झापा जिल्ला, झापा(२ सडकवारीकी श्री देविका खड्काज्यूले तेह्रौं साग खेलकुद प्रतियोगितामा जुडो खेलमा स्वर्ण पदक प्राप्त गरी राष्ट्रको गौरव बडाउनको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय जुडो खेलमा विभिन्न पदकहरु हासिल गर्न सफल हुनु भएकोले प्राप्त सफलताको उच्च मुल्याड्ढन गर्दै निजको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामनासहित प्रतिष्ठानले नगद रु.२५,१११। सहित सम्मान पत्रले सम्मान गर्ने निर्णय गरेको छ ।
श्री देवीका ख्डकाको संक्षिप्त परिचयः
“कन्काई क्याम्पस, शरणामती”बाट कक्षा १२ सम्म अध्ययन गर्नु भएकी श्री देवीका ख्डका पिता श्री राम वहादुर खड्का र माता श्री चन्द्रा माया खड्काको तेस्रो सन्तानको रुपमा वि.सं.२०४४श्रावण १६ मा झापाको कुमरखोदमा जन्मनु भएको हो । सानै उमेरमा स्थानीय तह देखि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म जुडो खेलमा सहभागिता जनाउदै स्थापित खेलाडीको पहिचान बनाई सक्नु भएको छ । तेह्रौं साग जुडो खेलमा स्वर्ण पदक विजेता वहाँले कोरियामा सम्पन्न भएको एसियन जुडो खेलमा टीम ईभेन्टमा दोस्रो पदक हासिल गर्नु भएको छ । नेपालमा आयोजना गरिएको जुडो खेलमा वहाँ आठ पटक सम्म स्वर्णपदक प्राप्त गर्नु भईसकेको छ, साथै भविष्यमा हुने खेलहरुमा समेत सहभागिभई नेपालको पहिचान अभिवृद्धिमा प्रयासरत हुनुहुन्छ । कन्काई नगपालिकामा हुने क्रिकेट खेलका बिजयी टिमलाई पुरस्कारको रकम प्रदान गर्दै आएको प्रतिष्ठानले यो वर्ष झापा जिल्ला कारागारमा रहेका महिलाहरुलाई खेलकुदमा सहभागी गराउने उद्धेश्यले खेलकुदका सामाग्रीहरु वितरण गरेको छ ।