पुरस्कार तथा कोषको स्थापना

कृषि, महिला, बालबालिका र पत्रकारिता तथा साहित्यका विविध विधामा बर्सेनि पुरस्कार प्रदान गरिन्छ । हरेक पुरस्कारका राशि १,०१,१११(एक लाख एक हजार एक सय एघार रूपैया) रहेको छ । यस कामका लागि स्व.श्रीप्रसाद ओली तथा उहाँका सन्तानहरूका तर्फबाट एक करोडका अक्षयकोष स्थापना गरिएको छ । 

रुद्र प्रसाद ओली स्‍मृति राष्ट्रिय कृषि पुरस्कार

यस क्षेत्रमा कार्यरत किसान, विज्ञ, पेसागत दक्षता बोकेका व्यक्तिहरूलाई पुरानैशैली, रूढीबादी चिन्तनबाट मुक्त बनाउदै उद्यमी, साहसी, मेहेनती तथा सरोकारवाला किसानहरूका आत्मबलमा थप पे्ररणा, हौसला प्रदान गरी कृषिलाई मर्यादित पेसा बनाउन र व्यावसायीकरण गर्न किसान तथा सरोकारवालाहरूमा हौसलाका सञ्चार गर्न आवश्यक छ । यस अपेक्षाका साथ स्थानीय प्रविधि, ज्ञान र सीपको प्रसार गरी कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि माग प्रसस्त गर्न सक्षम उत्कृष्ट व्यक्तित्व वा संघसस्थाहरूमध्ये तुलनात्मक मुल्याङनका आधारमा राष्ट्रिय स्तरबाट प्त्येक वर्ष छनौट गरी पुरस्कृत, तथा सम्मान गर्न यस प्रतिष्ठानको अठौट रहेको छ । यस उद्देश्यबाट प्रेरित भई वि.स. १९६७/०५/१५ मा आठराइ, होडा, तेह्रथुममा पिता लक्ष्मीपसाद ओली र माता हिमादेवी ओलीका गर्भबाट जन्म भई वि.स.१९९५/११/१४ मा स्वर्गीय हुनुभएका रूद«प्रसाद ओलीका स्मृतिमा राष्ट्रियस्तरबाट प्रत्येक वर्ष कृषिक्षेत्रमा संलग्न उत्कृष्ट व्यक्तित्वको छनौट गरी एकल वा संयुक्त रुपमा पुरस्कृत गर्न यो ‘रूद«प्रसाद ओली स्मति राष्ट्रिय कृषि पुरस्कार‘को स्थापना गरिएको छ । पुरस्कारको रकम राशि रू. १,०१,१११/- रहेको छ । 

 

गौरादेवी ओली स्‍मृति राष्ट्रिय आदर्श आमा पुरस्कार

घरेलु हिँसा, सामाजिक राजनीतिक सहभागिताको अभाव, महिला बेचबिखन अन्धविश्वास जस्ता गतिविधिहरू विद्यमान रहेको वर्तमान परिस्थितिविरूद्ध संघर्ष  गर्दै  कठिन परिस्थितिका बाबजुद पनि आफ्ना सन्तानका समुचित रेखदेखमा तल्लीन रही देशका कर्णधार निर्माण गर्न महिलाहरु सफल रहनु्भन्ने अपेक्षा सबैको चासोको विषय हो । साथै समाजमा विद्यमान पुरूष र महिलाका विषमता र विभेदलाई अन्त्य गर्नको लागि पारिवारिक तथा महिलाहरूको मनोबल विकास गरी महिला तथा बालबालिकाहरूको शैक्षिक, आर्थिक, सामाजिक, प्राविधिक तथा स्वास्थ्यका क्षेत्रमा अनुकरणीय योगदान पु¥याउन सफल उत्कृष्ट महिला, महिलाहरूको समुह वा सम्बन्धित संघ(संस्थाहरूमध्ये तुलनात्मक मुल्याङकनका आधारमा राष्ट्रिय स्तरबाट प्रत्येक वर्ष छनौट गरी एकल वा संयुक्तरुपमा पुरस्कृत, तथा सम्मानित गर्न यस प्रतिष्ठानको सङकल्प रहको छ । यसका लागि वि.स. १९७३/०२/१३ मा छातेढुङ्गा, तेह्रथुममा पिता धरणीदास उप्रेती र माता चन्द«कला उप्रेतीबाट जन्म भइ वि.स. २०४४/०२/०३ मा स्वगीय हुनुभएकी गौरादेवी ओलीका स्मृतिमा यो ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कारको रकम राशि रू. १,०१,१११/- रहेको छ ।  

