रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष श्री गंगाप्रसाद ओलीज्यूको सभाध्यक्षता एवं प्रतिनिधिसभाका उप–सभामुख माननीय इन्दिरा राना मगरज्यूको प्रमुख आतिथ्यतामा एघारांैं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सन् २०२४ काठमाण्डौं स्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भएको छ ।
प्रमुख संरक्षक परमधामवासी स्व.श्रीप्रसाद ओलीद्वारा वि.सं.२०६७ झापामा स्थापित यस प्रतिष्ठानले निरन्तर रुपमा सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै प्रज्ञान, कृषि, महिला सशक्तिकरण, साहित्य र पत्रकारिता साथै बालबालिकाका क्षेत्रमा व्यक्तिगत तथा संस्थागतस्तरमा सम्पन्न अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबर्धनका लागि सम्मान तथा पुरस्कृत गर्दै आई रहेको र यस वर्ष एघाराौं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सन् २०२४ मा निम्न संस्था/व्यक्तिहरुलाई सम्मानित एवं पुरस्कृत गरिको छ ।
क. गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०२४ (वि. स.२०८१)
पुरस्कार राशि रु १०११११ (रु एक लाख एक हजार एक सय एघार)
ऐतिहासिक कालदेखि विभिन्न कुरितीजन्य विश्वास परम्परा र मान्यता बाट सामाजिक, आर्थिक ,सांस्कृतिक विभेद, बहिष्करण, हिंसा र अपमानजनक स्थितिमा बाँच्न विवस पारिएका विधवा महिलाहरूको स्थितिमा मानव अधिकारमा आधारित सम्मानजनक सामाजिक रूपान्तरण (पहिचान, आत्मनिर्भरता, न्यायिक पहुँच, कानुनी सुधार, सामाजिक पुनस्र्थापना र समग्र मानव अधिकारको पप्रवद्र्धन) लाई केन्द्रमा राखेर थालनी गरेको अभियानले उनीहरूको सम्मानजनक पहिचान स्थापित गर्न उल्लेख्य योगदान गरेबापत विगत ३० वर्ष देखि कार्यरत संस्था महिलाका लागि मानव अधिकार एकल महिला समूह (डब्लु.एच.आर) काठमाडौँलाई सम्मानित एवं पुरस्कृत गरिएको छ ।
ख. अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार–२०२४ (वि. स.२०८१)
पुरस्कार राशि रु १०११११ (रु एक, लाख एक हजार एक सय एघार)
महिलाहरूको विषय नमानिने असहज र जोखिमपूर्ण राजनीतिक बीटको पत्रकारिताबाट विगत २० वर्षअघि १५ वर्षको कलिलो उमेरदेखि नै कलम चलाउन सुरु गर्नुभएकी बिनु सुवेदी विभिन्न आरोह, अवरोध र व्यवधानहरूका बीचबाट पत्रकारितालाई आफ्नो कर्म बनाई अभ्यासरत मूलधारका सञ्चार माध्यममा पहिलो महिला सम्पादकका रुपमा स्थापित नाम हो । सीमान्तकृत नागरिकहरूको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आर्थिक र सामाजिक पीडाका समाचारहरू उहाँका सम्पादित विषय बनिरहेका छन् । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पुर्याउनु भएको योगदानको कदर स्वरूप श्री बिनु सुवेदी लाई यस वर्षको पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरिएको छ ।
ग. देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०२४ (वि. स.२०८१)
पुरस्कार राशि रु १०११११ (एक लाख एक हजार एकसय एघार)
आफ्नो विलक्षण प्रतिभा र सोचका कारण कलिलो उमेरमा नै आफ्नो लेखनीको क्षमता प्रदर्शित गरिसकेका तथा असमान सामाजिक मान्यताका कारण भइरहेका बालगबालिका बीचका असमानताका विरुद्ध सामाजिक चेतना फैलाउन गरेका प्रयासका लागि यस वर्ष दुईजना बालबालिकालाई संयुक्त रुपमा यस पुरस्कारबाट सम्मानित गरिएको छ ।
लैङ्गिककृत सामाजिकीकरण प्रक्रियाको परिणामबाट सिर्जित बालबालिकाको सामाजिक पहिचानको आधार छुट्याइने भूमिकाको आधारमा गरिने भिन्न व्यवहारमा समानताका पक्ष, समाजमा प्रचलित बालविवाह, महिला हिंसा, जातिगत भेदभाव, महिनावारी तथा वातावरण आदिका सम्बन्धमा कक्षा सातमा अध्ययनरत ११ वर्षकै कलिलो उमेरमा अभियन्ताका रूपमा स्थापित भई परम्परागत किताबी शिक्षा र समाज सुधारका क्षेत्रलाई एकैसाथ अगाडि बढाउन देखाएको कार्यका लागि हेलम्बुकी श्री सदिक्षा पण्डितलाई यस पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरिएको छ ।
नेपाली बाल साहित्य इतिहासमा राष्ट्र र राष्ट्रियता प्रतिको सम्मानमा कलम चलाउने साना लेखकको रुपमा चिनिनुभएका उहाँको लेखनी १२ वर्षकै कलिलो उमेरमा नेपाललाई नेपाल बनाउने चाहना नामक निबन्ध संग्रह जसमा वातावरण, परिवेश र अवस्था सुहाउँदो विकासको निर्माण गरी नेपाललाई विश्वकै अब्बल देश बनाउन सकिने भावना बाट आरम्भ भएको थियो । १४ वर्षको उमेर सम्ममा उहाँले १३ वटा कविता, ९ वटा कथा ,१७ वटा निबन्धनात्मक लेख, ४ वटा नाटक र करिब ४० वटा भन्दा बढी विभिन्न चित्रहरु तयार पारी सार्वजनिक गरिसक्नु भएको छ ।
उहाँका कृतिमा समाज परिवर्तनका लागि हाम्रा सोचहरूमा समेत परिवर्तन हुनुपर्ने कुरा र हामीसँग भएका राष्ट्रिय सम्पत्तिहरू विश्वका कुनै पनि देशमा नभएको र यसलाई हामीले राम्रोसँग सजाउन सकेको खण्डमा नेपाल देशको उदाहरण विश्वका सबै राष्ट्रले दिन सक्ने राष्ट्रिय भावका साहित्य सिर्जना गरे बापत नवलपरासीका श्री त्रिदेव पौडेललाई यस पुरस्कारबाट सम्मानित गरिएको छ ।