अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट सम्मानित व्यक्तित्वहरू (2012-2018)

श्री नारायण ढकाल 

जन्मः २०१०, मूलपानी, काठमाडौं  

नेपाली आख्यान र निबन्धमा पृथक र विशिष्ट उचाइ बनाउनुभएका श्री ढकाल अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०१२ बाट सम्मानित हुनुहुन्छ । 

श्री भैरव रिसाल 

जन्मः वि.सं. १९८५, गुण्डु, भक्तपुर 

पत्रकारिताको माध्यमबाट राष्ट्रिय स्वाधीनताको रक्षा, वातावरणको संरक्षण एवं सम्बद्र्धन, सामुदायिक रेडियो विस्तारमा विशिष्ट योगदान पु¥याउनु हुने समाजसेवी एवं वरिष्ठ पत्रकार श्री रिसाल अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०१३ बाट सम्मानित हुनुहुन्छ । 

प्रा. मोहनराज शर्मा

जन्मः वि.सं. १९९४ कात्तिक २५,धर्मस्थली,काठमाण्डौं,

 निधनः २०७५ माघ २५

नेपाली नाटक, कथा र उपन्यासमा सर्वप्रथम स्वैर कल्पनाको प्रयोग गरेर त्यसलाई उचाइमा पु¥याउने समालोचक प्रा. शर्मा अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०१४ बाट सम्मानित हुनुहुन्थ्यो । 

 

श्री चन्द्र भण्डारी 

जन्मः वि.सं.२०१३ फाल्गुण २२, झापा, धुलाबारी 

मोफसलमा रहेर विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमार्पmत राष्ट्रमा योगदान पु¥याउनुहुने पत्रकार श्री चन्द्र भण्डारी अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१६ बाट सम्मानित हुनुहुन्छ । 

 

श्री मेघराज शर्मा “मञ्जुल” 

जन्मः ई.सं.१९४७ मार्च २ तारिख, भोजपुर 

विगतमा समाजमा सामाजिक चेतना अभिवृद्विलाई अभियानको रुपमा संचालन गर्दै साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन सफल श्री मेघराज शर्मा ‘मञ्जुल’ अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१७ बाट सम्मानित हुनुहुन्छ । 

प्रो. परशुराम खरेल 

जन्मः वि .सं. २००७ कार्तिक २९ गते , खरेलथोक, काभ्रेपलान्चोक 

लगातार दर्जनौ संघ संस्थासंग आवद्घ रही मिडियाबारे अनुसन्धान एवं खोज पत्रकारिता तथा आम सञ्चारमा लामो समय देखि योगदान पुयाउन भएका प्रो.परशुराम खरेल – पि.खरेल), अम्विकादेवि ओलि स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१८ बाट सम्मानित हुनुहुन्छ । 

 

Scroll to Top