पुरस्कार बितरण समारोह
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओलीज्यूको सभाध्यक्षता एवं प्रतिनिधिसभाका उप–सभामुख माननीय इन्दिरा राना मगरज्यूको प्रमुख आतिथ्यतामा एघारांैं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सन् २०२४ काठमाण्डौं स्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भएको छ । प्रमुख संरक्षक परमधामवासी स्व.श्रीप्रसाद ओलीद्वारा वि.सं.२०६७ झापामा स्थापित यस प्रतिष्ठानले निरन्तर…
झापामा स्थापित यस संस्थाले निरन्तर रुपमा सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै प्रज्ञान, कृषि, महिला सशक्तिकरण, साहित्य र पत्रकारिता साथै बालबालिकाका क्षेत्रमा व्यक्तिगत तथा संस्थागतस्तरमा सम्पन्न अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रवर्द्धन लागि सम्मान तथा पुरस्कृत गर्दै आई रहेको जानकारी गराउन पाउदा…
प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुंगका अथित्यतामा दोस्रो पटक रू ५०००००/- लाख धन राशीको श्री प्रसाद ओली राष्ट्रिय अन्तरास्ट्रिय प्रज्ञान पुरस्कार डा. सन्दुक रुइतलाई समर्पण गरिएको र बाल बैज्ञानिक सबिन बास्कोटाज्यूलाई रू १०११११/- को देवी ओली स्मृति बाल प्रतिभा पुरस्कार र सम्मान वितरणका केहि तस्बिर हरु ।
प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा साहित्यकार माननीय लोकेन्द्र बहादुर चन्दको अथित्यतामा प्रथम पटक रू ५०००००/- पाँच लाख धन राशीको श्री प्रसाद ओली राष्ट्रिय अन्तरास्ट्रिय प्रज्ञान पुरस्कार श्री हिमालय समशेर राणा ज्यूमा समर्पण गरिएको र बालविधा बाहेक अन्य पुरस्कार र सम्मान वितरणका केहि तस्बिरहरु ।
प्रमुख अतिथि प्रा. डा. उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान covid को कारण उपस्थित हुन असमर्थ भएकाले कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहका केहि तस्बिरहरु ।
सन् २०१८ को लागि छैटौँ पुरस्कार वितरण समारोह संस्कृती विज्ञ सताव्दी पुरुष श्री सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा २०७६ वैशाख ४ गते नेपाल पज्ञा प्रतिष्ठानको भवन कमलादि, काठमाण्डौमा सुसम्पन्न भएको थियो । कोभिड(१९का कारण सन् २०१९ को पुरस्कार बितरण हुन नसकेकोमासन् २०२० को पुरस्कारको संगै यो पुरस्कार बितरण हुने भएको छ…
सन् २०१७ को लागि पाँचौ पुरस्कार वितरण समारोह पूर्वप्रधानमन्त्री माननीय झलनाथ खनालज्यूको प्रमुख आतिथ्यमा २०७५ वैशाख ४ गते झापामा सुसम्पन्न भएको थियो ।
२०७३ को महाविनाशकारी भूकम्पको कारण सन् २०१५ पुरस्कार वितरण कार्य स्थगित ह्ुन प्ुग्यो । सन् २०१६ को लागि चौथो पुरस्कार वितरण समारोह नेपाल प्रज्ञा प्रतिस्थानका कुलपति गंगा प्रसाद उप्रेती ज्यूको प्रमख आतिथ्यमा २०७४ वशौख ४ गते झापामा सुसम्पन्न भएको थियो ।
सन् २०१४ को लागि तेस्रो पुरस्कार वितरण एवं प्रतिष्ठानका संस्थापक स्व. श्री प्रसाद ओली तथा वहाँकी धर्मपत्नी स्व. अम्विकादेवी ओलीको सालिक अनावरण समारोह पूर्व उपप्रधानमन्त्री माननीय चन्दप्रकास मैनालीज्यूको प्रमुख आतिथ्यमा २०७२ फाल्गुन २२ गते झापामा सुसम्पन्न भएको थियो ।
सन् २०१३ को लागि दोस्रो पुरस्कार वितरण समारोह वरिष्ठ संस्कृतिविद् डा. सत्य मोहन जोशीज्यूको प्रमुख आतिथ्यमा २०७१ वैशाख ५गते रसियन कल्चर सेन्टर, काठमाण्डौमा भव्यताकासाथ सुसम्पन्न भएको थियो ।
आफ्नो जीवनकालमा नै राष्ट्रिय प्रतिभाहरुको कदर गरी २०६८ मा पुरस्कार वितरण गर्ने प्रतिष्ठानका प्रमुख संरक्षकज्य्ूको अधुरो चाहना २०७० वैशाख १६ गते पुरा हुनपुग्यो । सन् २०१२ को लागि पहिलो पुरस्कार वितरण तथा कर्मवीर समाजसेवी श्रीप्रसाद ओली स्मृति ग्रन्थ विमोचन समारोह नेपाल प्रज्ञा प्रतिस्थानका कुलपति बैरागी काँइलाज्यूको प्रमुख आतिथ्यमा रसियन कल्चर…