श्रद्धेय स्व.श्रीप्रसाद ओलीको बारम्वार स्मरण गराई रहने यी भनाईहरु “हामीले पानी खाएका धारा, पँधेरा, हिटी, कुवा अरुले बनाइदिएका थिए, हामीले शीतल तापेका चौतारा अरुले नै निर्माण गरिदिएका थिए, हामी हिंडेको बाटो अरुले नै बनाइ दिएका थिए, हामीले तरेका पुल अरुले नै बनाइ दिएका थिए, हामीले पढेका धुले स्कुलहरु अरुले नै खोलिदिएका थिए । त्यसैले हामीले अरुका लागि धारा, पँधेरा, हिटी, कुवा, चौतारी, पाटीपौवा, पुल, शिक्षालय खोलिदिनु पर्ने रहेछ । यसका लागि आफ्नो कमाइको केही अंश बृहत सामाजिक भलाइका लागि छुट्याउनु पर्छ” बाट प्रेरित भएर यस्ता कर्मबिरको स्मृतिमा प्रतिष्ठानले पौराणिक महत्व बोकेको साघुटार बेद बेदांग बिद्धालयको प्रागंणमा करिब एकलाख लिटर क्षमताको पानी टेंकी निर्माण गरि २०७६ साल माघ महिनामा बिद्यालयलाइ हस्तानतरण गरिएको छ ।