रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार—२०२० बाट सम्मानितश्री प्रचण्डमान श्रेष्ठ र ढकेश्वर घिमिरे

संक्षिप्त परिचयः
श्री प्रचण्डमान श्रेष्ठ पिता श्री अमृतमान श्रेष्ठ र माता पन्नामाया श्रेष्ठका पुत्र रत्न श्री प्रचण्डमान श्रेष्ठको जन्म १९५१ साल नोवेम्वर १०मा पाको पोखलडयाङ्ग भएको हो । वहाले जि.वि पन्त युनिभरसिटि अफ एग्रीकल्चर टेक्नोलोजि पन्तनगरवाट वि.एस.सि (ज्इल्क) गर्नु भई एम.एस.क्रप साइन्स चाहि सेन्ट्रल लुजन स्टेट युनिभरसिटी, मियुनिच फिलिपिन्स वाट गर्नु भएको छ । वहा कृषि वालि विज्ञानको स्नातोकतरमा महेन्द्र विद्या भुषण पदक वाट सम्मानित हुनुहुन्छ । इ.स.१९७४ सालवाट स्याङजा जिल्लाको व्यवसायीक माध्यमिक विद्यालयमा व्यवसायीक शिक्षकको पेशा शुरु गर्नुभएको उहाँ सहायक वालि विज्ञ, वालि विज्ञ अनुसन्धान निद्घेशक हुदै कृषि अर्थविज्ञ हाल कफि विज्ञ÷स्वतन्त्र परामर्शदाता हुनुहुन्छ । उहाँले कफि कृषक तथा कफि प्राविधिकहरुलाई उपयोगी पुस्तिका तथा दस्तावेजहरु तयार पार्नु भएको छ । जस मध्ये कफिमा लाग्ने रोग किरा नियन्त्रण तथा प्राङगारीक खेतिको गुणस्तरीय उत्पादन उपयुक्त वातावराण आन्तरीक नियन्त्रण, प्राङगारिक कफि कृषकको दैनिकी छन । कफीको उत्पादन, प्रशोधन र ओसार पसार मा गुणस्तरको अवधारणा समावेश गर्ने काममा र नेपालमा चिसो प्रशोधन ९धभत उचयअभककष्लन० प्रबिधी सुरुवात गरी प्रसार गर्ने काममा प्रमुख भूमिका खेल्नु भयो । सन् २००३ सम्म शतप्रतिशत कफी सुखा प्रशोधन ९मचथ उचयअभककष्लन० हुने गरेकोमा हाल नेपालमा उत्पादीत कफीको ७५ प्रतिशत वा सोभन्दा बढी कफी चिसो प्रशोधन हुन्छ । गुणस्तरको अवधारणा को विकासभई चिसो प्रशोधन अपनाएपछि गुणस्तरमा सुधार आई बिदेशी खरीदकर्ताहरुको मांग बढेको छ । यसको सातै गाँउ स्तरमा मान थप ९खबगिभ बममष्तष्यल० भएको छ । जिल्लाहरुमा कफी सहकारी संजाल बनाउनु अघि केही जिल्लाहरुमा बजार सहजीकरण समिति बनाई संस्थागत रुपमा कृषकहरु मर्फत कफी संकलन र बजारीकरणको सुरुवात गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।

ढकेश्वर घिमिरे

श्री ढकेश्वर घिमिरे ज्यूको जन्म पिता श्री इश्वर प्रसाद र माता श्रीमति हरिकला घिमिरे वाट वि.सं. २०१६÷०६÷०५ मा पाल्पा जिल्लाको मदन पोखरामा भएको हो । निजले वि.ए, वि.एड, र एम.ए सम्मको अध्ययन गर्नु भएको छ । शारदा उच्च मा.वि.मा २०३१ साल देखी शिक्षक पेशामा लाग्नु भएको उहाँ ३० वर्ष सम्म सोही विद्यालयमा अध्यापन गराउनुको साथै माण्डव्य बहुमुखी क्याम्पस मदन पोखरामा २०४६ देखि २०५२ सम्म अध्ययन गराउनु भएको हो ।

नेपाल अर्गेनिक कफिका संस्थापक श्री घिमिरेज्यू २०४७ सालदेखी २०५४ साल सम्म र २०५४ देखी २०६० सम्म केन्द्रिय अध्यक्ष र २०६१ देखि २०६५ सम्म नेपाल कफि व्यवसायी महासंघको संस्थापक अध्यक्ष हुनुहुन्छ । २०५२ सालमा उहाँ राष्ट्रिय चिया तथा कफि विकाश वोर्डको सदस्य हुनुहुन्थ्यो । २०६७ मा राष्ट्रिय प्लान्ट क्वारेन्टाइन वोर्डको सदस्य, सि.टि.इ.भि.टिको कफि प्राविधिक स्किल टेस्टिङ्ग समितिका सदस्य, २०६८ सालदेखि बदयगत अयााभभ अंग्रेजी पत्रिकाका मानार्थ सल्लाहकार हुनुहुन्छ, वहाँले कफि सम्वन्धि धेरै कृति तथा लेखहरु लेख्नु भएको छ । नेपालमा प्राङ्गारीक कफी र संस्थागत व्यवस्था वि.सं.२०६३÷२०६५, कफी प्रशोधन प्रविधी र कफी क्षेत्रका समस्या एवं सुझाव वि.सं.२०६४, कफी भुटाई पिसाई प्याकेजीङ र बनाएर पिउने तैयारी वि.सं.२०६४, नेपालको अर्गानिक कफी प्रति राज्यको दायित्व वि.सं.२०६९, नेपालमा कफी उत्पादन संस्थागत नीतिगत बजार सम्बन्धी चुनौती र गर्नुपर्ने कार्य वि.सं.२०७१ आदी छन ।

कफि छेत्रमा पुर्याउनु भएको राष्ट्रिय योगदानहरु
वि.सं.२०३५ देखि हाल वि.सं.२०७६ सालसम्म (४१ वर्ष) नेपालको अर्गानिक कफी विकासमा निरन्तरता, भैरहेको चिया कफी बोर्डमा विषय विज्ञ सहितको कफीको छुट्टै शाखा र महासंघ अन्तरगत रहेका सिटीईभिटी बाट तैयार भएका कफी प्राविधिक परिचालन सहयोगी निकायको एकद्वार प्रणालीबाट सहयोग गर्ने व्यवस्था सहित अरावीका अर्गानिक कफीको गुणस्तरीय उत्पादन प्रशोधन तालिम, बजार व्यवस्थापनमा समेत एकद्वारा प्रणालीका लागि आवश्यक सहयोग, सरकारी वा निजी जग्गाहरुमा कफी रोपणको लागि भाडामा लिने दिने नीति इन्ट्रीगेटेड कफी, स्टेट फार्मिङ, गाउँमा होमस्टे व्यवस्था, कफीमा महिला र पर्यटन समेत जोड्दै स्थायी प्रकृतिको कफी अनुसन्धान केन्द्र गुणस्तरीय प्रयोगशाला, तालिम केन्द्र (उत्पादन, प्रशोधन, कपीङ) समेत व्यवस्थापनार्थ सहयोग सुझाव र सहकार्य गर्ने कार्य आदि छन ।

Scroll to Top