आजका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीज्यू
आजका प्रमुख आकर्षक संम्मानित ब्यक्तित्वज्यूहरु,पुर्ब संम्मानित ब्यक्तित्वज्यूहरु
आमन्त्रित विशिष्ट अतिथिज्यू, विशेष अतिथि तथा अतिथिज्यूहरु,
राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ट महानुभावज्यूहरु,
निर्णयक मण्डलका संयोजक तथा सदस्यज्यूहरु, राष्ट्र सेवक कर्मचारीज्यूहरु,बिभिन्न संघ सस्धाबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू
संस्थाका प्रमुख सल्लाहाकारज्यू तथा सल्लाहाकारज्यूहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीज्यूहरु
ओली बंश सम्नब्य समितिका पदाधिकारीज्यूहरु आमसंचार माध्यमका पत्रकार मित्रहरु
सभामा उपस्थित सम्पूर्ण मान्यवर
सबै भन्दा पहिले यहाँहरु सबमा नया बर्ष २०७४ सालको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामनाकासाथ सुस्वास्थ सम्बृद्धि, दीर्घायु एबम सफलताको कामनाका साथै आशन्न निर्वाचनको सफलताको कामना ब्यक्त गर्दछु।
सुन्दर शान्त नेपालमा आफसको द्वन्दले देसको बिकास ठप्प छ,, भुकम्पले थिलथिलो बनेको मुलुक नाकाबन्दिको कारण अझ तंग्रिन सकिरहेको छैन। चार जात छत्तिस बर्णको फूलबारीमा ढकमक्क फुलेका फुलहरु बिना पानी ओइलाउदै गएका छन, नकारात्मक सोचले ब्यक्तिबादी चिन्तन हाबि बन्न पुगेको छ, अहिले समाज खण्डित छ, जात, वर्ग र समुदाय खण्डित छन, , परिवार खण्डित छ । अहिले एकअर्काबीच भेटघाटका वेला देखिने हाँसो कुटिल छ ।यस्तो समयमा पनि सकारात्मक सोंचले नै सभ्य सम्मुनत समाजको निर्माण गर्न सक्ने आशा र सम्भावना छर्न सके राष्ट्र र समाजप्रति धेरै ठूलो योगदान पुग्ने थियो । गतिहिन र निष्कृय बन्दै गएको नेपाली समाजका हरेक आयाम र प्रवृत्तिहरुलाई गतिशिल बनाउन सफल र अनुकरणीय कार्यहरुको सम्मानले समाजलाई आशा, उर्जा र गति प्रदान गर्छ जस्तो हामीलाई लागेको छ ।
“रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान” पितृहरुको आदर, मातृत्वको सम्मान, सन्तानप्रतिको कर्तब्यपरायणताले भावी सन्ततीहरु समक्ष आफनो वंश, परिवार र आफन्तहरुको जीवनलाई सार्थक तुत्याउने उत्कट अभिलाशा लिएर श्रीप्रसाद ओली तथा हामी उहाँका परिवारिक सदस्यहरुको अगुवाई र पहलमा २०६७ सालमा स्थापित सामाजिक संस्था हो । समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदै व्यक्तिगत तथा संस्थागत रूपमा भएका अनुकरणीय कार्यको सम्मान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर हामीले यो संस्था स्थापना गरेको कुरा म यस अवसरमा पुनः एक पटक स्मरण गर्न चाहन्छु । यस अर्थमा समाजिक कार्यहरुलाई प्रेरित गर्नका लागि प्रतिभाहरुको सम्मान र सफलताहरुको प्रशंसा गर्नु हाम्रो प्रमुख कर्तव्य रहने छ ।
प्रतिष्ठानले राष्ट्र निर्माणका महत्वपूर्ण चारवटा विधामा राष्ट्रिय स्तरका पुरस्कारहरु हरेक वर्ष प्रदान गर्ने घोषणा स्थपना कालमै गरिसकेको छ ।यसले समाजमा रहेका बिभिन्न बर्गहरुलाई प्रोत्साहित र उचित संम्मान दिन कुनै संकोच गरेको छैन।रास्ट्रको मेरुदण्डको रुपमा रहेको कृषी पेसालाई प्रोत्साहित र मर्यादित पार्न निजिक्षेत्रमा सबैभन्दा दुलो धनराशिको पुरस्कार र संम्मानको काम थाल्नी गरेको छ। रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार,रु।