संक्षिप्त परिचयः
मोरङ्गको बुढीगंगा गाउँपालिका क्षेत्रमा बसोवास गर्ने मुसहर (ऋषिदेव नाम दिईएको) समुदाय (दलित)का केही बालिका तथा किशोरीहरु आफ्नो समुदायमा विद्यमान विभिन्न सामाजिक कुरीतिका विरुद्धमा व्यक्तिगतरुपमा सक्रिय हुदै, २०७३ साल देखि आपसमा आवद्धभई समुहगत शक्तिमा रुपमा “रक्षा किशोरी समूह” गठन गरी कुरीति विरुद्धको अभियान चलाउदै आएका छन् । लैङ्गिक भेदभावजन्य रुढीग्रस्त सोच र गरिबी साथै अन्य समुदयहरुबाट समेत बहिष्करणमा पर्दै आएको यो समुदाय भित्रै पनि अनेकन भेदभावजन्य व्यवहार, परम्पराको नाममा प्रचलनमा रहेका छन् । गहिरोगरी जरा गाडेका कुप्रथाहरुको विरुद्धमा आवाज उठाउनु प्रचलित व्यवहारको विरुद्ध त छदै थियो, त्यसमाथि बालिकाहरुले यस्तो आवाज उठाउनु पुरुषप्रधान समाजको लागि सह्य थिएन् । यस्तो विषम परिस्थितिमा अनेकौ समस्या तथा चुनौतीहरुको सामना गर्दै यो समुह निरन्तर रुपमा प्रयासरत रहेको परिणामस्वरुप अहिले आफ्नो समुदायमा मात्र नभई स्थानीय प्रशासन, गाउँपालिका र अन्य सामाजिक समुहहरु बीच छुट्टै पहिचान स्थापित गर्न सफल हुनुका साथै सबैसँग सहकार्य गर्दै अगाडी बढ्दै छ । किशोरीहरूको छाता सञ्जाल “राष्ट्रिय किशोरी सञ्जाल”को सदस्यतासहित कार्यसमितिमा समेत यस समूहको चयनले उनीहरुलाई थप उत्साहित बनाएको छ । विशेषगरी बाल बालिकाहरुको हक हित र संरक्षणमा लागि परेको यस समूहले संचालन गरेका केही प्रमुख क्रियाकलापहरु देहाय बमोजिम रहेका छन् ।
बाल विवाह विरुद्धको अभियानः दहेज प्रथा तथा प्रचलित सामाजिक मान्यताका कारण यस समुदायमा बालविवाहको दर अधिक रहेको छ । यस समूहले बुढिगंगा गाउँपालिकालाई नै बालविवाह मुक्त क्षेत्र बनाउन प्रयास अन्तर्गत जनचेतना फैलाउन सडक नाटक, घर दैलो भेटघाट, जस्ता सिर्जनात्मक कार्यक्रमहरू र पालिकालाई बालविवाह विरुद्ध लाग्न घच्घच्याउने तथा सहकार्य गर्दै आएको छ । कहि कतै बालविवाह हुन लागेको थाहा पाएमा त्यसलाई रोक्न तत्काल सक्रियता बढाई सम्बद्ध पक्षलाई सम्झाई बुझाई गर्ने र आवश्यकता अनुसार गाउँपालिका, स्थानीय प्रहरीको सहयोग लिने साथै १०९८ मा सम्पर्कगरी जानकारी गराई यस्तो कार्य हुन रोक्दै आएकोछ । समूहको प्रयासले कलिलै उमेरमा विवाह वन्धनमा परी जीवन पर्यन्त भोग्नुपर्ने समस्या र जोखिमका धेरै घटनाहरुबाट बालबालिकाहरु संरक्षित भएका छन् ।
विद्यालय भर्ना तथा निरन्तरता अभियानः यस समुदायमा अधिकांश बालबालिका विद्यालयको ढोकासम्म नपुग्दै वा पुगेका मध्ये पनि अधिकांश प्राथमिक कक्षा पार गर्दा नगर्दा विद्यालय छाड्ने र मजदूरी गर्न जाने अभ्यास रहेको छ । यो स्थिति बालकमा भन्दा बालिकामा अधिक रहेको छ । माध्यामिक तह वा सो भन्दा माथिको अध्ययन पुरा गर्नेको संख्या नगन्य मात्र रहेको छ । विद्यालय नगएका र विद्यालय छोड्ने सम्भावना भएका बालबालिका तथा किशोर किशोरीहरूको पहिचान गरी उनीहरूलाई विद्यालय भर्ना हुन पहल गर्ने र विद्यालयमा भएकालाई विद्यालय नछाड्न प्रोत्साहन गर्ने रहेकोछ । समूहको प्रयासस्वरुप विद्यालय भर्ना हुनेको संख्यामा वृद्धि हुनुका साथै विद्यालय छोड्ने दरमा कमी हुदै गएको छ । बालिकाहरुको विद्यालयमा पहूँचको अवसरमा पनि वृद्धि हुदैगई रहेको छ । आफ्नै उमेर समूहका बालबालिकालाई पढाइमा प्रोत्साहन गर्दा प्रभावकारी हुने कुरा रक्षा किशोरी समूहको प्रयासलाई हेर्दा पुष्टि हुन्छ ।
कोभिड विरुद्धको सचेतना अभियानः विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ सिर्जित लकडाउन र त्यसपछिको अवस्थामा जन चेतनाका लागि ‘मानिस आफैं कोरोनाको बाहक र रोकथामकर्ता पनि हो’ भन्ने सचेतनामूलक घरदैलो कार्यव्रmम सम्पन्न गरी रक्षा किशोरी समूहले पु¥याएको योगदान उल्लेखनीय रहेको छ । लकडाउनका बेला सबै बालबालिकाहरू घरमा नै बस्ने र विद्यालय नजाने गर्दा घर परिवार र समुदायभित्रै कतिपय बालबालिकाहरू हेंला, दुव्र्यवहार र शोषणमा परेकोमा रक्षा किशोरी समूहले यस विरुद्धमा सचेतनामूलक तथा उपचारमूलक कार्यक्रम संञ्चालन गर्दै आएको छ ।