अध्यक्षको मन्तव्य 2019

                                            

आजका प्रमुख अतिथि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीज्यू, 

आमन्त्रित विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगा प्रसाद उप्रेतीज्यू, 

आजका विशेष अतिथि , नेपाल सरकारका पूर्ब मंत्रीज्यूहरु, प्रतिनिधि सभा,राष्ट्रियसभा,प्रदेससभाका सांसदज्यूहरु,

नगरपालिका, गाउपालिकाका प्रमुख तथा उपप्रमुखज्यूहरु, 

राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका रास्ट्रसेवक कर्मचारीज्यूहरु, 

आजका प्रमुख आकर्षक संम्मानित ब्यक्तित्वज्यूहरु,

पुर्ब संम्मानित ब्यक्तित्वज्यूहरु,

निर्णयक मण्डलका संयोजक तथा सदस्यज्यूहरु, निर्णयक मण्डलका पूर्ब संयोजक तथा सदस्यज्यूहरु,

बिभिन्न संघ सस्धाबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू, 

प्रतिष्ठानका  सल्लाहाकारज्यूहरु, 

कार्यकारिणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीज्यूहरु,

ओली बंश समन्वय समितिका केन्द्रिय कार्य समिति, जिल्ला कार्य समितिका पदाधिकारीज्यूहरु,

ओली बंश अक्षयकोष केन्द्रिय कार्य समितिका पदाधिकारीज्यूहरु,

आमसंचार माध्यमका पत्रकार मित्रहरु,

उपस्थित सम्पूर्ण मान्यवर,   

नयाँ बर्षको भर्खरै लागेको छ र आजको दिन नेपालको भाषा साहित्यकला संस्कृति तथा सम्पदाको संबद्र्धक वाङमय शताब्दि पुुरुष आजका प्रमुख अतिथि डा. सत्यमोहन जोशीज्यूको जन्मदिनको खुशियालीको  शुअवसरमा उहाँलाई मुरी मुरी बधाई दिंदै उहाँ लगायत यहाँहरुमा नवबर्ष २०७६ को हार्दिक मंगलमय शुभकामनाका साथ सुस्वास्थ, सम्बृद्धि, दीर्घायु एबम सफलताको कामना ब्यक्त गर्दछु ।

यस नव बर्षको सुअवसरमा मुलुकको पुनर्निर्माण गणतन्त्रको संस्थागत बिकासको लागि, अमनचयन कायम राख्दै जनतालाई सुशासनको प्रत्याभुति दिंदै सफल सभ्य समुन्नत नेपाली समाज निर्माणमा सकारात्मक सोचका साथ सबै नेपाली जनतासंग काँधमा काँध हातमा हात मिलाई अगडि बढोस् भन्ने सफलताको कामना ब्यक्त गर्दछु ।

यस समारोहमा हाम्रा पुर्वजहरु हुनु हुन्न तर उहांहरुको प्रेरणा र आशीर्बादले  हामी रास्ट्रिय स्तरमा  सम्मान तथा पुरस्कार बितरण गर्न गईरहेका छौ । ऊहांहरुबाट निर्देशित सत्कार्यमा आफ्ना संन्तानहरुलाई मार्गदर्शन गर्ने प्रतिष्ष्ठानका संस्थापक संरक्षक परमधामबाशी श्रीप्रसाद ओली र ऊहांलाई जन्म दिने पिता रुद्रप्रसाद र आमा गौरादेबी, सत्कार्यमा सदैव अघि बढ्न प्रेरित गर्ने ऊहाकि धर्पपत्नी अम्बिकादेबि, अल्पायुमा जीबन  गुमाएकि छोरी देबि ओली, जसका नाममा पुरस्कारहरु स्थापित भएका छन् जसले गतिहिन र निष्कृय बन्दै गएको नेपाली समाजका हरेक आयाम र प्रवृत्तिहरुलाई गतिशिल बनाउन सफल र अनुकरणीय कार्यहरुको सम्मानले समाजलाई आशा, उर्जा र गति प्रदान गर्छ जस्तो मलाई लागिरहेछ दिबंगत पुर्बजहरु र सन् २०१४ मा यस प्रतिष्ठानबाट अम्बिकादेवी ओली स्मृती राष्ट्रिय साहित्य पुरष्कारले सम्मानित स्व. मोहनराज शर्मामा श्रद्धापुर्बक भावपुर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

“रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान” पितृहरुको आदर, मातृत्वको सम्मान, सन्तानप्रतिको कर्तब्यपरायणताले भावी सन्ततीहरु समक्ष आफनो वंश, परिवार र आफन्तहरुको जीवनलाई सार्थक तुल्याउने उत्कट अभिलाषा लिएर श्रीप्रसाद ओली तथा हामी उहाँका परिवारिक सदस्यहरुको अगुवाई र पहलमा  स्थापित  सामाजिक संस्था हो ।  समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदै व्यक्तिगत तथा संस्थागत रूपमा भएका अनुकरणीय कार्यको सम्मान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर हामीले यो संस्था स्थापना गरेको हुँदा  सामाजिक कार्यहरुलाई प्रेरित गर्नका लागि प्रतिभाहरुको सम्मान र सफलताहरुको प्रशंसा गर्नु हाम्रो प्रमुख कर्तव्य रहने छ ।  आज हामी पुरस्कार वितरणको छैठौं राष्ट्रिय समारोह आयोजना गर्न सक्षम भएका छौं । सम्मान ग्रहण गर्न मञ्जुर भएर यहाँ पाल्नु हुने तपाई सम्पूर्ण महानुभावहरुप्रति संस्थाका तर्फबाट म हार्दिक आभार व्यक्त गर्दछु ।

प्रतिष्ठानले राष्ट्र निर्माणका महत्वपूर्ण चारवटा विधामा राष्ट्रिय स्तरका पुरस्कारहरु हरेक वर्ष प्रदान गर्ने घोषणा स्थापना कालमै गरिसकेको छ । यसले समाजमा रहेका बिभिन्न बर्गहरुलाई प्रोत्साहित र उचित संम्मान दिन कुनै संकोच गरेको छैन । रास्ट्रको मेरुदण्डको रुपमा रहेको कृषी पेशालाई प्रोत्साहित र मर्यादित पार्न निजि क्षेत्रमा ठूलो धनराशिको पुरस्कार र संम्मान प्रदान गर्ने काम  गरेको छ । गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारले आदर्श आमाको भूमिका निर्वाह गर्ने आदर्श महिला तथा संघ संस्थाहरुलाई उच्च सम्मान गर्ने गरेको छ भने, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता तथा साहित्य पुरस्कारद्वारा बिद्वान साहित्यकारहरु, पत्रकारहरु सम्मानीत हुनुहुन्छ भने बालबालिकाका क्षेत्रमा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार मोफसलबाट प्रदान गरिने सबै भन्दा ठुला राशिका पुरस्कार र संम्मानहरु हुन् ।


