहुन्छ ।

श्री कृष्णबहादुर घिमिरे
 
जन्मः वि.सं. २०१२, सल्यानटार, ललितपुर

आधुनिक विधि एवं प्रविधिबाट कृषिमा संलग्न रही धान, मकै, आलु , गँहुबालीको बिउ र ताजा तरकारी उत्पादन तथा उत्पादकत्व बढाउने अभियानमा अमूल्य योगदान पु¥याउनु हुने श्री घिमिरे रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१३ बाट सम्मानित हुनुहुन्छ । 

श्री भोलामानसिंह बस्नेत 
 
जन्मः १९ जुन १९४९ मा बत्तीसपुतली, काठमाडौं 
 
कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणमा धानबालीको उत्पादन बढाउन कृषिमा भएका अनुसन्धानहरुको संचार माध्यमबाट प्रचार प्रसार गरी कृषि क्षेत्रमा योगदान पु¥याउनु हुने श्री बस्नेत रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१४ बाट सम्मानित हुनुहुन्छ । 

श्री महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड
 
स्थापनाः २०५५ साल कार्तिक १०, गौरादह, झापा
 
 नमुना एकीकृत सहकारी खेती कार्यान्वयन गरी कृषि क्षेत्रमा अनुकरणीय योगदान गरेबापत यस संस्थालाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१६बाट सम्मानित गरिएको छ । 

श्री मदन राज भट्ट
 
 जन्मः वि.सं. २०१२ फागुन २८,बैतडी 

 गँहुबालीको विभिन्न जातहरुको विकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान पु¥याउनु भएका वरिष्ठ वैज्ञानिक श्री मदन राज भट्ट, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१७ बाट सम्मानित हुनुहुन्छ । 
 

डा. केदार बुढाथोकी 

जन्मः ई.स . १९४८ डिसेम्बर १,चारघरे, काठमाण्डौँ

नेपालमा प्रथम पटक ओइलाउने र पछौटे डढुवा रोग नलाग्ने र अवरोधी, बजार, वजारिया र उपभोक्ताहरुलाई आकर्षण गर्ने, बढी उत्पादन दिने श्रृजना जातको वर्णशंकर टमाटर विकास गर्नु भएका वरिष्ठ वैज्ञानिक डा.केदार बुढाथोकी, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१८ बाट सम्मानित हुनुहुन्छ । 

Scroll to Top