श्री सीता पोखरेल
जन्मः २००६, चैनपुर, संखुवासभा
साहित्यिक, शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा सक्रिय पूर्वाञ्चल अनाथ बाल सेवा गृह संचालन गरी समाजमा विशिष्ट योगदान पुयाउनुभएकी श्री पोखरेल गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१२ बाट सम्मानित हुनुहुन्छ ।
श्री भद्रकुमारी घले
जन्मः वि.सं. १९८८, काठमाण्डौँ
भद्रकुमारी घले सेवा सदन स्थापना गरी साहित्य र कलामा क्रियाशील, समाजसेवी श्री घले गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१३ बाट सम्मानित हुनुहुन्छ ।
श्री मथुरादेवी कुँवर
जन्मःवि.सं.२००८ साल बैशाख २८, भागेस्वर, अछाम
एच.आई.भी संक्रमित तथा प्रभावित महिलाहरुको कुशल नेतृत्व गरी पश्चिम नेपालमा रहेको छाउपडी प्रथा उन्मूलन, महिला सशक्तिकरण र अधिकारका सम्बन्धमा वकालत गर्दै आउनु भएकी समाजसेवी श्री कुँवर गौरादेवी स्मिृति राष्टिय« आदर्श आमा परुस्कार २०१४ बाट सम्मानित हुनुहुन्छ ।
श्री मानव सेवा आश्रम
स्थापनाः वि.सं. २०६९ भाद« १३, हेटौंडा, मकवानपुर
शारीरिक अशक्त, मानसिक असन्तुलित, बेसहारा सडक मानवहरुलाई पुनःस्थापना र पुनर्मिलन गरी मानवीय योगदान पु¥याए बापत मानव सेवा आश्रमलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१६ बाट सम्मानित गरिएको छ ।
श्री बालकुमारी जि.सी.
जन्मः वि.सं. २०३२ मंसिर ०७,गुल्मी
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह तथा जोखिम स्थितिमा रहेका महिलाहरुको सशक्तिकरण,उद्दार तथा पुनरस्थापनमा उल्लेख्य योगदान पु्याउन सफल श्री बालकुमारी जि.सी. गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१७ बाट सम्मानित हुनुहुन्छ ।
श्री दुर्गा घिमिरे
जन्मः वि.सं. २००५ वैशाख २०,विराटनगर, मोरङ्ग
सामाजिक सेवाको क्षेत्रमा विशेष गरी मानव अधिकार, चेलिबेटी बेचबिखनको विरुद्घको अभियानमा क्रियाशिल हुनुका साथै उद्घार गरिएका चेलीहरुलाई रोजगारी मुलक तालिम दिई आत्मनिर्भर कनाउन सफल श्री दुर्गा घिमिरे, गौरादेवी ओल िस्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१८ बाट सम्मानित हुनुहुन्छ ।