यस वर्षका लागि पुरस्कृत हुनुहुने व्यक्तित्वहरुको छनोट गर्न प्रतिष्ठानको निर्देशिका अनुसार यी चारवटै क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरु समावेश भएको छुट्टाछुट्टै समिति गठन गरेको थियो । पुरस्कृत व्यक्तित्वहरुको छनोट गर्न निर्णायक मण्डलको कार्यभार सफलता पूर्वक सम्पन्न गरिदिनु हुने श्रद्देय व्यक्तित्वहरुप्रति यस अवसरमा म आभार व्यक्त गर्न चाहन्छु । बर्ण शंकर टमाटरको जातहरु बिकाश गरी टमाटरको पिता उपनामले चिनिन सफल भई कृषी क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै नख्खु ललितपूर निवासि डा. केदार बुढाथोकी ज्यूलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१८, मानव अधिकार तथा चेलिबेटी बेचबिखन बिरुद्धको अभियानमा अनवरत कृयाशील भई महिला उत्थानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुहुने सुनसरी निवासी सामाजिक अभियन्ता श्रीमती दुर्गा घिमिरेज्यूलाई  गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार,  बिगत साढे चार दशक देखी नेपाली पत्रकारीताको क्षेत्रमा निरन्तर सक्रिय रहदै पत्रकारिता तथा आम सञ्चारको क्षेत्रमा उल्लेख्य योगदान प¥याउनु हुने काभे्रपलाञ्चोक निवासी प्राध्यापक श्री पर्शुराम खरेलज्यूलाई अम्बिकादेवी ओली राष्ट्रिय स्मृति पत्रकारिता पुरस्कार–२०१८, वालबिवाह न्यूनिकरणका क्षेत्रमा चुनौतीपूर्ण कार्य गरी बाल तथा लैंगिक हिंसाका बिरुद्ध जनचेतनका लागी अनुकरणीय कार्य गरेवापत दैलेख निवासी श्री याम बहादुर बि.क ज्यूलाई  देवी ओली स्मृति  राष्ट्रिय बाल पुरस्कार–२०१८ बाट छनौट गरिदिने  जिम्मेवारी सम्पन्न गरिदिनु भई हामीलाई हौसला समेत प्रदान गरिदिनु भएकोमा प्रतिष्ठान निर्णायक मण्डलप्रति आभारी छ । आज संमानित र पुरस्कृत ब्यक्तित्वहरुबाट मुलकले धेरै रचनात्मक र असल कार्यहरु प्राप्त गर्न सकोस हार्तिक बधाइ सफलताको शुभकामना । 

प्रतिष्ठानले प्रदान गर्दै आएका सम्मान तथा पुरस्कारका अलावा २ बर्ष अघिदेखी गणतन्त्र नेपालको प्रदेश नं.१ र बिदेशमा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरु, संघसंस्थाकोे सम्मान र नेपाली साहित्यको विकासका लागि सम्मान र पुरस्कृत गर्ने हेतु  स्वं. श्रीप्रसाद ओलीको स्मृतिमा भद्रपुरस्थित लेखनाथ पुस्तकालयद्वारा मनाइने लेखनाथ जयन्तीको वार्षिक कार्यक्रमको अवसरमा  यो वर्ष उजानबजार, गुवाहाटी आसामकी डा. इन्दुप्रभा देवीज्यूले रु. ५१,१११.०० (अक्षरेपि रु. एकाउन्न हजार एकसय एघार रुपैंयाँ मात्र) को श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्राप्त गर्नु भएकोमा हार्दिक बधाई दिदै आयोजक लेखनाथ पुसतकालय परिवारलाई धन्यबाद दिन चहान्छु । गत बर्ष यो पुरस्कार झापा सुरुगांका श्री मित्रप्रसाद दहालज्यूले प्राप्त गर्नुभएको थियो । 

पुरस्कारको प्रतिष्ठालाई कायम राख्न तथा छनोट विधिलाई पारदर्शी बनाउन प्रतिष्ठानले हरसम्भव प्रयास गरेको छ । यति हुदाँहुँदै पनि कमी कमजोरी रहेका हुनसक्छन् । हामीबाट हुन गएका कमी कमजोरीका बारेमा विद्वान वर्गबाट याथोचित सुझावको अपेक्षा गर्दछौं र भविश्यमा त्यस्ता कमीकमजोरी दोहोरिन नदिने प्रतिवद्धता पनि म तपाईहरु समक्ष जाहेर गर्दछु । सम्मान गर्न देशका विभिन्न भागमा क्रियाशील वास्तविक राष्ट्रिय प्रतिभाहरु पहिचान गर्नु हाम्रा लागि निकै चुनौतिपूर्ण कार्य बनिरहेको छ । आगामी दिनमा सही पात्र चयन कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन तपाईहरुसमक्ष हार्दिक अनुरोध गर्दछु । 