१०११११।०० यसको ऊदाहरण हो, आदर्श आमाको भुमिका निर्वाह गर्ने महिला,संघ संस्थाहरुको लागी गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार,, अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य राष्ट्रिय पुरस्कार, बिद्वान साहित्यकार, पत्रकारहरुको संम्मानका लागि,यसका साथै बालबालिकाका क्षेत्रमा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार मोफसलबाट प्रदान गरिने सबै भन्दा ठुला राशिका पुरस्कार र संम्मान हुन् ।
यस वर्षका लागि पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न प्रतिष्ठानले यी चारवटै क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरु समावेश भएको छुट्टाछुट्टै समिति गठन गरेको थियो । पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न निर्णायक मण्डलको कार्यभार सफलता पूर्वक सम्पन्न गरिदिनु हुने श्रद्देय व्यक्तित्वहरुप्रति यस अवसरमा म आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुले स्वयंसेवीका रुपमा यो जिम्मेवारी सम्पन्न गरिदिनु भई हामीलाई हौसला समेत प्रदान गरिदिनु भएको कुरा अविस्मरणीय छ ।
यस आ।ब।मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत महिला तथा बालबालिका कार्यालय झापाबाट प्राप्त अनुदान रकम महिला सशक्तीकरण सहयोगी कार्यक्रम सञ्चालन गर्न श्री ब्रम्हाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि।बाहुन्डागी लाई शारीरिक अशक्त भएका महिलाहरुको सशक्तीकरणकालागि पानी तान्ने सबमरसिवल पंप, पाईप कम्प्युटर, प्रिन्टर र, पयाकेजिग मेसिन थान २,३० कजि क्षमताका वेट मेसिन थान २ र सामान राखने ५ केजि का ४थान ट्रे प्रदान गरिएको छ।
नयाँ कामको थाल्नि
श्रीप्रसाद ओली साहित्यिक पुरस्कार
गणतन्त्र नेपालको प्रदेश नं।१ र प्रवासमा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरुको सम्मान र नेपाली साहित्यको विकासका लागि सम्मान र पुरस्कृत गर्ने हेतु कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन स्वं।श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रमको अवसरमा हरेक वर्ष रु।५१,००१।०० अक्षरेपि एकाउन्न हजार एक रुपैंयाँ मात्र० को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्रदान गरिनेछ ।यस कार्यकालागि प्रत्येक वर्षको कार्यक्रम गर्नु भन्दा दुई महिना अगावै एकमुष्ट अक्षरेपि साठी हजार रुपैंयाँ मात्र० रु।६०,०००।०० लेखनाथ पुस्तकालयलाई प्रदान गरिनेछ । प्रतिष्ठानको सहमतिमा स्रष्टा छनोट, स्रष्टासम्मान लगायतका कार्यहरु लेखनाथ पुस्तकालयको जिम्मेबारि अन्तरगत पर्ने छ ।
अमेरिका स्थित मिसन रिबिल्ड नेपालको सहकार्यमा सिन्धुपालचोक जिल्लाको सिपापोखरेमा महाविनासकारी भूकम्पबाट घरबारविहीन भई पीडित भएकाहरुलाई आश्रय दिन प्रतिष्ठानले पारिवारिक स्रोत जुटाई यस वर्ष ११ वटा भवन निर्माणका लागि रु।५,००,०००।०० ९अक्षरेपि पाँच लाख रुपैंयाँ मात्र० सहयोग गरेको छ । मिसन रिबिल्ड नेपालद्वारा उक्त स्थानमा ८५० घरहरु निर्माण कार्य सम्पन्न गरि भुक्मपपिडितलाई हस्तान्तरण भईसकेका छन् । यस्तो महान् कार्यमा सहभागी हुनपाउने नेपालको एक मात्र प्रतिष्ठान साझेदार हुन पाएकोमा गौरवान्वित भएको महशुस गर्दै मिसन रिबिल्ड नेपाल, अमेरिकालाई हार्दिक धन्यबाद दिन चाहन्छु ।
