आफ्नो जीवनकालमा नै राष्ट्रिय प्रतिभाहरुको कदर गरी २०६८ मा पुरस्कार वितरण गर्ने प्रतिष्ठानका प्रमुख संरक्षकज्य्ूको अधुरो चाहना २०७० वैशाख १६ गते पुरा हुनपुग्यो । सन् २०१२ को लागि पहिलो पुरस्कार वितरण तथा कर्मवीर समाजसेवी श्रीप्रसाद ओली स्मृति ग्रन्थ विमोचन समारोह नेपाल प्रज्ञा प्रतिस्थानका कुलपति बैरागी काँइलाज्यूको प्रमुख आतिथ्यमा रसियन कल्चर सेन्टर, काठमाण्डौमा भव्यताकासाथ सुसम्पन्न भएको थियो ।