संक्षिप्त परिचयः बि.स. २०२७ आषाढ १८ गते नेपालको पूर्वको जिल्ला झापामा जन्मिनु भएकी इन्दिरा रानाको वाल्यकाल गरिबीमा गुज्रिएको कारण स्टाफ नर्स पढने ईच्छा हुदाहुँदै परिस्थिति बस वहाँले अर्काको घरमा (बच्चाको पढाई र अन्य काममा सहयोग गर्ने गरी) काम गर्दै आफ्नो कलेज तहको पढाइ पछि शिक्षण कार्यमा संलग्न हुनु भयो । यसै अवधिमा वरिष्ठ समाजसेवी, मानव अधिकारवादी तथा राष्ट्रिय साहित्यकार पारिजातको प्रेरणाबाट समाज सेवामा होमिन पुग्नु भयो ।
विभिन्न कारणबाट जेल जीवन भोगी रहनु भएका महिला र वहाँहरुसँग बाध्यात्मक परिस्थितिमा निर्दोष हुदा हुदै पनि कारगारमा बस्नु परेका बालबालिका तथा दयनिय अवस्थामा रहेका वन्दीका आश्रितहरुको स्थितिमा सुधार ल्याउन तथा मनवोचित जीवन यापनमा सहयोग गर्ने उद्देश्यबाट वि.स. २०५७ भाद्र १० मा आफ्नै पहल तथा अध्यक्षतामा “बन्दी सहायता नेपाल” नामक सामाजिक संस्था स्थापना गर्नु भई आज पर्यन्त निरन्तररुपमा लागि रहनु भएको छ ।
संस्थाले हाल साँखुमा आफ्नै भवनमा जुनकिरी नामक विद्यालयमा ८४ जना बालबालिकालाई आवासको सुविधासहित १२० जनालाई शिक्षा आर्जन गर्ने अवसर गराई रहेको छ । झापाको खुदनावारीमा पक्की घर वनाई बालगृह; झापाकै बुट्टाबारीमा संचालित जुनकीरी प्राथमिक विद्यालय, पुस्तकालय, मनमाया बालगृह र जङ्गल गार्डेन बालगृह, माछा तथा कुखुरा पालन तरकारी खेती आदि गरी आय आर्जनको कार्यक्रम; बिराटनगर, पाल्पा र केन्द्रिय कारागारमा बन्दिका साना बालबालिकाहरुको लागी ५ बर्ष सम्म डे केयर सेन्टर; पाल्पाको मदनपोखरामा “आमा पाराडाइज होम यूवा तालिम केन्द्र” स्थापना गरी जेलबाट उद्घारगरी ल्याईएका १८ बर्ष माथिका युवाहरुको लागि शिक्षा तथा कृषिसम्बद्ध आय आर्जनका विभिन्न क्रियाकलाप संचालत छन् । यस संस्थाले कारागारमा रहेका मानसिक तथा दीर्घ रोगी महिलाहरुलाई नियमितरुपमा बिभिन्न सहयोग उपलब्ध गरााउनुका साथै केन्दिय महिला कारागार भित्र कैदी÷बन्दी महिलाहरुलाई शिक्षा र सीप उपलब्ध गराइरहेको छ ।
यसका साथै विभिन्न समयमा आई परेका प्राकृतिक विपत्ति तथा राष्ट्रिय संकटमा एक जिम्मेवार असल नागरिकको भूमिका निर्वाह गर्दै आउनु भएको छ । हाल विद्यमान स्वास्थ्य संकटको (कोभिड–१९) विषम परिस्थितिसँग जुध्न स्थानिय प्रहरी प्रशासन र सामाजिक संस्थासँग सहकार्य गरी काठमाण्डौका विभिन्न स्थानमा पहिलो दुई महिना दैनिक ३०० जना तथा हाल विगत १० महिना देखि ‘ध्रआमाको खाना” र ‘ध्रफुड फर हंगर” कार्यक्रम अन्तरगत काठमाण्डौका विभिन्न स्थानमा २५ जना दृष्टि विहिनसहित दैनिक ७०० जना जोखिम स्थितिमा मानिसहरुलाई खाना वितरण, स्वास्थ्य सुरक्षा सामाग्री अनि विशेष जोखिममा रहेका केहीलाई न्यानो लुगा, ब्ल्याङ्केट, स्लीपीङ्ग ब्याग आदि बितरणमा वहाँको सक्रियता रहेकोे छ । यसै
सिलसिलामा वहाँले “शिक्षाको माध्यमबाट वालिका सशक्तिकरण” आयोजना अन्तर्गतका ५८ वालिकाहरुका परिवार र जेलभित्रका ५ वालिकाहरुका परिवारलाई राहत विभिन्न खाद्यान्न सामाग्री तथा सप्तरीका मुसहर तथा थारु वस्तीमा गरी १०० परिवारलाई पु¥याएको राहत पनि स्मरणीय छ । यसै क्रममा काठमाण्डौं उपत्यका भित्रका विभिन्न कारागारहरुमा रहेका कैदी वन्दीहरुमा कोभिड १९ महामारीको प्रकोप न्यून गर्न काठमाण्डौ (नख्खु, डिल्लीवजार, महिला कारागार, केन्द्रिय कारागार, भद्रवन्दी कारागार), चितवन, कास्की तथा धुलिखेल कारागारसँग समन्वय गरी विभिन्न समयमास्वास्थ्य सुरक्षासम्बन्घी सामाग्रीहरु उपलव्ध गराउन उल्लेख्य भूमिका निर्वाह गर्नु भएको छ । अशोका फेलो २००५ समेत रहनु भएकी श्री ईन्दिरा राना एसिया २१ योङ्ग लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्र्ड चिल्डे«न प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, ″द वन″ रोटरीयन ह्युम्यानेटरीयन सर्भिस अवार्ड २०२० लगायत दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरु विभूषित भै सक्नु भएको छ ।