प्रतिष्ठानका सदस्य श्री अशोक ओली र श्री सन्जना श्रेष्ठ ९ओली० ले अमेरिकाको टेक्सास स्थित नर्थ टेक्सास युनिभर्सिटीमा हरेक बर्ष अमेरिकी डलर १५००।०० बराबरको अन्तरराष्ट्रिय ’गंगा–शारदा ओली पुरस्कार’ को स्थापना गर्नु भएकोमा उहाँहरुको उक्त कार्यको प्रशंसा गर्दै यो वर्ष अर्थशास्त्रमा दक्षिण कोरियाली विद्यार्थी सांगजिनलिले पुरस्कार प्राप्त गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई दिन चाहन्छु ।
पुरस्कारको प्रतिष्ठालाई कायम राख्न तथा छनोट विधिलाई पारदर्र्शी बनाउन प्रतिष्ठानले हरसंभव प्रयास गरेको छ । यति हुदाँहुँदै पनिे कमी कमजोरी रहेका हुनसक्छन् । हामीबाट हुन गएका कमी कमजोरीका बारेमा विद्वान वर्गबाट याथोचित सुझावको अपेक्षा गर्दछौं र भविश्यमा त्यस्ता कमीकमजोरी दोहोरिन नदिने प्रतिवद्धता पनि म तपाईहरु समक्ष जाहेर गर्दछु । सम्मान गर्न देशका विभिन्न भागमा क्रियाशील वास्तविक राष्ट्रिय प्रतिभाहरु पहिचान गर्नु हाम्रा लागि निकै चुनौतिपूर्ण कार्य बनिरहेको छ । आगामी दिनमा सही पात्र चयन कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन तपाईहरुसमक्ष हार्दिक अनुरोध गर्दछु ।
मुलुकमा सकारात्मक उर्जा थप्ने हाम्रो यो महत्वपूर्ण प्रयाशमा हामीले समाज, वौद्धिक बर्ग, विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तित्वहरुबाट उत्साह, सहयोग र प्रेरणा पाएका छौं । जसले हामीलाई व्यापक हौसला थपेको छ । यस्ता कार्यलाई राज्य स्तरबाट पनि प्रेरित गर्न अनुकुल वातावरण तयार हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । यस अवसरमा राष्ट्रका महत्वपूर्ण प्रतिभाहरुलाई सम्मान गर्न दुःखजिलो गरेर व्यक्तिगत रुपमा आर्जित स्रोतबाट स्थापित यस्ता संस्थाहरुबाट चर्को व्याज कर असुली गरिरहेको सन्दर्भप्रति सरकारको ध्यानआकर्षण गर्दै यसबारेमा तत्काल पुनरविचार गर्न हार्दिक अपिल गर्दछौं ।
असल काम गरेर आ–आफने क्षेत्रवाट समाजका लागि योगदान दिनु भई आज पुरस्कार वितरणको चौथो राष्ट्रिय समारोह(२०१६ बाट पुरस्कृत हुनु भएका संम्मानित व्यक्तित्वहरु तथा उहाँहरुका आफन्तजन,यस अघि पुरस्कृत हुनु भएका संम्मानित व्यक्तित्वहरु हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ट महानुभावहरु, निर्णयक मण्डलका संयोजक तथा सदस्यहरु, संस्थाका प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरु, कार्यकारणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीहरुप्रति आभार व्यक्त गर्दछु । प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, साहित्यकार, पत्रकार, महिला अधिकार अभियन्ताहरु र सम्पूर्ण सहभागीमा अभार व्यक्त गर्दछु ।
अन्त्यमा आफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनु पर्ने रहेछू भन्ने परमधामबाशी संस्थाका प्रणेता श्रध्देय श्रीप्रसाद ओलीज्यूले देखाएको बाटो हामी सबैको साझा बाटो बन्न सकोस् समाजमा सकारात्मक सोचको जग हाल्न सबैमा प्रेरणा मिलोस र भावि संन्ततिहरुकोलागि चिराखको काम गर्न सकोस भन्ने कामना सहित बिदा हुन चाहान्छु । धन्यवाद
गंगा प्रसाद ओली
अध्यक्ष
२०७४ बैशाख ०४ गते सोमबार।