३० जेठ २०८३, रुद्र गोरी श्री अम्बिका ओली प्रतिष्ठान, झापाले काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार समर्पण समारोहमा आधा शताव्दी भन्दा बढी समय उच्च शिक्षाको गुणस्तर सुधारमा खेलेको भूमिकाका लागि काठमाण्डौ विश्व विद्यालयका पूर्व उपकुलपति प्रा.डा. “श्री सुरेशराज शर्मा” तथा वैज्ञानिक नवप्रवर्तनमा युवापुस्तालाई प्रोत्साहित गर्न निर्वाह गरेको भूमिकाका लागि “राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुर”लाई संयुक्तरुपमा रु.पाँचलाख राशीसहित “श्रीप्रसाद ओली स्मृति राष्ट्रिय / अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार”बाट सम्मानिय गरिएको छ ।
यसैगरी बागवानी क्षेत्रमा लामो अनुसन्धान गरी दिगो कृषि विकासमा योगदान गरेवापत वागबानी विज्ञ “श्री चुटराज गुरुङ्ग” साथै नेपालको हावापानी सुहाउदो उच्च घनत्वको स्याउ उत्पादन गरी अन्यको लागिसमेत प्रेरित गर्नेगरी आरम्भ गरेको व्यवसायी कृषिबाट रोजगारी तथा वातावरण सन्तुलनमा पु¥याएको योगदानको लागि “एग्रो मनाङ प्रा.लि.”लाई संयुक्तरुपमा रु.एकलाख एकहजार एकसय एधार राशीसहितको “रुद्र ओली स्मृति कृषि पुरस्कार”बाट सम्मानित गरिएको छ ।
उक्त अवसरमा प्रतिष्ठानले समाजमा सकारात्मक सन्देश प्रवाहमा गर्दै आएको योगदानको प्रशंसा गर्दै प्रमुख अतिथिको आसनबाट सम्माननीय पूर्व मन्त्रीपरिषद अध्यक्ष तथा प्रधान न्यायधिस श्री खिलराज रेग्मीले सम्मानित व्यक्तित्वहरुलाई बघाई दिदै राष्ट्रको उन्नति र प्रगतिको लागि गरेको योगदानको लागि सम्मान प्रकट गर्दै पुरस्कृत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुको छनौटमा अवलम्बन गरेको प्रक्रिया र विधिबारे पूर्व प्रमुख निर्वाचन आयुक्त श्री निलकण्ठ उप्रेति तथा श्री मोहन बहादुर थापाले प्रकाश पार्नु भएको थियो । नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा.महावीर पुनले शुभकामना राख्नु भएको उक्त सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम रुद्र गौरी श्रीअम्बिका ओली प्रतिष्ष्ठान, झापाका अध्यक्ष श्री गंगा प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।














