संक्षिप्त परिचयः
हाल भद्रपुर नगरपालिका–१०, लेखनाथ चोक, झापामा बसोबास गर्दै आउनुभएका झर्रो नेपाली भाषाका अनुयायी पूर्वका मोतीराम र साहित्य भाष्कर उपनामले पनि चिनिनु प्राध्यापक श्री चूडामणि रेग्मीको जन्म १९९३ चैत्र २९ गते संखुवासभाको वानामा बुबा पिताम्बर र आमा खिलेश्वरी देवी रेग्मी कोखबाट भएको थियो । पेशाले उहाँ नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा श्री रेग्मीले २०१२ सालमा पहिलो यात्रा नामक कथा सङ्ग्रहबाट आफ्नो साहित्यिक यात्राको थालनी गर्नु भएको, उहाँका अन्य चार कथा, आठ निवन्ध, दुई हास्य व्यङ्ग्य, सातवटा समालोचना र तीनवटा भाषा ब्याकरण कृतिहरु प्रकाशित छन् । यस बाहेक दर्जनौ साहित्यिक पत्रिकाहरुको सम्पादनमा पनि संलग्नता रहेको छ ।
२०१२ सालमा संखुवासभाबाट सुरू भएको झर्रोवादी नेपाली भाषा अभियानका अभियन्ता श्री रेग्मी लगायतले २०१३ मा झर्रोवादी अभियानको कोशेढुङ्गा मानिने “नौलो पाईलो“ त्रैमासिक पत्रिका प्रकाशित गर्नु भएको थियो ।
झापाली साहित्यकारहरुका निम्ति उत्प्रेरक व्यक्तित्व श्री रेग्मीको, विभिन्न साहित्यिक संघसंस्थाहरुमा विभिन्न भूमिकामा संलग्नता रहदै आएको आउनु भएकोछ । श्री रेग्मी साहित्यिक सद्भाव यात्राका परिकल्पनाकार र अभियन्ता पनि हुनुहुन्छ ।
श्री रेग्मी मदन पुरस्कार स्वर्णवर्ष सम्मान ,नेपाल साहित्य गुठी सम्मान, जुही पत्रिकाका लागि शिक्षा मन्त्रालयबाट पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा समिति पुरस्कार, त्रि. वि. वि. सेवा पदक, महानन्द पुरस्कार, देवकोटा स्मृति भवन, भद्रपुर रजत जयन्ती सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, गणेश दुवाल खिलकुमारी प्रतिभा पुरस्कार, कन्काई प्रतिभा प्रतिष्ठान सम्मान, प्रेस काउन्सिल पुरस्कार, भैरव पुरस्कार (गजवाष्टक १०८ का लागि), देवीप्रसाद उप्रेती साहित्य सेवी पुरस्कार, सुश्री लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान, रमेस विकल वाङमय पुरस्कार, भानुभक्त पुरस्कार र महाकवि देवकोटा पुरस्कार, नेपाल सरकार), विर्ता जेसिज उत्कृष्ठ नागरिक सम्मान र पुरस्कार, दीनवन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार, रूपात्रेय शान्ता पुरस्कार, कृष्णकुमारी मनोरथ नेपाल स्मृति साहित्य सम्मान, भैरव स्मृति सम्मान, डा. गणेश भण्डारी स्मृति सम्मान लगायत दुई दर्जन भन्दा बढी मान पदवी तथा पुरस्कारहरुबाट पुरस्कृत हुनुहुन्छ । २०७६ सालमा मात्रै उहाँ नई पुरुस्कार, इन्जा श्रष्टा सम्मानबाट पुरस्कृत भई सक्नु भएको छ । यस बाहेक दर्जनौ साहित्यिक प्रतिष्ठान र संध संस्थाबाट विभिन्न अवसरमा अभिनन्दित पनि हुनु भएको छ ।