संक्षिप्त परिचयः
पिता स्व.शेषरमण सुवेदी र आमा स्व.ढुण्डीकुमारी देवीको पुत्ररत्नको रुपमा वि.सं. २०२० भाद्र १९ गते जन्मनु भएका दधिराम सुवेदी दाङ्ग जिल्ला, घोराहि न.पा. वार्ड नं. १८ मा वसोवास गर्दै आउनु भएको छ । स्नातक सम्मको शिक्षा हासिल गर्नु भएका सुवेदी ज्यूले २०४५ साल देखी साप्ताहिक विमर्समा जिल्ला संबाददाताको रुपमा प्रवेस गर्नु भएता २०४९ मा दृष्टिकोण साप्ताहिक, कान्तिपुर दैनिकको २०५४ सम्मको दाङ्ग संवाददाता, २०४९मा रेडियो नेपालको घटना र विचारको लागी संवाददाता, २०५५मा सरयु साप्ताहिकको प्रदान संपादक र २०५८ साल देखि आज सम्म स्वर्गदवारी एफ.एमको प्रवन्ध निधेषक हुनुहुन्छ । वहा समाचार लेखन, फिचर लेखन, रेडियो कार्याक्रम उत्पादन, रेडिया पत्रकारिता तालिम, भ्रष्टाचार सम्रवन्धि लेखनमा तालिम प्राप्त विभिन्न पुुरस्कारवाट सम्मानित हुनुहुन्छ । पत्र(पत्रिकामा विचार मुलक लेखहरु प्रकाशन एवं विभिन्न प्रशिक्षकको तालिम दिनु भएका, श्री सुवेदीले भारत, इन्डोनेसिया तथा थाइल्याण्डको भ्रमण गरी सक्नु भएको छ ।