मुलुकमा सकारात्मक उर्जा थप्ने हाम्रो यो सानो तर महत्वपूर्ण प्रयासमा हामीले समाज, वौद्धिक बर्ग, विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तित्वहरुबाट उत्साह, सहयोग र प्रेरणा पाएका छौं । जसले हामीलाई व्यापक हौसला थपेको छ । यस्ता कार्यलाई राज्य स्तरबाट पनि प्रेरित गर्न अनुकुल वातावरण तयार हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । 

असल काम गरेर आ–आफने क्षेत्रवाट समाजका लागि योगदान दिनु भई आज पुरस्कार वितरणको छैठौं राष्ट्रिय समारोह २०१८ बाट पुरस्कृत हुनु भएका सम्मानित व्यक्तित्वहरु तथा उहाँहरुका आफन्तजन, यस अघि पुरस्कृत हुनु भएका सम्मानित व्यक्तित्वहरु हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ट महानुभावहरु, प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेससभाका सांसदज्यूहरु, नगरपालिका, गाउपालिकाका प्रमुख तथा उपप्रमुखज्यूहरु, राष्ट्रका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरिसक्नु भएका विशिष्ठ महानुभावज्यूहरु नेपाल सरकारका कर्मचारिज्यूहरु, निर्णायक मण्डलका संयोजक तथा सदस्यहरु, संस्थाका प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरु, कार्यकारिणीका विभिन्न तहमा जिम्मेवारी बहन गर्ने पदाधिकारीहरुप्रति आभार व्यक्त गर्दछु । शताब्दी पुरुष सत्यमोहन जोशीज्यूले हाम्रो अनुरोध स्वीकारिदिनु भई यो समारोहको गरीमा बढाईदिनुभएकोमा प्रतिष्ठान गौरवान्बित बनेको छ साथै  विशिष्ट अतिथिहरु, अतिथिहरु, साहित्यकार, पत्रकार, महिला अधिकार अभियन्ताहरु र सम्पूर्ण सहभागीमाहरु जो हाम्रो निमन्त्रणा स्वीकारि दिनुभइ ऊपस्थित भई दिनु भएको छ यसका लागी आभार व्यक्त गर्दछु । पहिलो पुरस्कार बितरण पछि प्रतिष्ठानका हरेक गतिबिधीमा सरिक रहि प्रतिष्ठानको हितमा अहोरात्र कार्य गरि सहयोग पु¥याउनु हुने श्री रामेश्वर श्रेष्ठज्यूलाई हार्दिक धन्यवाद दिन चाहाछु । यसबेला हामी यहाँ यसै बर्षको महाउज्वल राष्ट्रविद् प्रथम पुरस्कारद्वारा सम्मानित आजका हाम्रा प्रमुख अतिथि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीज्यू प्रति हामी गौरव गर्दछौं भने त्यसै गरी प्रवल जनसेवा पदक प्राप्त गर्ने श्री रघु मैनाली ज्यू प्रति पनि हाम्रो प्रतिष्ठान उच्च सम्मान प्रकट गदैछ । 

अन्त्यमा “आफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनु पर्ने रहेछ” भन्ने परमधामबाशी संस्थाका प्रणेता श्रद्धेय श्रीप्रसाद ओलीज्यूले देखाएको बाटो हामी सबैको साझा बाटो बन्न सकोस् समाजमा सकारात्मक सोचको जग हाल्न सबैमा प्रेरणा मिलोस र भावि सन्ततिहरुको लागि चिराखको काम गर्न सकोस भन्ने कामना सहित बिदा हुन चाहान्छु । धन्यवाद ।


गंगा प्रसाद ओली

अध्यक्ष

२०७५ बैशाख ०७ गते 


Scroll to Top