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता तथा साहित्य पुरस्कार

पत्रकारिताको माध्यमबाट सामाजिक सदभाव तथा सहिष्णुता बढाउने कार्यमा क्रियाशील एवं खोजी पत्रकारिताका विकासका लागि योगदान दिन सफल उत्कृष्ट पत्रकार वा पत्रकार सम्बन्धी संघ(संस्था मध्ये र त्यसै गरी साहित्य मार्फत् समाजलाई समयानुकुल, समुन्नत र सभ्य बनाउन काम गर्न सफल उत्कृष्ट साहित्यकार वा साहित्यिक संस्थालाई तुलनात्मक मुल्याङनका आधारमा राष्ट्रिय स्तरबाट प्रत्येक वर्ष छनौट गरी पुरस्कार वितरण गर्ने यस प्रतिष्ठानको ध्येय रहेको छ । यसका लागि वि.स. १९८१/०९/१६ मा सिनाम, पाँचथरमा पिता नन्दीकेशर खरेल र माता भद्रमाया खरेलबाट जन्म भइ वि.स.२०६५/०१/०४ मा स्वर्गीय हुनुभएकी अम्बिकादेवी ओलीका स्मृतिमा ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता तथा साहित्य पुरस्कारको स्थापना गरिएको छ । पुरस्कारको रकम राशि रू. १०११११/- रहेको छ । पत्रकारिता र साहित्यको क्षेत्रमा आलोपालो गरी एकल वा संयुक्तरुपमा पुरस्कार वितरण गरिनेछ । साहित्यतर्फको पुरस्कारको  लागि व्यक्तिको साहित्यिक योगदान वा कृति दुवै मध्ये एउटा वा दुवैको आधारमा गरिनेछ । 

देबी ओली स्‍मृति राष्ट्रिय बाल पुरस्कार

मौलिक तथा सिर्जनशील बालपुस्ता निर्माणमा महत्वपुर्ण  योगदान  दिने,  बालबालिकाहरूमा सिर्जनात्मकता, साहस, उद्धार र परोपकारको भावना विकसित गर्न र बालबालिकाहरूको चरित्र निर्माण गर्नका लागि आवश्यक साहित्यिक सजृना गर्ने उद्देश्य अनुरूप नेपाली बालबालिकहरूको संसारलाई स्वास्थ्य रूपले विकसित र समृद्ध बनाउन योगदान दिन सफल उत्कृष्ट व्यक्तिहरूको समुह, ततसम्बन्धी संघसस्था वा असाधारण  योग्यता र क्षमता प्रदर्शन गर्न प्रतिभाशाली बालबालिकाहरू मध्येबाट राष्ट्रियस्तरबाट विलक्षण एवं प्रतिभाको  खोजी गरी एकल वा संयुक्तरुपमा पुरस्कृत गर्न प्रत्येक बर्ष पुरस्कृत प्रोत्साहन गर्न यस प्रतिष्ठानको अठोट रहेको छ । यसका लागि वि.स.२००७ मंसिरमा आठराई ईवा, तेह्रथुममा पिता श्रीप्रसाद ओली र माता अम्बिकादेवी ओलीबाट जन्म भई वि.स. २०१२ सालमा स्र्वगीय हुनुभएकी देवी ओलीका स्मृतिमा यो ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ का स्थापना गरिएका छ । यस बाल पुरस्कारको रकम राशि स्थापना वर्षहरुमा रू. ५१,१११ /- रहेको थियो भने हाल रु. १०११११/- रहेको छ।

Scroll to Top