देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित व्यक्तित्वहरू (2012-2018)

श्री यज्यू श्रेष्ठ 

जन्मःवि.सं. २०५५, साँखु, काठमाडौं 

कलिलै उमेरमा साहित्य, नृत्य, अभिनय तथा उद्घोषण कलामार्फत आफूलाई स्थापित गरिसक्नुभएका बहु प्रतिभाका धनी अध्ययनमा समेत उत्कृष्ट, बहुप्रतिभाशाली बालक श्री यज्यू श्रेष्ठ देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१२ बाट सम्मानित हुनुहुन्छ । 

श्री शुभसन्देश गौतम 

जन्मः वि.सं. २०५६, रूकुमकोट, रूकुम 

साहित्य, उद्घोषण कलामार्फत आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल मध्यपश्चिमका उदीयमान प्रतिभाशाली बालक श्री गौतम देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१३ बाट सम्मानित हुनुहुन्छ । 

 

श्री रिवाज श्रेष्ठ 

जन्मः वि.सं. २०५८ साल वैशाख ५, बागलुङ 

सिर्जनात्मक अन्वेषक पश्चिम बागलुङका उदीयमान प्रतिभाशाली बालक श्री श्रेष्ठ देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१४ बाट सम्मानित हुनुहुन्छ । 

 

श्री सृष्टि मर्हजन 

जन्मः वि.सं. २०५८ वैशाख १२, काठमाण्डौँ 

नृत्यका विविध विधामा आफ्नो कला तिखारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई दर्जनौँ पुरस्कार प्राप्त गरी सक्नुभएकी सृष्टि महर्जन देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१६ बाट सम्मानित हुनुहुन्छ । 

 

समुदायमा आधारित पुनस्र्थापना संस्था, (सि.बि.आर.) 

स्थापनाः सन् १९८५, भक्तपुर 

अपाङ्घताको रोकथाम,उपचार तथा पुर्नस्थापनामा तीन दशक देखि निरन्तर लागिपरी बालबालिकाको हित अधिकार तथा सम्मानयुक्त जीवन यापनको लागि योगदान गरेबापत सि.वि.आर. भक्तपुरलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१७ बाट सम्मानित गरिएको छ । 

 

 

श्री याम बहादुर वि.क 

जन्मः वि.सं. २०५९असार ०७ गते, गुराँस – ३, खुम दैलेख 

जातिय विभेद अन्त्य गर्न सामाजिक जागरणमा अग्रसर उहाँको नेतृत्वमा बालबालिकाका विकास  तथा बाल विवाह न्युनिकरणका लागि चुनौतिपुर्ण दर्जनौ कार्य सम्पन्न गर्नुहुने श्री याम बहादुर वि.क., देव ीओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१८ बाट सम्मानित हुनुहुन्छ । 

 

Scroll to Top